गृहपृष्ठ ∕ खेलकुद ∕ टी-२० सिरिज : भारतले अष्ट्रेलियालाई हरायो टी-२० सिरिज : भारतले अष्ट्रेलियालाई हरायो दीप संञ्चार मंसीर ८, २०८० गते ७:५४ मा प्रकाशित ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो भारतले अष्ट्रेलियालाई पराजित गरेको छ।विसाखापटनमस्थित डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा २०९ रन पछ्याएको भारतले एक बल बाँकी हुँदै ८विकेट गुमाएर लक्ष्य भेट्टायो।भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० रन बनाए। इसान किसनले ५८ रनको पाली खेल्दा रिंकु सिंहले २२ तथा यसस्वी जैसवालले २१ रन बनाए।अष्ट्रेलियाका तनवीर सांगाले २ विकेट लिए।त्यस अघि टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले जोस इङ्लिसको शतकप्रेरित खेलमा घरेलु टोली भारतसामू २ सय ८ रन बनाएको थियो।अस्ट्रेलियाका लागि इङ्लिसले ५० बलमा ११ चौका र आठ छक्काको मद्दतले सर्वाधिक १ सय १० रनको योगदान गरे। यसैगरी स्टिभ स्मिथले ४१ बलमा आठ चौकाको मद्दतले ५२, टिम डेविडले अविजित १९ र म्याथ्यु सर्टले १३ रन बनाए।दोस्रो विकेटका लागि १ सय ३० रनको साझेदारी गरे। भारतका लागि रवी बिश्नाई र प्रसिद्ध कृष्णले समान एक विकेट लिए।अष्ट्रेलियाविरुद्ध ५ टी–२० सिरिज दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल