गृहपृष्ठ ∕ खेलकुद ∕ आईसीसी महिला टि-२० विश्वकप : नेपाल सेमिफाइननलमा प्रवेश आईसीसी महिला टि-२० विश्वकप : नेपाल सेमिफाइननलमा प्रवेश दीप संञ्चार भदौ १८, २०८० गते २०:०४ मा प्रकाशित नेपाल आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बांगीमा सोमबार भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै एक खेलअघि नै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।लगातार चौथो जित निकालेर सेमिफाइनल यात्रा सुरक्षित गरेको समूह ए बाट नेपालले मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे हो । सोमबार भएको खेलमा कतारले जितको लागि दिएको ७५ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा काजल श्रेष्ठले २८ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३२ रनको योगदान दिइन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रन र सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहे ।त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन जोडेको थियो ।नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।क्याटेगोरी : खेलकुदट्याग : #आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने