Techie IT
×
गृहपृष्ठविचारगगन र प्रदीपसँग एक फरक दृष्टिकोण

गगन र प्रदीपसँग एक फरक दृष्टिकोण


नेकपाको आन्तरिक नेतृत्व बिबादको उत्कर्षका कारण झन्डै दुइ तिहाई बहुमतको सरकार आज हाँसको चाल न बकुल्ला जस्तो बनेको दृष्टान्त हामी सबैलाई थाह भएकै बिषय हो ।

यद्यपि राजनैतिक इतिहाँसले अर्कै मोड लिइ सकेको अबस्था देखिएको छ । सिंगो नेकपा एकैपार्टी भित्र अटाएका बरिष्ट /महान क्रान्तिकारी भनिएका नेता गण हरु आज बिस्कुन छरिए झैँ छरप्रष्ट भइ एक अर्कोलाई गाली गलौजमा रमाएका छन् ।

राजनैतिक इतिहाँसको अबको गोरेटो खन्ने जिम्मा सम्मानित सर्बोच्च अदालत कहाँ पुगेको अवस्था छ । संबिधानत अदालतमा बिचारधिन मुद्दाहरुमा त्यस बिषयमा प्रभाब पार्ने गरी सार्बजनिक रुपमा बहस/ पैरवी गर्नु/गराउनु हुदैन भन्ने मान्यता रहदै आएको छ ।

तर यसको ठीक विपरित प्रधान मन्त्री के.पी. ओलीले गर्नु भएको संसद बिधटनका बिरुद्दमा परेको रिट निबेदनका बिषयमा सबोच्च अदालतमा छलफल भइ रहदा आशालाग्दा युवा नेतादेखि बरिष्ट नेता सम्मले आफ्नो धारणा सार्बजनिक रुपमा अभिव्यक्त गर्दै बिचारधीन मुद्दामा प्रभाब पार्ने कोशिश गर्दै आएका छन् ।

काँग्रेसका युवा नेता गगन थापाको अभिव्यक्ति त झन् चर्को छ । एक कार्यक्रमको मन्तब्यमा उनले भने “काँग्रेसले अदालतको निर्णय कुर्ने होइन । आफ्नो निर्णय सुनाइ सकेको छ । कुनसमयमा कुन नेताले के बोल्यो ? त्यो गौण कुरा हो तर काँग्रेसको आधिकारिक निर्णय प्रधानमन्त्रीको संसद बिघटन कदम गैह्र संबैधानिक कदम हो ।” उनले थपे ,सर्बोच्चले निर्णय गर्दा खुट्टा कमाउन हुन्न । आशा गरौ ,हाम्रो भावाना बुझेर सर्बोच्चले निर्णय लिनेछ ।

काँग्रेसकै अर्का युवानेता प्रदीप पौडेलको भाषण झन् राजनैतिक भाषण बाजी जस्तो देखिएको छ। एक कार्यक्रममा उनले भने चुनाबमा जाने हो भने प्रधानमन्त्री पद राजिनामा दिएर सडकमा आउन चुनौती दिएँ । ७७ जिल्लामा मै उनको जमानत जफत हुने हास्यास्पद राजनीतिक भाषण गरे ।

उमेर /अध्ययनका हिसाबले यी दुवै युवानेताहरू यो पंतिकारको समकालीन साथीहरु हुन् । उनीहरु त्रिचन्द्र र अस्कल कलेजमा बिधार्थी नेतृत्व हाकी रहदा हामी आर आर कलेजमा दौडिरहेका थियौ ।

एउटै राजनैतिक बिचारबाट हामी आगाडी बढेका थियौ । उनीहरू राजनैतिक बिरासतमै जीवन अर्पण गरे । राजनीतिमै जमेका छन् भने हामी नोकरी जिम्मेबारी हुदैं हाल एनआरएन बन्न पुगेकोअवस्था छ ।

०४६ साल पछि ४८ /५१/५६ को ससदीय निर्वाचन र ०४९ र ५४ को स्थानीय निर्वाचनमा ने.का. पार्टीको सकृय कार्यकर्ताको रुपमा लडे /भिडेका हामी जस्ता पार्टीका शुभ चिन्तकलाई समकालीन युवा नेताहरुको बिचार किन अपाच्य भइ रहेको छ ?

गगनजीको पछिल्लो तर्कसँग पनि त्यति सहमत हुन् सकिएन । प्रदीपजीको के.पी.लाई जमानत जफत गर्ने भाषण त केवल राजनीतिक भाषण बाजी मात्र हो भन्ने सबैले बुझेका छन् ।

के पछिल्लो पुस्ताका युवा शिक्षित नेताहरुले पनि राजनैतिक भाषण मात्र गरेर हामी सम्बृद्ध नेपालको कल्पना गर्न सक्छौ ? सतही यथार्थता भन्ने बोध गर्नु र गराउनु नेताहरुको कर्तब्य होइन?

गगनजीको भाषण सुन्दा मिठो लाग्छ तर सबै बिषयमा उनको तर्कसँग सहमत हुन सकिदो रहेनछ।

केही हप्ता अगाडि भाषणको अंश थियो । “कुरा निर्वाचन हुन्छ या हुदैन भन्ने होइन । कुरा संबिधान अनुसार प्रधानमन्त्रीले अगाडि कदम चाले कि चालेनन भन्ने हो ?” त्यो बिषयको उत्तरपनि उनी आफैले दिए । यसमा सर्बोच्चले बिचार गर्नै पर्दैन । प्रधानमन्त्रीको कदम घाम जत्तिकै छर्लंग असंबैधानिक छ ।

यसरी सर्बोच्चको बिचारधीन बिषयमा सेलिब्रेटी नेताले स्पष्ट निर्णय सुनाउनु लोकतन्त्रको भावना बिपरित हुदैन र ? अर्को कुरा गगनजीले संबिधान मिचिएको निष्कर्ष निकालेका छन् र यसको सच्च्यायी सर्बोच्चबाट हुनै पर्ने दाबी गरेका छन् ।

उनको यो तर्क आम नागरिक ? संसद ? वा ने.का नेता ? के बाट उन्मुख हो ? सो निराकरण हुनु जरुरी छ ।

सामान्य नागरिकको हैसियतमा सोच्दा राज्यले अनाहक झन्डै डेढ बर्ष अघि निर्वाचनमा जाने निर्णय सही मान्न सकिदैन । दोस्रो ससदको भूमिकामा यो सामान्य प्रक्रिया हो । संसदीय प्रकृयामा निर्वाचन/मध्यावधि सामान्य बिषय हुन् । तेस्रो ने.का. नेताको रुपमा इतिहाँसले दिएको बम्पर योजना हात थाप्न किन हात कापी रहेको छ ?

कतै युवा नेताहरुलाई यो अकल्पनीय अबस्थामा देखा परेको निर्वाचन अलौगिक शक्ति पश्च्यात बिसौरिको माछालाई मृत संजीवनी प्राप्त गर्दा सक्षम माछा मात्र नबांचेर बुढा / अशक्त माछा पनि बौरिने मनोबैज्ञानिक त्रासले त गाजेको छैन ? त्यस तर्फ पनि सोच्नु जरुरि देखिन्छ ।

जहाँ सम्म संबिधान मिचिएको प्रश्न छ । यस अघि स्वयम् काँग्रेस र अन्य दलका सरकारबाट गरिएको संबैधानिक त्रुटी प्रति गगनजीको मौनतालाई कसरी बुज्ने ?

मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी नियुक्ति देखि प्रा.न्या. शुशिला कार्की महाअभियोग प्रकरण , पुर्व एआइ जी नबराज सिलवाल देखि बालुवाटार काण्ड सम्म ,प्रहरीमा मन लागे उच्च पदस्त दरबन्दी थप्ने/काट्ने देखि बाइल्ड बढी खरिद प्रकरण सम्म कहिँ न कहिँ संविधानको बलात्कार भएको देखिन्छ ।

दलीय गठबन्धनको निर्णय भित्र सायद शंका सुबिधा दिऊ, गगन जी / प्रदीपजी तपाइँहरुलाई यी सबै कालकुट बिष स्वरुप दलीय निर्णयहरु मन नलागेनी पिउनु भएको थियो होला । त्यसो हो भने अब अर्को पल्ट आखाँ चिम्लन किन गाह्रो भाको होला ? फेरि पनि भन्छु ,महाभारत कालिनयुद्दमा जस्तै गुरु द्रोण बधको मन्त्र “नरो वा कुन्जरो वा असोस्थामा हतोहत :” मन्त्र जप्न तपाइँहरुलाई किन आपत्ति पर्यो ?

तपाइँहरुको तर्क छ । यो प्रधान मन्त्रीको ससद बिघटन कदम असंबैधानिक छ। यो निर्वाचन गराउने ध्ययले आएको कदम नै होइन । त्यसो हो भने कमसेकम निवाचन घोषणा भएको दिन सम्मत कुर्ने धैयता गर्नुस् । लोकतन्त्रको मुटु जन अभिमत लिन जाने तयारी गर्नुहोस् ।

तपाइँहरु नै चर्को चर्को भाषण गर्नु हुन्छ । हामीले ३० बर्षे पच्यायत फाल्यौ । राणा फाल्यौ । राजाफाल्यौ । यत्रो शक्ति फ्याल्न सक्ने तागत भएको नेपाली काँग्रेस र त्यसका युवा नेता तपाइँहरु जाबो झापाको लुरे बाजेका छोरा के.पी. ओलीले यदि निर्वाचन गरेंनन भने उनलाई कुर्सी बाट गलत्याउने साहस गर्न सक्नु हुन्न ?

ल मानि लीउ यो ओली सरकारले निर्वाचन घोषणा त गर्यो तर जाने बाताबरण बनाएन रे । के त्यो अबस्थामा स्वयम् कांग्रेसको नेतृत्वमा जन उभार ल्याउन किन काँग्रेस डराई रहेछ ।

फेरि पनि प्रचण्ड -माधवले सडकमा हामी यहाँ छौ भन्दै बजाएको बाजामा काँगेसका तपाइँहरु जस्ता युवा नेतालाई उफ्रिदै नाच्च जानु के को बाध्यता हो ?

अन्त्यमा ,द्वापार युगमा यदु बंशी आ -आफैँ काटमार गरी नाश भए जस्तै पथमा अघि बढेको नेकपाको राजनैतिक स्खलित बिरासत जोगाउन काँग्रेस त्रेता युगको हनुमान बनि मृत संजीवनी खोज्ने महाभुल गर्नु चाडक्य नीति बिरुद्द हुनेछ ।


क्याटेगोरी : विचार


तपाईको प्रतिक्रिया दिनुहोस