गृहपृष्ठ ∕ खेलकुद ∕ विश्वकपमा आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल विश्वकपमा आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल दीप संञ्चार मंसीर २०, २०७९ गते ९:१९ मा प्रकाशित पहिलो खेलमा समूह ‘एफ’ को विजेता मोरक्कोले समूह ‘ईं’ को उपविजेता स्पेनसँग खेल्दैछ । अर्को खेलमा समूह ‘एच’ को विजेता पोर्चुगलले समूह ‘जी’ को उपविजेता स्वीट्जरल्यान्डसँग खेल्दैछ । यि दुई खेलको अन्त्यसँगै क्वाटरफाइनल समिकरण पूरा हुनेछ ।हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया र ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।मोरक्को र स्पेनबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।समूह चरणको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको मोरक्कोले त्यसपछि बेल्जियम र क्यानडालाई समान २–१ ले पराजित गरेर समूह विजेता बन्दै स्पेनसँगको भेट पक्का गरेको थियो । टोली त्यही जितको लक्ष्यमा मैदान उत्रनेछ ।यता, आफ्नो समूहमा उपविजेता बनेको स्पेन पनि मोरक्कोलाई हराएर अन्तिम आठमा पुग्न चहान्छ । स्पेनले पहिलो खेलमा कोस्टा रिकालाई ७–० ले पराजित गर्दै सुखद् सुरुवात गरेको थियो । दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेलेको स्पेनले अन्तिम खेलमा जापानसँग २–१ पराजित भएको थियो ।यस्तै पोर्चुगल र स्वीट्जरल्यान्डबीचको खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता तथा स्वीट्जरल्यान्ड समूह ‘जी’ को बनेर भिडन्त तय गरेका हुन् । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ ।नकआउट चरण स्थान बनाउने क्रममा पोर्चुगलले घानालाई ३–२ ले र उरुग्वेलाई २–० ले हराउँदा दक्षिण कोरियासँग २–१ ले पराजित भएको थियो । यता स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० र सर्वियालाई ३–२ ले पराजित गर्दा ब्राजिलसँग १–० ले पराजित भएको थयो ।क्याटेगोरी : खेलकुदट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट