गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ढाँटेको फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँको आरोप अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ढाँटेको फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँको आरोप दीप संञ्चार कात्तिक १५, २०७८ गते १७:०२ मा प्रकाशित काठमाडौँ फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनडुब्बीसम्बन्धी रद्द गरिएको एउटा सम्झौताबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले झुटो कुरा बोलेको आरोप लगाएका छन्।के मोरिसनले असत्य बोलेका हुन् भन्ने लाग्छ भनेर सोधिएको एउटा प्रश्नमा उनले भने, ‘मलाई लाग्ने हैन, मलाई थाहा नै छ।’अस्ट्रेलियाले बाह्रवटा पनडुब्बी निर्माण गर्ने झन्डै ३७ अर्ब डलरबराबरको सम्झौता रद्द गरेर संयुक्त राज्य अमेरिका र यूकेसँग नयाँ रक्षा सम्झौता ‘ओकसु मा सहभागी भएपछि माक्रोँ क्रुद्ध भएका हुन्।तर आफूले बेइमानी नगरेको मोरिसनको दाबी छ।गत सेप्टेम्बरमा उक्त विवाद सुरु भएपछि माक्रोँ र मोरिसनबीच पहिलो पटक जी२० शिखर सम्मेलनमा भेट भएको थियो।रोममा आयोजित सम्मेलनको छेकोमा राष्ट्रपति माक्रोँलाई अस्ट्रेलियाका एक पत्रकारले के उनी मोरिसनलाई पुनः विश्वास गर्न सक्छन् भनेर सोधेका थिए।‘उनी के गर्छन् त्यो हामी हेर्नेछौँ, माक्रोँले भने।‘तपाईँको देशप्रति मेरो ठूलो सम्मान छ। तपाईँका देशका जनताप्रति मेरो धेरै सम्मान र धेरै मित्रता छ। मे के भन्छु भने सम्मान हुँदा हामी सत्यनिष्ठ हुनुपर्छ र सधैँ त्यही मूल्यमान्यताअनुरूप व्यवहार गर्नुपर्छ।’बिबिसी नेपालीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)