गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उपहारमा पाएको घडी बेचेपछि हंगामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उपहारमा पाएको घडी बेचेपछि हंगामा दीप संञ्चार कात्तिक ४, २०७८ गते २०:४७ मा प्रकाशित काठमाडौँ –पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विदेशबाट पाएको उपहार बेचेको घटना सार्वजनिक भएपछि हंगामा भएको छ ।खाडी मुलुकका एक राजकुमारले इमरानलाई १० लाख डलर पर्ने घडी उपहार दिएका थिए । त्यसलाई उनले गोप्य रूपमा बेचेपछि विपक्षी दलहरूले उनको कठोर आलोचना गरेका छन् ।प्रधानमन्त्रीले विदेशी उपहार बेचेर सरकारी कोषमा घात गरेको आरोप विपक्षीहरूले लगाएका छन् । विदेश भ्रमणमा राष्ट्रप्रमुख तथा संवैधानिक पदमा रहेका अधिकारीहरूबीच उपहार आदानप्रदान हुने गरेको छ । त्यसरी पाएको उपहार सरकारी कोषमा रहिरहन्छ । सरकारले चाहेमा पछि त्यसलाई लिलाम बिक्री गर्न सक्छ ।पूर्व प्रधानमन्त्री नवाज शरीफकी छोरी तथा पीएमएल–एनकी उपाध्यक्ष मरियम नवाजले ट्वीट गरी लेखिन्, ‘इमरान खानले अन्य देशबाट प्राप्त उपहार बेचेका छन् । खानले सरकारी कोषबाट विदेशी उपहार लुटे । कुनै व्यक्ति यति असंवेदनशील, बहिरो, लाटो र अन्धो कसरी हुन सक्छ ?विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टका अध्यक्ष फजलुर रहमानले राजकुमारबाट प्राप्त महंगो घडी प्रधानमन्त्री खानले बेचेको खबर पाएको र यो लज्जास्पद भएको बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)