Techie IT
×
गृहपृष्ठविचारकोरोनाले हल्लिएको विश्व, भुतको संत्रास र युद्द

कोरोनाले हल्लिएको विश्व, भुतको संत्रास र युद्द


विश्व अहिले कोरोना भाइरस (कोविड–१९)को त्रासदी व्याप्त छ । सर्वत्र आजकल कोरोना महामारीको चर्चा छ । संसारका धेरैजसो मुलुकहरु कोरोना कहर सामना गर्दैछन । हाम्रो छिमेकी मुलुक चीनबाट २०१९ को डिसेम्बरमा देखीएको यो भाईरसले यती ठुलो महामारी लेला भनेर तत्कालीन अवस्थामा बिरलैले सोचिएको थियो ।

“यहाँ सम्मकी अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्सले यसलाई चाइनिज भाईरसको संज्ञा दिन समेत टुइट मार्फत भ्याए “

आजको दिन सम्म यो भाईरसले १४ हजार ६ सयको मृत्यु भै सकेको छ भने तिनलाख भन्दा बडी यो रोग बाट संक्रमित भएका छन । विश्वका १ सय ८६ देशमा फैलिएर बिकराल रुप लिदै छ । फेब्रुअरी महिनाको अन्त्य सम्म यो समस्या चिनको समस्या मात्र हो भनेर विश्वाका शक्ती राष्ट्रले हेरेर बसेको कुरा घाम झै छर्लङ छ । यहाँ सम्मकी अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्सले यसलाई चाइनिज भाईरसको संज्ञा दिन समेत टुइट मार्फत भ्याए । जसले शुरुवाति अवस्थामा यो क्रियटिभ भाईरस हुनु पर्दछ र अमेरिका र चीनको व्यापारिक लडाईंको एक सिम्टम हो भनेर शंका गर्ने जोकोहिलाई ट्रपको त्यो भनाइले रियालिटी जे भए पनि कता–कता शंकाको घेरा अझ ठूलो बन्न पुगेको छ ।

जब–जब छिमेकी मुलुक चीन यो भाईरसलाई काबुमा राख्न सफलता तिर अग्रगतिमा बड्यो विश्वका विकशीत अल्पविकशीत र विकासओन्मुख देश सबैतिर फैलिन पुगेको छ । भाईरसको कारण यूरोप माहादेश पनि सिथिल बन्दै गएको छ। कोरोना भाईरसको संक्रमण जती बढ्दै गएको छ। विश्व शक्ति राष्ट्र अमेरिकि जनता पनि त्रसित अवस्थामा छन् । यस्तो लाग्छ विश्वका हरकोही मानिसहरुको सपनाको देश अमेरिका जुन विश्वलाई कोरोना भाईरसको औषधी बनाएर दिन्छ भन्ने अनुमान थियो, त्यही देशका जनता सन्त्रासमा छन्, भन्दा आश्चर्य चकित छ विश्व जगत । सर्व शक्तिमान देशको सामु पनि यसको औषधी छैन र उ आँफै भाईरस सँग जुध्न कठिन संघर्ष गरी रहेको छ । जनता त्राही मान छन् भने अन्य देशको अवस्था झन कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।

“लाग्छ बाल्यकालमा भुत प्रेतको कथाले जती डर पलाउथ्यो घरमा एक्लै हुँदा अली साँझको समयमा एक्लै हिड्दा त्यो भन्दा बढी कोरोना महामारीले मानवको मनमा डर श्रीजना गरि शान्त बन्न सकेको छैन । कोरोनाले मानवको मन मस्तिस्कमा डेरा जमाएर बसेको छ “

कोरोनाको कहर यती बढेको छ की दिन एक गुना रात चौगुना झै गरी बढेको छ । कुन बेला कहाँ कस्लाई भाईरस हुन्छ भनेर अत्तालिएको छ । हरेक देशले एउटै उपाय अप्नाएका छन्, जल, स्थल र हवाइ यातायात बन्द गर्ने । भिडभाड मा नजाने सेल्फ आइसोलेसनमा बस्ने । हरेक देशका सरकारले यही प्रकृया अपनाएका छन् भने जनता यत्ति सन्त्रास छन् कि लाग्छ सानो छँदा बाबाआमाले भुत प्रेतको कथा भनेकै आधारमा साझ परेपछी घरको कोठामा ढोका थुनेर एक्लै डरले लुगलुग कामे झै गरी बस्ने बत्तिको अध्यारो बिचमा आफ्नै छाया देख्दा तर्सिए सरी । छिमेकी र आफन्तहरु आउँदा पनि डराइ डराइ टाढाबाट हात हल्ला्एर फोन तथा म्यासेन्जरमा कुरा गरौला है भनेर तर्केर बस्न पर्ने अवस्था सिर्झना भएको छ । लाग्छ बाल्यकालमा भुत प्रेतको कथाले जती डर पलाउथ्यो घरमा एक्लै हुँदा अली साँझको समयमा एक्लै हिड्दा त्यो भन्दा बढी कोरोना महामारीले मानवको मनमा डर श्रीजना गरि शान्त बन्न सकेको छैन । कोरोनाले मानवको मन मस्तिस्कमा डेरा जमाएर बसेको छ ।

“लाग्छ श्री स्वस्थानी बर्तकथामा देवता र दानवको लडाईंमा विष्णु को सुदर्शन चक्रले दैत्य पक्षमा हाहाकार मचियो भने झै आज दैनिक फलानो राष्ट्रमा यती फलानो राष्ट्रमा यती संक्रमित र यती मृत्यु भन्ने समाचारले मानव जाति त्राहीमान छन् “

प्रथम विश्वयुद्द र दित्तिय विश्वयुद्दको ईतिहास पडेका हामीहरुलाई हाइस्कुल जीवनमै तृत्तिय विश्वयुध्दको सम्भावना भनेर पनि नपडिएको हैन तर समयले सित युद्दको अन्त्य भए पनि आणविक हतियारको बिगबिगी बढेको छ । यो समयमा सानाठूला युद्द्का घटना पनि नभएका हैनन्, भएका छन् त्यस्ता युद्दहरुले निश्चित भुगोल, निश्चित क्षेत्रका मनिसलाई असर पुर्याए जनधनको क्षती भयो तर विश्व नै ठप्प त भएनन् । कोरोनाको कहर यती ठूलो भयोकी विश्वानै जल, स्थल र वायू सबै तिर बन्द छ, चकमन्न छ, मानिसमा त्राहीत्राही सृर्जना गरेको छ । लाग्छ श्री स्वस्थानी बर्तकथामा देवता र दानवको लडाईंमा विष्णु को सुदर्शन चक्रले दैत्य पक्षमा हाहाकार मचियो भने झै आज दैनिक फलानो राष्ट्रमा यती फलानो राष्ट्रमा यती संक्रमित र यती मृत्यु भन्ने समाचारले मानव जाति त्राहीमान छन् ।

“बार बारे मात्र तिल जोगिन्छ’ भन्ने बुढापाकाको भनाईलाई मनमा राख्दै तनाव रहित रहँदै कोरोना सेल्फ क्वारेन्टाइनमा बस्नुहोस “

तसर्थ विश्वको कुनै भुगोल एरियामा हुने लडाईं भन्दा पनि कोरोनाको कहर ठूलो देखिएको छ । विश्वमा शंका गरिएको आणविक युद्द भन्दा कम खतराको मान्न सकिन्न । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र निस्चित रुपमा डगमगाउन सक्ने छ । आर्थिक मन्दिका करण विभिन व्यवसायहरु बन्द हुन सक्ने जस बाट धेरैले आफ्नो रोजगारी गुमाउन सक्ने र लामो मन्दीको स्थितिमा विश्व अर्थतन्त्र रहन सक्ने सन्त्रास र बन्दलाई हेरेर अनुमान लगाउन सकिन्छ ।

अन्त्यमा हामी र हाम्रो स्वास्थ्य नै हाम्रो ठूलो बिषय हो जबसम्म हामीले आँफैले सावधानी अपनाउन सक्दैनौं हामी स्वस्थ्य रहन सक्दैनौं । सरकारको मुख ताकेर मात्र बसेर रोगबाट बच्न सक्ने अवस्था छैन।  विश्वाका शक्ति सम्पन राष्ट्र हल्लिएको ठाउँमा हामी सिमित साधन श्रोत लिएर बसेको सरकारसँग अपेक्षा राख्नु भन्दा आँफैले सावधानी अपनाउँदा राम्रो। धन र मन हुँनेले सामाजिक रुपमा स्नेहिला हात फैलाई, नसक्ने लाई सहयोग गरौँ र कोरोना बिरुद्द सरकार, प्रतिपक्ष र जनता सबै मिलेर अगाडि बढि एक नयाँ शन्देश विश्वलाई दिउँ। भनिन्छ रोग लागेपछी उपचार गराउनु भन्दा, रोग नै लाग्न नदिनु उत्तम उपाय हो, बार बारे मात्र तिल जोगिन्छ भन्ने बुढापाकाको भनाइलाई मनमा राख्दै तनाव रहित रहँदै सेल्फ क्वारनटाइन मा बस्ने, बाहिर रहे पनि अरु सँग उपयुक्त रुपमा शारीरिक दूरी राख्ने, हुलहुज्जत र भेलाहरु नजाने र त्यस्ता कार्य रोक्न सल्ल्हा दिने साथै  हात, मुख, नाक र शरीरका अन्य भागहरु बेलाबेला धोएर सफा राख्ने । पर्याप्त पानी पिउने गरेमा धेरै हद सम्म नियन्त्रण हुन्छ l आफु स्वस्थ्य रहनुहोस् र अरुलाई पनि स्वस्थ्य रहन मद्दत गर्नुहोस् ।

जय-नेपाल !

(लेखक: एनआरएनए आइसिसका पूर्व सदस्य हुन्। इमेल : bimsube321@gmail.com )

क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस