गृहपृष्ठ ∕ खेलकुद ∕ लाइपजिग तेस्रो स्थानमा लाइपजिग तेस्रो स्थानमा दीप संञ्चार जेठ २०, २०७७ गते ८:५५ मा प्रकाशित काठमाडौं – जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको एक मात्र खेलमा आरबी लाइपजिगले एफसी कोल्नलाई ४-२ ले पराजित गरेको छ ।सन् १९९५ यता पहिलो पटक बुण्डेसलिगा जुनमा खेलाइएको हो । अहिले कोरोनाभाइरस महामारीका कारण २ महिनाभन्दा बढी समय लिग स्थगित भएकोले जुनमा पनि जर्मन लिगको खेल खेलाइएको हो ।कोलोनमा भएको खेलमा घरेलु टोलीले जोन कोर्डोबाको गोलमार्फत सातौं मिनटमा पहिले अग्रता लिएको थियो ।२०औं मिनेटमा लाइपजिगका लागि प्याट्रिक सिकले बराबरी गोल फर्काए ।क्रिस्टोफर एनकानुले ३५ औं मिनेटमा गोल गर्दै लाइपजगिलाई पहिलो हाफमा २-१ अग्रता दिलाए ।दोस्रो हाफमा लाइपजगिले २ गोल गर्दा कोल्नले एक गोल गर्यो । सात मिनेटमा सबै तीन गोल भएको थियो ।५० औं मिनेटमा टिमो वेर्नलरे गोल गरेपछि लाइपजगिले ३-१ को अग्रता बनाएको थियो । वेर्नरको यो सिजन लिगमा २५औं गोल हो । २५ मध्ये यो उनको १५ औं अवे गोल हो ।५५औं मिनेटमा कोल्नका एन्टोनी मोडेस्टेले कोल्नका लागि गोल गरेपछि गोलअन्तरम कम भएको थियो । तर ५७औं मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइपजगिलाई ४-२ को जित दिलाए ।जितपछि २९ खेलबाट ५८ अंक जोड्दै लाइपजिग तेस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँग लाइपजगले अंकदूरी २ मा झारेको छ । ६७ अंकसहित बायर्न म्युनिख शीर्ष स्थानमा छ ।क्याटेगोरी : खेलकुदट्याग : #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप