गृहपृष्ठ ∕ खेलकुद ∕ विश्वकप क्रिकेट : अफगानिस्तानमाथि न्युजिल्याण्डको सानदार जित विश्वकप क्रिकेट : अफगानिस्तानमाथि न्युजिल्याण्डको सानदार जित दीप संञ्चार कात्तिक २, २०८० गते ६:५६ मा प्रकाशित आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्ड शीर्षस्थानमा उक्लिएको छ । भारतको चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा गएराति सकिएको खेलमा अफगानिस्तानलाई १ सय ४९ रनले हराउँदै न्युजिल्याण्डले फराकिलो जित निकालेको हो ।न्युजिल्याण्डले जितका लागि दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३९ रनमा समेटियो ।अफगानिस्तानका रहमत शाहले ३६ रन बनाए । यस्तै, अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।न्युजिल्याण्डका मिचेल सेन्टनर र लाकी फर्गुसनले ३–३, ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले १ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतीमा २ सय ८८ रन बनाएको थियो । न्युजिल्याण्डका टम लाथमले ६८ र विल योङ्गले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।अफगानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले २–२ तथा रासिद खान र मुजिब उर रहमानले समान एक–एक विकेट लिए ।जारी विश्वकपमा न्युजिल्याण्ड ४ खेलबाट ८ अंकका साथ शीर्ष स्थानमा छ भने २ अंक रहेको अफगानिस्तान अन्तिमबाट दोस्रोमा छ ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट