गृहपृष्ठ ∕ खेलकुद ∕ चीनले किन क्रिकेट खेल्दैन ? यस्तो छ कारण चीनले किन क्रिकेट खेल्दैन ? यस्तो छ कारण दीप संञ्चार कात्तिक ११, २०७८ गते २०:५६ मा प्रकाशित फुटबल पछि सबै भन्दा धेरै रुचाइने खेल भनेको क्रिकेट नै हो। तर विश्वमा यत्रो राज गरेको देश चाइना भने यो खेल खेल्दैन। आखिर विश्वमा झण्डै डेढ अर्ब जनसंख्या रहेको चीन क्रिकेट खेलमा किन यतिधेरै कमजोर छ रु चिनियाँहरु किन क्रिकेट खेल्न र हेर्न पनि मन पराउँदैनन् त ?यसको कारण यस्तो छचीन सदैव ओलम्पिक खेलको समर्थक रहँदै आएको छ र धेरैभन्दा धेरै पदक जित्नका लागि ठूलो लगानी तथा मेहनत पनि गर्ने गर्दछ। तर क्रिकेट खेल ओलम्पिक प्रतियोगितामा सामेल नभएका कारण पनि चीनले क्रिकेटलाई महत्त्व दिँदैन।चीनले क्रिकेटलाई महत्व नदिनुको अर्को कारण पनि छ। वास्तवमा चीन कहिल्यै पनि बेलायती साम्राज्यमा परेन। दुनियाँमा हाल क्रिकेटमा अगाडि रहेका अधिकांश देशहरु कुनै न कुनै समय बेलायती उपनिवेशमा परेका छन्।त्यसैले पनि चीनमा क्रिकेट लोकप्रिय हुन पाएन।अर्को कुरा क्रिकेट अझैसम्म पनि विश्वव्यापी खेल बनिसकेको छैन । यो विश्वका केही देशमा मात्र खेलिन्छ।खेलका माध्यमबाट पनि विश्वमा आफ्नो प्रभाव जमाउन चाहने चीन विश्वस्तरीय खेलकुदमा मात्र केन्द्रित रहनु स्वभाविकै हो। त्यसैले पनि चीनले क्रिकेटलाई महत्व दिएको छैन। यद्यपि, पछिल्लो समयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले चीनमा समेत क्रिकेटको प्रचारप्रसार गरिरहेको छ। एजेन्सीको सहयेगामाक्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल