Techie IT
×
गृहपृष्ठविचारप्रदेशी म

प्रदेशी म


ज विश्वमा कोरोना भाईरस( कोभिड-१९) कारण आतंकित भैइ रहेको बेला म लगाएत लाखौँ विदेशीएका प्रदेशीको आज गहभरी आँसु र मन भरी सजिएको ठूला सपनाहरु पलपल टुक्रिदै छन् ।

सायद प्रदेशको यात्रा नै यही होला जहाँ सपना सजिएको हुन्छ, त्यहाँ आत्मविश्वास बढ्दछ। आत्मविश्वास सँगै जीवनको यात्रा रंगीन बनाउंदै संगम दुरी बनाउने गर्छ । यहाँ समय सँगै जीवन परिवर्तन अनि जीवन समय सँग परिवर्तन छ। त्यसैले होला जीवनलाई क्षणिक जिन्दगीको यात्रा भन्ने गरिन्छ। प्राय: यस्तै सोंचले गर्दा नै एक अर्कामा हामिहरु दिनचार्य बिताउनें गर्दैछौं।

हरपल डरडरै अनि मनभरी त्रास बोकेर प्रदेशमा भाग्य भन्दा पनि कर्म बलियो हुनु पर्छ भन्ने सोचका साथ कर्ममा आत्मविश्वासलाई ढाल्दै मानव शरिरको सबै भन्दा सुन्दर वस्तु ‘मन’ लाई प्राथमिकता दिदैं अगाडी बढिरहेका छौं। कोरानासँग युद्द गरि रहेको योद्दा अनि यो बन्द कोठामा गुम्सिएको मनबाट अनेकन अनुत्तरित प्रश्नहरु आउने गर्छन।  संसारमा किन यति धेरै लोभ लालच ? दुख, कष्ट अनि अनिष्ट घटनाहरु ? आखिर प्राप्ति के होला ?

हरेक जातिय लडाईहरु, पूँजिवाद सँग सामांन्ती ति लडाईहरु, राज्य विस्तारका ति लडाईहरु, यि सबै खालको लडाईले धर्म र अधर्मको पक्षहरु पक्कै पनि बोकेको जस्तो अनुभूति गर्छु ।

प्रेम लीला किन रचिएको होला जब घृणाको पात्रको आवश्यक्ता भए ? मानवबाट मानवताको नष्ट गर्न थियो भने किन मानवताको विकाश गरिएको होला ? आफैंमा यि प्रश्नका अनुत्तरित प्रश्न भित्र आफै उत्तर खोज्ने प्रयास गर्छु, ‘धर्म नभए अधर्मको के अर्थ’, ‘फूलसँग काँडा न भए फूलको के महत्व’, ‘ग्रीष्म ऋतु सँगै उजाड नभैईदिने हो भने हरियाली बसन्त ऋतुको के अर्थ’, ‘सत्य र असत्यको के अर्थ’।

अनेकौं यि शब्दकोष स्मरण गर्छु आज साँचिकै हराएकै हो मानवता ? हरेक जातिय लडाईहरु, पूँजिवाद सँग सामांन्ती ति लडाईहरु, राज्य विस्तारका ति लडाईहरु, यि सबै खालको लडाईले धर्म र अधर्मको पक्षहरु पक्कै पनि बोकेको जस्तो अनुभूति गर्छु । सायद त्यसैले पनि होला बसन्त ऋतुलाई ग्रीष्म ऋतुमा नै परिवर्तन गर्न बाध्य बनाएको हो कि जस्तो भ्रम फैलिएको अनुभुती हुन्छ । पूरै संसारमा रहेका मानव जाति एक तर्फी र प्रकृती अर्को तर्फ अनि अपार सुनामी छाल, खोरोना जस्तो महामारी आदीसँगै अनेकौं रुपमा परिवर्तन हुँदै आज प्रकृतिले हरेक कुराको न्यूटल राख्न थालि सकेको  आभास हुन्छ ।

कहिं र कतै बाट पनि संमन्वयन छैन।  प्रकृती आफैमा सत्यता हो भन्ने प्रमाणित गरी दिएको छ । म हामी जव दु:खमा पर्छौं आफू भन्दा पनि परिवार सामाज मेरो देश अनि आफ्नो बालपनको ति अतित बोकेको सम्झनाका ति ढुङगा, माटोहरु सम्झिंदा शारिरीक रुपमा तन्दुरुस्त भए पनि मानसिक रुपमा निकै नै पिडादायक हुँदो रहेछ । प्रदेशको सुखमय व्यतित जीवन पनि गाँऊघरको वर्षयाममा खेतमा गरेको काम भन्दा आनंद कमै लाग्दो रहेछ ।

आज प्रकृतिले दुनियाँलाई रुवाउदैं गरेको बेला आफ्नै कार्यतालिकामा व्यस्त शरिर केहिपल खुशी साट्ने सुबिधा दिएको बैज्ञानिक पद्द्ती सदुपयोग गर्दै सामाजिक संजाल मार्फत घरपरिवार, आफन्तहरु तल्लो घरे काका माथिल्लो घरे मामा को के छ खबर सोध्न न पाँऊदै सबै जना भक्कानिदै गह भरी आँसुले भरिएको हुन्छ। अनि कताकता ति बोकेर आएका सजिएका ठूला सपनाहरु नष्ट भई सकेको हो कि जस्तो अनुभूती हुन थाल्छ।

विश्वमा कोरोना भाईरस (कोभिड -१९) आज दुनियाँमा महमारिको रुपलिदैँ गर्दा म लगाएत सम्पूर्ण मानव जातिको स्थिति तनावपूर्ण छ। अझ हामी प्रदेशीहरुमा एउटा छुट्टै किसिमको तरङ्ग छ जस्ले सिङ्गो मानव जातिलाई नै आज सँकोचमा डुबाई दिएको छ ।

झसङ्ग भई स्मरण हुन्छ पून ति लक्ष्यको निमित्त गहमा भरिएका आँसुहरु खाडिका यि गर्मिमा बालुवामा पानी शोसिएको जसरि नै यि कोमल नयनहरुमा नै बिलए हुने गर्दछ । अनि सपना, भविष्य, लक्ष्य र कल्पना भन्दा पनि वर्तमान र परिवार निकै माथी भएको आभास गर्न थाल्छु । तिमी त त्यो महानतामा छौ, जस्ले हजारौं दोषहरुलाई आद्श्री करणमा बदलिदिएर केवल आफ्नो स्नेह को स्पर्शले कदर गरेर राख्छु प्रिय भनि परिवारको पिडालाई मलम पट्टी लगाएर बस्ने प्रदेशी म अनि त्यो दुई तले घर बनाऊने बोकेको सपनालाई थाती राख्दै दुई तले खात माथी लुकिलुकी आँसु पुछी रहेको हुन्छु।  परिवार दिनहुँ सम्झदा अझ जीवन पिडादाएक बन्दै जादोँ रहेछ ।

विश्वभरी छरिएर रहेको हामी पर्देशी जहाँ जुन अवस्था, जुन स्थान, देशमा छौं त्यो देशको सरकारी नियम पालन गरौं। 

कसैले विस्वास जित्न रोए, म दु:ख लुकाउन रोएँ, कोही खुशी पाऊँनलाई रोए, अनि म विस्वास घात भएर रोएँ। अचम्मको यात्रा रहेछ जिन्दगी, म आज संसार देखेर रोएँ।  विश्वमा कोरोना भाईरस (कोभिड -१९) आज दुनियाँमा महमारिको रुपलिदैँ गर्दा म लगाएत सम्पूर्ण मानव जातिको स्थिति तनावपूर्ण छ। अझ हामी प्रदेशीहरुमा एउटा छुट्टै किसिमको तरङ्ग छ जस्ले सिङ्गो मानव जातिलाई नै आज सँकोचमा डुबाई दिएको छ ।

भाग्य लिखित भाविले पनि अब त प्रदेशिलाई एउटा गुण लगाई दिईयोस् अब म जस्तो प्रदेशिएको हरेक भाग्यमा परिवार सँगैको खुशी लेखी देऊस्। विश्वभरी छरिएर रहेको हामी पर्देशी जहाँ जुन अवस्था, जुन स्थान, देशमा छौं त्यो देशको सरकारी नियम पालन गरौं।  आफु सुरक्षित रहन प्रायस गरौं र सुरक्षित रहनका लागी मद्द्त गरौं।

  • लेखक गण्डकी प्रदेश समान्वयन परिषद् कतारका उपाध्यक्ष हुन् , ईमेल : bikash.bhujel007@gmail.com

क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस