अस्पतालको भर्याङ्गमा झुन्डिएर आत्महत्या
चितवन, चितवनको भरतपुर अस्पतालको भर्याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
अस्पतालको मेडिसिन विभाग नजिकको भर्याङमा झुण्डिएको अवस्थामा लम्जुङका विष्णु सुनारको शव फेला परेको हो ।
लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका सुनारको घाँटीमा रुमाल जस्तो सलको पासो छ । गएराति करिब ८ बजे उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते सुनार भरतपुर अस्पताल आएका थिए । सासुसहित अस्पताल आएका उनले आत्महत्या गरेको चितवन प्रहरीको भनाइ छ । यद्यपि उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।
मृतककी सासुको भनाइ उल्लेख गर्दै सूचना अधिकारी पौडेलले श्रीमतीसँग विष्णुको सधैं झगडा पर्ने गरेको बताए । सासुले आत्महत्या आर्थिक कारणबाट नभएको जनाएको सूचना अधिकारी पौडेलको भनाइ छ ।
क्याटेगोरी : विचार
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस