Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारआमाको काख

आमाको काख


आमा, सेवा ढोक एवं साष्टाङ्गदण्डवत,

आजको मिती सम्म कुसलताको साथ आराम छु । आमा ! हजुरको आत्मा प्रति  शान्तिको कामना ! आज पत्र मार्फत नै हजुरलाई सम्झदै छु। तिथी र पर्व, उत्सवको लागी आज मुख हेर्ने दिन होला आमा तर मेरो लागि संधैँ तिथी र पर्व, उत्सव हजुर नै हो।

आमा, पलपलमा सम्झना आउने सु:ख-दु:खमा झझल्को मेटाउने हजुर त थियो नि। संसारको सबै भन्दा पवित्र संम्बोधन गरी जोडिएको नाता नै हजुरसंग नै थियो। कती गाह्रो थियो होला है हजुरलाई गर्वमा राखेर मलाई हुर्काउँदाको पलहरु, अरुले देख्दा लाग्ने लाज पनि पचाउदैँ पछौरिले पेट छोपेर पेट हिड्दा कस्तो पिडा दिएँ होला हैं मैले ?

“आमा कल्पबृक्ष सरी भएर मलाई हुर्काउँदाको पिडा लुकाएर आज संसार देखाउनु भयो ! त्यसैले त म सोच्ने गर्छु र हजुरको बियोगमा तट्पिने गर्छु !”

आमा ! ममताकी खानी अनि बालापनमा मेरो हरेक ईच्छा, आकाँक्षा अनि चाहना पूरा गरिदिन कती गाह्रो भएको थियो होला है ! मेरो तोते बोलिले के भन्न खोज्दै छु मैले नबोल्दा नै मैले के बोल्न खोज्दै छु , त्यो कुरा हजुरको अन्तर ज्ञान बाट नै बुझिसकेर मुस्कुराउदै गर्नु हुन्थ्यो है ! जब म रुने गर्थे तब आधुनिक र लोकभाकाका कलाकारका रुपमा मनोरञ्जनात्मक जोड्दार साँस्कृ्तिक प्रस्तुतिहरु दिंदैँ मलाई सान्तवना दिने गर्नु हुन्थ्यो है!

“दुनियाँको हरेक खेलहरु खेले, कयौँ आधुनिक पिङ्हरुमा झुले तर हजुरको पटुकिमा समातेर घुमेर खेलेको जस्तो र हजुरको हातमा झुण्डिएर खेलेको जस्तो आनन्द कहिँ र कतै बाट पनि पाउँन सकिँन।”

अनि म हजुरको काख भित्र नै लडिबडी गर्दै मिठमिठा खाने कुराको माग गर्ने गर्थे! हजुरले आफ्नो गाँस काटेर मेरो ईच्छाहरु पूरा गरिदिने गर्नु हुन्थ्यो है ! आमा कल्पबृक्ष सरी भएर मलाई हुर्काउँदाको पिडा लुकाएर आज संसार देखाउनु भयो ! त्यसैले त म सोच्ने गर्छु र हजुरको बियोगमा तट्पिने गर्छु !

म जहाँ छु जुन अवस्थामा छु, हिजो हजुर हुनुन्थ्यो र पो म छु आज होईन भने यो संसार मेरो लागी थिएन आमा ! अरुको सामु मेरो ठूलठूला गल्तिमा मलाई पिट्दै र गाली गर्दै भित्राउँदै गर्दा म खाटको कुनामा डरले लुक्न जाँदा हजुर भान्सी कोठिमा मलाई दुध तताउदैँ मुज्यात्रोले आखाँ पुछी पुछी रोहिरहने गर्नु हुन्थ्यो आमा ! कसैले मलाई दु:खी बनाउँदा म भन्दा पनि सयौं गुणा दु:खी र आँसुले गह्भरिएको देख्दा यो मन हजुर प्रती सधैँ बिचलित हुने गर्थ्यो आमा! अनि मैले ठूलठूला सपना संगै रँगिन संसार देखाउदै हजुरको मनलाई भुलाउन थाल्थे आमा !

तर ति पलहरु सबै आज एउटा अतित बन्यो। आमा, आज झन धेरै स्मरण गर्छु हरेक पल हजुर संगैँ ममतामयि प्रेममा ढुब्दै हजुरको काखमा रमाउँदै मिठामिठा हजुरको बोली संगै चन्द्र-मामा (चन्द्रमा)को कथा, तल्ल घरको लाहुरे दाई को ठूलो क्यासेटमा पारिपाखा सालघारी वन सम्म सुनिने गरी बजेको गित काखमा सुतेर सुन्न अनि हजुरको वनबाट टिपेर पोटुकाको पोल्टामा सालको पातले पोका पारेर लिएर आउनु हुने पाकेको अईसलु, पाकेपाके जती मेरो मुखमा हाल्नु हुन्थ्यो काँचो काचोँ हजुरले खाने गर्ने हुन्थ्यो। ति अतितहरुको पुन: आवस्यक्ता छ आमा!

आमा, यो जिन्दगीमा धेरै कुराहरु सिकें, खोजें, पाएं पनि आमा तर पाउँन सकिन हजुरको जस्तो ममतामयी प्रेम मायाँ ! कहिले काँही बिचलित यो मनलाई शान्त पार्न हरेक धर्मको ग्रन्थहरु पढ्य तर हजुरको पाउँको चरणमा छुदाँ जुन यो मनमा शान्ति छाउथ्यो, पाईन्थ्यो तर आज चारौं धाँम चार्दा पनि पाउन सकिन।

आमा, आज यो विकसित संसारमा त्यस्तो केहि देखिन, जुन बजारमा न बेचिने न किनिने न भएको साथमा तर आज एउटै कमी छ त म सँग केवल हजुरको साथ ! हिजो हरेक पल मेरा लागि घाँमछायाँ नभनि गरीरहनु हुने दु:खमा देख्थ्य ! नकहिल्य हजुरको अनुहारमा थकावट देखेँ, नकहिल्य ममतामयि मायाँको कमी नै पाएँ। सायद यसैले त म आज यो सुन्दर संसारमा छु, होईन र आमा ? दुनियाँको हरेक खेलहरु खेले, कयौँ आधुनिक पिङ्हरुमा झुले तर हजुरको पटुकिमा समातेर घुमेर खेलेको जस्तो र हजुरको हातमा झुण्डिएर खेलेको जस्तो आनन्द कहिँ र कतै बाट पनि पाउँन सकिँन।

आमा, यदी कुनै प्रेम बिचलितहरुले मलाई ‘यो दुनियाँमा मायाँ प्रेम छ ?’, भनि प्रश्न गर्दा म मन्दमुस्कान छोड्दै हजुरलाई सम्झने गर्छु ! हिजोका त्यो पलहरु, यो दुनियाँ सँसार नै खुशी र हरियाली रमणिय ईतिहास लाग्ने गर्थ्यो जुन बेला हजुर मुस्काएर हाँस्ने गर्नु हुन्थ्यो आमा! जव म लिस्नो चढेर तला माथी सुत्न जाने गर्थ्य तव ह्जुरले टुकी बालेर मेरो बाबुले पढ्नु पर्छ भन्दै पछीपछी आउनु हुन्थ्यो र किताबका पानाहरु जानी नजानी पल्टाउने गर्नु हुन्थ्यो । त्यो बेला झिलिमिली आजको भन्दा दसौँ गुणा उज्यालो जस्तो अभास हुन्छ ! हजुरले त्यो हातले बनाएको मकैको फाढो पनि कती धेरै स्वाद लाग्ने गर्थ्यो र बलियो भएको भान हुने गर्थ्यो। आज आफ्नै हातले पकाएको सुखिला धानको चामलमा खसिको मासु हालेर बिर्यानी खाँदा पनि स्वादिलो र फुर्ती लाग्दैन !

आमा आज दुनियाँको कुनै कुनामा पनि हजुरको हातको जस्तो स्वादिलो खाना खान पाउँदिन! अब त हरेक पल अतित बन्दै जादैँ छ ! हजुरको काखमा जस्तो त कहाँ हुन्छ र है ? आज मन्दिरको मुर्तिको आशि्र्वाद भन्दा पनि आमा हजुरले रिसाएर दिनु भएको गाली सुन्न मन छ ! आधुनिक जामनाको पंखा र एसिको हावा भन्दा पनि आज हजुरले फुकेर दिनु हुने हावाको आवास्यक्ता छ ! आज मेरो जती उमेर बढ्दै गयो हाम्रो आवस्यक्ता पनि झनै बढ्यो। सबै ॠण लाएँ हिजो जुनपल हजुरको काख छोडेको देखि।

आमा, समयको जवानी र अर्थहिन प्रतिक्षा संगै निरह बनेको मेरो जिन्दगीका उमङ्गहरु र चोटहरु संगसंगै आफुलाई जीवन्त देखाउने दुष्प्रयास गरी रहन्छु तर मनको अन्तरँगमा अतितका तिता सम्झनाले मुटु विथोलिदिन्छ। जिन्दगी नै केहि खुशीको आशामा सकी न सकी थामी रहनुलाई नै हजुरको सन्तानको रुपमा सोच्ने गर्छु आजभोलि।

जिन्दगीको ठूलो लक्ष्य त थिएन आमा तर बुढेसकालको सहारा बन्छु भन्दाभन्दै छोडेर जानुभयो। मर्नको लागी त धेरै बाटोहरु रोजेँ, देखिए पनि तर पून: जन्मदिनलाई हजुर जस्तो भेटिएन आमा! अब त यो जीवनमा तिर्न नि सक्दिन हजुरको अमृत सरि दुधको भारा, के गरुँ आमा ? तर पनि सोच्ने गर्छु मेरो कैयौँ जन्महरु हजुरकै कोखबाट होस् ! अब त म सँग आजभोलि बोल्न र लेख्नलाई केहि छैन आमा छ त केबल एउटै शब्द त्यो हो ‘आमा’, ‘आमा’, …….’आमा’

अन्तमा आमा हजुरलाई मातातिर्थ औशिको धेरै धेरै शुभकामना ! अनि हजुर जस्ती सबै महान आमाहरुलाई शुभकामनाका सम्पूर्ण शब्दागुच्छाहरु।

उही हजुरको कर्तव्य र दायित्व पूरा गर्न असमर्थ सन्तान ।

  • लेखक गण्डकी प्रदेश समान्वयन परिषद् कतारका उपाध्यक्ष हुन्, ईमेल:bikash.bhujel007@gmail.com

क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस