Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारसमय बलवान छ

समय बलवान छ


आज लकडाउनको पनि ३६ औं दिन पुगेछ । दिन त जे गरे पनि विति नै रहेको हुन्छ । समयले हामीलाई पर्खंदैन । यो त बलावान छ । भनिन्छ, बग्ने पानी र समयलाई रोक्न सकिंदैन । अहिलेको जमानामा बग्ने पानीलाई प्रविधिहरु लगाएर रोक्न सकिएला तर समय भने किमार्थ पनि रोक्न सकिन्न । त्यसैले समयले हामीलाई दास बनाएको हुन्छ ।

आज मलाई यो अप्रील महिनाको २८ तारिखका दिनमा मनाईने ‘काममा सुरक्षा र स्वास्थ्यकोलागि विश्वदिवस’ भन्ने कुराले झकझक्यायो । हाम्रो धेरै भन्दा धेरै समय कामको लागि वातावरणमा वितिरहेको हुन्छ । यो बदलिंदो विश्वमा व्यक्ति आफ्नै काम प्रति व्यस्त छ ।

हामी समयलाई दास त्यति बेला बनाउँछौं जब हामी त्यो समयमा सोचेको भन्दा दोब्बर र असल काम गरेर देखाउँछौं ताकी त्यो कामको परिणाम हाम्रो (मानवजगतका) हितमा निस्कियोस् । त्यसैले समय हाम्रा लागि राम्रो या नराम्रोले अर्थ राख्दैन । त्यो समयमा हामीले कस्तो र के काम गर्यौ र यसको परिणाम के पायौं भन्ने कुराको अर्थ ठूलो हुन्छ । त्यसैले यो कहरको समयमा पनि हामी असल र परिणाममुखी काम गरी घर मै बसेका छौं र अझै पनि कति दिन बस्छौं निश्चित छैन । घरमा बसौं । केही गरौं । स्वस्थ बसौं ।

आज बैशाख महिनाको १६ गते तदनुसार २८ अप्रील २०२०, मंगलबारको दिन । हिजो आज हामीलाई कोरोना भाईरसको संक्रमणले त चुनौति दिएको छ नै मौसमले पनि चुनौती दिन छाडेको छैन । कोरोना भाईरस संक्रमणका कारण विश्वमा आज दुईलाख बाह्र हजार भन्दा माथिले ज्यान गुमाई सके । अस्ती-अस्ती जस्तो कोरोना भाईरस संक्रमणको मृत्युदर ह्वात्तै बढेको छैन ता पनि मृत्यु हुने क्रम रोकिएको पनि छैन । अझै पनि विश्वमा १९ लाख ४१ हजार भन्दा बढी कोरोना भाईरसका संक्रमितहरु छन् । अमेरीका जस्तो साधन स्रोत सम्पन्न मुलुकले पनि ५७ हजार भन्दा बढी ब्यक्तिहरुलाई यो महामारीको संक्रमणबाट गुमाईसक्यो । नेपालीहरु बच्ने भनेको सामाजिक दुरी कायम गर्नु र एकान्तबास नै सबै भन्दा उत्तम उपाय हो ।

उनी विरामी पर्दा पनि यीं दैनिक कामहरु उनले गर्नै पर्छ । यो काममा न तलब आँउछ न ओभरटाईमको लेखाजोखा हुन्छ नत उनको स्वास्थ्यको हेरचाह नै । आखिर उनको तनाव विसाउने महिनाको अन्त्य पनि कहिल्यै आँउदैन ।

त्यसैले हामी लकडाउनमा पर्यौं भनेर चिन्ता नगरौं । यो समय हामीले घर परिवारसंग विताउनको लागि पाएका हौं भन्ने सोचेर परिवारका सदस्यहरुसंग आनन्दले विताऔं । अहिले को समयमा हामी कामकाजी आमाबाबु बच्चाहरुलाई समय दिन नसकेर उनीहरुका समस्याहरुलाई नजिकबाट नियाल्न नपाईरहेको अवस्थामा यो समय हाम्रो लागि बरदान हुन सक्छ ।

आज मलाई यो अप्रील महिनाको २८ तारिखका दिनमा मनाईने ‘काममा सुरक्षा र स्वास्थ्यकोलागि विश्वदिवस’ भन्ने कुराले झकझक्यायो । हाम्रो धेरै भन्दा धेरै समय कामको लागि वातावरणमा वितिरहेको हुन्छ । यो बदलिंदो विश्वमा व्यक्ति आफ्नै काम प्रति व्यस्त छ । सधैंभरी काम, पैसा, व्यवसाय, उद्योग, व्यापार, समाज, आफन्त लगायतका कुराहरुले गर्दा जनमानस नै मेसिन जस्तै चल्नु पर्ने बाध्यता भईसकेको छ । शहरीया जीवन त झन हजारौं किसिमका तनावले गर्दा झन पिल्सियको छ । सामान्यतया व्यक्ति दैनिक ८ घण्टा काम गर्नु पर्ने सरकारी नियम छ । अझै यहाँ त सरकारी काम गर्नेहरुले सात घण्टा मात्रै काम गरे पुग्ने बनाईएको छ । तर निजी कम्पनी या संस्था या वित्तिय कारोवार हुने कार्यालयहरुमा भने यो नियम लागु हुँदैन । तोकिएको काम भन्दा बढी समय खटिएर काम गर्नु पर्ने पनि हुन्छ । कहिले यो थप कामको पैसा आउँछ त कहीं आउँदैन पनि । दिनमा आठ घण्टा सरकारी काम गर्नु भनेको चौविस घण्टाको एक तिहाई हो । बाँकी १६ घण्टा त हामीसंग खाली नै छ । तर यो समयमा पनि केही न केही गरेर नै वित्छ । खालीहात कोही पनि बसेका हुँदैनौं । यती गरे पनि हामी हाम्रो कामबाट कहिले पनि सन्तुष्टी लिन सक्दैनौं । कामको कारण भन्दा पनि कामको तनावका कारण हाम्रो समय र स्वास्थ्य नास हुँदै गएको हामीलाई पत्तो हुँदैन । तैपनि महिनाको अन्त्यमा काम गरे बापत हाम्रो कामको मूल्यांकनको आधारमा हामीले काम गर्ने कार्यालयबाट पैसा पाँउछौं । तलब पाउको दिनमा पक्कै पनि हाम्रो तनाव माईनस हुन्छ ।

अन्तराष्ट्रिय श्रम संगठन आईएलओले जति नै प्रचार प्रसार गरे पनि श्रमिकहरुको स्वास्थ्य सुरक्षामा आशातित काम गर्न नसकेको यसबाट प्रमाणित हुन्छ । त्यसैले यो दिवसले सार्थकता पाएको हो वा सार्थक तुल्याउनलाई यो दिवस मनाउने गरिएको हो थाह छैन ।

यो त भयो हामी घर बाहिर काम गर्न जानेहरुको तनाव र मस्तिको कुरा तर हाम्रा गाँउघर तिरका महिला दिदी बहिनीहरु त सामान्य विहान ४ बजेबाट राति ११ बजेसम्म काम मै व्यस्त हुन्छन् । यो भनेको १९ घण्टा हो र चौविस घण्टाको तिन तिहाई भन्दा माथी । बिहान उठे देखि राती नसुते सम्म तिहुन, तरकारी, खाना, कुट्ने, पिस्ने, पकाउने, धुने, सफा गर्ने, बुढाबुढी र साना बच्चाबच्चीको स्याहार गर्ने, घाँस, दाउरा, खेतिपाती, धारा, पानी, गाईबस्तु, दानापानी, समाज, आफन्त यावत कुराहरुले गर्दा उनीहरुलाई दिनभरी एक छिन पनि सास फेर्ने फुर्सद हुँदैन । घरको यीं काम धन्दा गर्दा गर्दा आफ्ना वालवालिकाहरुलाई दुध चुसाउन पनि उनी विर्सिन्छीन् । उनलाई न आरामले खाने समय हुन्छ न आफ्नो स्वास्थ्यको हेरचाह गर्ने समय नै । उनी विरामी पर्दा पनि यीं दैनिक कामहरु उनले गर्नै पर्छ । यो काममा न तलब आँउछ न ओभरटाईमको लेखाजोखा हुन्छ नत उनको स्वास्थ्यको हेरचाह नै । आखिर उनको तनाव विसाउने महिनाको अन्त्य पनि कहिल्यै आँउदैन ।

एकछिन सोचौं त, फेरि पनि उनका श्रीमानलाई कसैले तपाईंको श्रीमतिले के काम गर्छिन् भन्ने सोध्यो भने उत्तरमा उनी भन्छन् । केही गर्दिनन्, घर मै बस्छिन् । आखिर घर मै बस्नेले घरमा के मात्रै गर्दिनन् र ? हामीले उनको कामको लेखाजोखा नै गर्दैनौं। यदि कामसंग दाज्ने हो भने उनको कामको कति पैसा आँउथ्यो होला है ? महिनाको अन्त्यमा उनको पनि त तनाव कम हुन्थ्यो होला नी, अफिस जाने श्रीमानको जस्तै उनको पनि तलब आँउने भए । ठिक छ, तलबै आएन रे तर तिमीले यति पैसा बरावरको काम गर्यौ भनेर उनको कामको मुल्याँकन मात्रै गरीदिएको भए पनि उनको मनले कति शान्ति पाउँथ्यो होला ?

घरायसी काममा उन्नाईसौं घण्टा जोतिनेको पनि काम र स्वास्थ्यको ख्याल गरौं । समय आँउछ पर्खिदैन । समयलाई आत्मसाथ गर्ने गरौं ।

घरको काम गर्दा उनी विरामी छु भन्न पाउँदिनन् । केही खान मन लाग्दा उनी कसैलाई केही भन्न सक्दिनन् । केही लाउन मन लाग्दा उनी आफ्नो मन परेको बस्तु आफु खुशी किन्न पाउँदिनन् । उनको नाममा कुनै पनि सम्पती हुँदैन र छैन पनि । भए पनि उनि आफुखुशी बेचविखन गर्न पाउँदिनन् । उनको आफ्नै नाकमा लगाएको फुली पनि मन परेन भने उनको खुशीले बेच्न वा साँट्न या अर्काे किन्न उनी पाउँदिनन् । विरामी पर्दा उनी आफुखशी अस्पतालसम्म जान पाँउदिन् । जाबो औषधि किन्नु परे पनि पैसाको लागि श्रीमानलाई नै हात थाप्नु पर्ने हुन्छ । अनि कहाँ रह्यो र काममा स्वास्थ्य र सुरक्षाको कुरा ?

शहरमा बस्ने हामीले घरमा विहान बेलुका मात्रै झाडो पोछा लगाउने काममा कोही राखेका छौं भने कति तिर्छौं ? सुत्केरी स्याहार्नेलाई महिनाको अन्त्यमा कति तिर्छौं ? खाना मात्रै पकाई दिए वापत कति तिर्छौं ? लुगामात्रै धोईदिएको कति तिर्छौं ? त्यो पनि तपाईंको आफ्नै श्रीमतिले गरेको जस्तो राम्रो हुन्छ र ? अनि कहाँ भयो र कामको लेखाजोखा ?

आफ्नो घरमा केही पनि काम नगरेर विदेशमा मजदुरी गर्न जाने चलन अहिले बढेको छ । त्यहाँ तिनीहरु त्यस्तै जोतिएर काम गर्छन् । घरमा श्रीमतिले पकाएर खान दिएको जस्तो आरामले कहाँ खान पाईन्छ र ? स्वस्थबर्धक खाना विना नै हानीकारक वातावरणमा जोखिमपूर्ण काम गर्छन् । स्वास्थ्यका लागि निकै हानीकारक र विकिरणयूक्त वातावरणमा काम गर्छन् । स्वास्थ्यको दृष्टीले असुरक्षा र जोखिम पूर्ण काम गराईले स्वास्थ्यमा असर मात्रै पार्ने होईन यसले ज्यानै पनि लिन सक्छ । त्यही काम आफ्नै घरमा बसेर श्रीमतिलाई सघाउँदै गरेको भए तिनीहरुको स्वास्थ्य शायदै विग्रीन्थ्यो होला । यसै खराव स्वास्थ्यका कारण ज्यान गुमाएको पनि पत्तो पाँउदैनन् । त्यसैले त अहिले पनि यो लकडाउनको समयमा ९५ कामदारका शवहरु बिदेश मै रोकिएको खवर छ । अन्तराष्ट्रिय श्रम संगठन आईएलओले जति नै प्रचार प्रसार गरे पनि श्रमिकहरुको स्वास्थ्य सुरक्षामा आशातित काम गर्न नसकेको यसबाट प्रमाणित हुन्छ । त्यसैले यो दिवसले सार्थकता पाएको हो वा सार्थक तुल्याउनलाई यो दिवस मनाउने गरिएको हो थाह छैन ।

काम त हाम्रो लागि अनिवार्य छ नै तर स्वास्थ्य र सुरक्षालाई पनि ध्यान राखेर काम गर्नु गराउनु हाम्रो अधिकार र धर्म हो भन्ने मलाई लाग्छ । पैसा साध्य होईन केबल साधन मात्रै हो । तर स्वास्थ्य त धन पनि हो र सम्पत्ती पनि । यो दिवसले स्वास्थ्यलाई धन र सम्पतीको रुपमा स्वीकार गरी आफ्नो स्वास्थ्यको सुरक्षा गर्दै काम गर्ने गराउने प्रेरणा देओस् । स्वस्थ रहौं, लामो समय बाँचौं । घरायसी काममा उन्नाईसौं घण्टा जोतिनेको पनि काम र स्वास्थ्यको ख्याल गरौं । समय आँउछ पर्खिदैन । समयलाई आत्मसाथ गर्ने गरौं ।


क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस