Techie IT
×
गृहपृष्ठखेलकुदक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु

क्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दै छ ।

यस खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै यस खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल भुर्तेल, आरिफ सेख र ललित राजबंशीलाई आराम दिएको छ भने आकाश चन्दले एकदिवसीय डेभ्यु गर्ने भएका छन् । त्यस्तै आजको टिममा अनिल शाह र देव खनाललाई प्लेइङ ११ मा समावेश गरिएको छ ।

नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी र आकाश चन्द ।

यस अघि विहिबार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १-० ले अगाडी रहेको छ । नेपालले यो खेल जितेर सिरिजमा आफ्नो कब्जा सुनिस्चित गर्न चाहने छ भने क्यानडाले यो खेल जितेर सिरिजमा कमब्याक गर्न चाहने छ ।

नेपालले सिरिजको तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ गते हुने छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस