गृहपृष्ठ ∕ खेलकुद ∕ लाइपजिग तेस्रो स्थानमा लाइपजिग तेस्रो स्थानमा दीप संञ्चार जेठ २०, २०७७ गते ८:५५ मा प्रकाशित काठमाडौं – जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको एक मात्र खेलमा आरबी लाइपजिगले एफसी कोल्नलाई ४-२ ले पराजित गरेको छ ।सन् १९९५ यता पहिलो पटक बुण्डेसलिगा जुनमा खेलाइएको हो । अहिले कोरोनाभाइरस महामारीका कारण २ महिनाभन्दा बढी समय लिग स्थगित भएकोले जुनमा पनि जर्मन लिगको खेल खेलाइएको हो ।कोलोनमा भएको खेलमा घरेलु टोलीले जोन कोर्डोबाको गोलमार्फत सातौं मिनटमा पहिले अग्रता लिएको थियो ।२०औं मिनेटमा लाइपजिगका लागि प्याट्रिक सिकले बराबरी गोल फर्काए ।क्रिस्टोफर एनकानुले ३५ औं मिनेटमा गोल गर्दै लाइपजगिलाई पहिलो हाफमा २-१ अग्रता दिलाए ।दोस्रो हाफमा लाइपजगिले २ गोल गर्दा कोल्नले एक गोल गर्यो । सात मिनेटमा सबै तीन गोल भएको थियो ।५० औं मिनेटमा टिमो वेर्नलरे गोल गरेपछि लाइपजगिले ३-१ को अग्रता बनाएको थियो । वेर्नरको यो सिजन लिगमा २५औं गोल हो । २५ मध्ये यो उनको १५ औं अवे गोल हो ।५५औं मिनेटमा कोल्नका एन्टोनी मोडेस्टेले कोल्नका लागि गोल गरेपछि गोलअन्तरम कम भएको थियो । तर ५७औं मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइपजगिलाई ४-२ को जित दिलाए ।जितपछि २९ खेलबाट ५८ अंक जोड्दै लाइपजिग तेस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँग लाइपजगले अंकदूरी २ मा झारेको छ । ६७ अंकसहित बायर्न म्युनिख शीर्ष स्थानमा छ ।क्याटेगोरी : खेलकुदट्याग : #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबागमतीको सेमिफाईनलमा पुग्ने सम्भावना कायमै , बागमतीको लगातार दोस्रो जीतप्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा, सुदुर पश्चिम र प्रदेश…प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट: प्रदेश २ लाई सान्त्वना जितलुम्बिनी प्रदेशको लगातार दोस्रो जित धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ६दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८आज माघे सङ्क्रान्ति मनाइँदै ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम