Techie IT
×
गृहपृष्ठविशेष रिपोर्टविरोध र आलोचना मेरो उर्जा हो, विकाशको कडि हो – वडाध्यक्ष खड्का

विरोध र आलोचना मेरो उर्जा हो, विकाशको कडि हो – वडाध्यक्ष खड्का


झण्डै नेपाल कै नक्सासंग मिल्दो-जुल्दो एवं दाङ जिल्लाकै दशवटा स्थानीय तहमध्य सबैभन्दा विकट र दुर्गम पालिकाको रूपमा परिचित पालिका हो, राजपुर गाउँपालिका । यो गाउँपालिका छिमेकी राष्ट्र भारत र पश्चिम बाँके जिल्लासंग जोडिएको छ । स्थानीय तहमा निर्वाचित भए संगै जनप्रतिनिधिहरूले दोहोरो चुनौती भोग्नु पर्यो । एकातिर विकाशको चुनौती छ भने अर्को तर्फ कोरोना कहरले आतंकित बनाएको छ । निश्चित समयका लागि चुनौतीपूर्ण जिम्मेवारी पाएका प्रतिनिधि मध्य एक हुन्, राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिमबहादुर खड्का । प्रस्तुत छ उनै खड्कासंग पत्रकार शिवु खनालले गरेको कुराकानीको संक्षिप्त अंश ।

  • आज भोलि के काममा व्यस्त हुनुहुन्छ ?

आज भोलि जनताकै कामकाजमा व्यस्त छु । विहान उठ्यो घरबाट खाना खाएर दशबजे वडा कार्यालय गयो । जनताको कामकाज ग¥यो । कहिले जनताको काम लिएर गंगदी गाउँपालिका पुग्यो । अब आज भोलि कोरोना भाइरस (कोभिड १९) को जोखिम छ । स्वास्थ्य मापदण्ड अपनाएर जनतालाई मुस्कान सहितको सेवा प्रदान गर्न प्राय वडा कार्यालयमै व्यस्त छु ।

  • वितेको तीन वर्षको अन्तरालमा वडामा देखिने लायक भएको काम के हो ?

दाङ जिल्लाकै दशवटा स्थानीय तहमध्य सबैभन्दा विकट र दुर्गम पालिका भनेको राजपुर गाउँपालिका हो । छिमेकी राष्ट्र भारतसंग नजिकै सटेका छौ हामी । स्थानीय तहमा हामी निर्वाचित भएर आइसके भएपछि धेरै कामहरू सम्पन्न भएका छन् । गाउँ–गाउँमा बाटाघाटा विस्तार, विद्युत् विस्तार, सिचाँई, खानेपानी, स्वास्थ्य, सञ्चार, यातायात, गाउँ–गाउँमा महिलाहरूलाई विभिन्न सीप मुलक तालिमको आयनेजना गरि उनिहरूको कसरी हुन्छ व्यवसायी बनाउने र आर्थिक रूपले बलियो बनाउने कामहरू भएको छ ।

हामी स्थानिय तहमा आइसकेपछि वडा अन्तरगतको हाडबास गाउँमा पहिला वर्ष तिन लाख बजेट विनियोजन गरि खानेपानीको योजना मर्मत सम्पन्न गर्याे । सोहि गाउँमा विद्युत् विस्तारको लागि नौँ लाख र दोस्रो वर्ष तिन लाख बजेट विनियोजन गरि गाउँ विद्युत् विस्तार गरिएको छ । अव दशैँ अगाडि बत्ती बल्ने निश्चित भएको छ । यस्तै हाडबास गाउँमा तटबन्धन नहुदा विभिन्न घरहरू जोखिममा रहेका थिए । अहिले वडाको दुइलाख बजेटबाट तटबन्ध गरि घर सुरक्षित गरिएको छ ।

यस्तै सुनपत्रदेखि अ‍ैरना जोड्ने नयाँ ट्र¥याक खोल्नको लागि पाँच लाखबजेट विनियोजन गरि तीन किलोमिटर नयाँ ट्र¥याक खोल्ने काम सम्पन्न गरिएको छ । यो भन्दा अगाडि स्थानीयले गोरेटो बाटो प्रयोग गर्नु बाध्यता थियो । हामी आइसकेपछि अहिले त्यो बाध्यता अन्त्य भएको छ । यस्तै अ‍ैरनामा दोस्रो वर्ष दुइलाख र सिचाइ क्षेत्रमा तिनलाख बजेट विनियोजित गरि खानेपानीको मुहान मर्मत गर्ने काम पनि सम्पन्न भएको छ । त्यतिमात्र नभएर गत वर्ष गोठुवाबाट अ‍ैरना जोड्ने नयाँ मोटरबाटो निर्माणको लागी सातलाख बजेट र यसवर्ष मर्मतको लागि दुइलाख बजेट विनियोजन गरि काम सम्पन्न भैसकेको छ ।

  • शिक्षा क्षेत्रमा केके गर्नुभयो ?

अब शिक्षा क्षेत्रमा भन्ने हो भने जनप्रिय प्रा.वि गोठुवामा वडाको तिन लाख बजेटबाट भवन निर्माणको गरिएको छ । सोहि विद्यालयमा पर्खाल निर्माणको लागि दुइलाख बिनिययोजन गरिएको छ । कृष्ण प्रा.वि विद्यालय कुरूवामम सोह्रलाख बजेटबाट दुई कोठे पक्की भवन निर्माण गरिएको छ । यस्तै सिक्टा विद्यालयमा दुई लाखको लागतमा विद्युत् विस्तार, दोस्रो वर्ष वडाको बाह्र लाखको लागतमा विद्यालयको पर्खाल निर्माणको काम सम्पन्न हुनुका साथै तीन लाखको लागतमा स्कुलको मुलगेट निर्माणकार्यका सम्पन्न भएको छ ।यस्तै दुईलाख बजेटमा विद्यार्थीलाई कपडा फेरबदरलको लागि एककोठे पक्की भवन निर्माणको काम सम्पन्न र दुईलाख बजेटको लागतमा शौचालय निर्माण गरिएको छ । प्रदेश सरकारबाट पचाँस लाखको लागतमा दुई कोठे पक्कि भवन निर्माणकार्य बजेट विनियोजित भएको छ ।
हामीले भारतसंग जोडिएको नाका क्षेत्रमा रहेका विद्यालयहरुमा पनि उतिकै कामहरु गरेका छाँै ।नाका क्षेत्रमा हेर्ने हो भने स्याउले विद्यालयको दुईलाख बजेटमा फिल्ड निर्माणको काम, विद्यालय वरपर खहरे खोला भएको कारण विद्यालयलाई व्यवस्थापन गर्न दुईलाखको लागतमा तटबन्ध गरिएको छ । विद्यार्थीलाई आवतजावत गर्न भौवानाका देखि स्याउले गाउँ जोड्नको लागि दुईलाख नयाँ ट्र¥याक खोलिएको छ । यसभन्दा अगाडि स्थानीयले गोरेटो बाटो प्रयोग गर्दै आईरहेका थिए । अहिले त्यो बाध्यता पनि अन्त्य भएको छ ।

मावि भौवामा तिन लाखको लागतमा पर्खाल निर्माण गरि वरपर कमपाउण्ड गरिएको छ । विद्यार्थीलाई छात्रवासको लागि वडाको पाँचलाखको लागतमा छात्रवासको व्यवस्थापन गरि सुरक्षित आवासको व्यवस्थापन गरिउको छ । विद्यालयमा खानेपानीको समस्या थियो । उक्त समस्यालाई मध्यनजर गर्दै विद्यालयको छेवेमा एकलाखको लागतमा कुवा निर्माणमा गरिएको छ । यस्तै चालिस लाखको लागतमा चार कोठे पक्की भवन प्रदेश सरकारबाट निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।भैसाही विद्यालयमा एघार लाखको लागतमा सोलर जडान गरि नाका क्षत्रेमा कम्प्युटर शिक्षा सुरु गरिएको छ । नाकामा कम्प्युटर शिक्षा सुरु भएदेखि त्यहाँका विद्यार्थीलाई कम्प्युटर शिक्षाको लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ । सोहि विद्यालयमा गाउँपालिकाबाट सोह्रलाख बजेटमा दुई कोठे पक्की भवन निर्माण भएको छ । यती मात्रै नभएर छाँया नेपाल संस्थाबाट पच्चिस लाखको लागतमा दुईकोठे पक्कि भवन निर्माण भएको छ ।सिम गजमरि विद्यालयमा तीन लाखको लागतमा फिल्ड निर्माण भएको छ । बाटाघाटा नभएको ठाउँमा विद्यालयमा विद्यार्थीलाई जान आवतजावत गर्न दुईलाखको लागतमा गोरेटो बाटो निर्माण गर्नुका साथै ग्राभेलको काम पनि सम्पन्न भएको छ । सोहि बाटो मर्मतको लागि यसवर्ष दुइलाख बजेट विनियोजित भएको छ ।सुनपत्थरी विद्यालयमा सोह्र लाखको बजेटमा दुईकोठे पक्की भवन निर्माण भएको छ । खानेपानी मर्मतको लागि एकलाख पचास हजार बजेट विनियोजित गरि खानेपानीको योजना मर्मत गरि शुद्ध खानेपानी संचालन गरिएको छ । यस्तै वडाको तिनलाखको बजेटबाट विद्यार्थीका सामाग्री किनिएको छ । डगमारा विद्यालय खोलाले जोखिममा थियो, तिनलाख बजेट विनियोजित गरि उक्त विद्यालय वरपर तटबन्ध गरिएको छ । खेलकुद फिल्ड निर्माणको लागि दुइलाख र खेलकुल सामाग्रीको खरिदको लागि दुइलाख बजेठ विजियोज गरि उक्त काम सामाग्री खरिख गरिएका छ ।

  • स्वास्थ्य क्षेत्रमा केके गर्नुभयो ?

स्वास्थ्य आमनागरिकको पहिलो धन हो । तसर्थ यसतर्फ पनि मैले विशेष प्राथमिकता साथ सकृयता बढाएको छु । नाकाबासी र खोलाबासीहरुले एउटा सिटामोल किन्न भारतजानुपर्ने बाध्यता थियो । अहिले मेरो वडामा चारवटा स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको छ र जनतालाई स्वास्थ्य क्षेत्रको पहुँचमा राखिएको छ । सिक्टा, गोठुवाखोला र डगमारा, भैसाहीनाकामा स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको छ ।

  • खानेपानी क्षेत्रमा केके गर्नुभयो ?

भौवानाकामा खानेपानी योजनाको लागि वडाबाट चारलाख बजेठ विनियोज गरि काम सम्पन्न भएको छ र यसवर्ष खानेपानीको मुहान मर्मतको लागि दुइलाख बजेठ विनियोजन गरिएको छ । मृजेखोलामा खानेपानी योजना मर्मत र पाईप खरिदको लागि दुइलाख, बिच्छेखोलामा खानेपानीको टंकि निर्माणको लागि तिनलाख बजेट विनियोजन गरि काम सम्पन्न भएको छ । यस्तै भैसाहीनाकामा दुईवटा खानेपानीको योजनाको भइरहेको छ । जसमध्ये सुकाखोला र पलंगरीखोलाको लागि टंकि मर्मतको दुई / दुई लाख बजेट विनियोजित गरि मर्मत सम्भार गरिएको छ । खिट्किनाका खानेपानीको पाइप खरिदका लागी तिनलाख ५० हजार, सुकैयानाकामा खानेपानीको योजनाको लागि एकलाख ५० हजार, सुनपत्थरी खानेपानीको योजनाको मुहान मर्मतको लागी दुईलाख, गम्भीरानाका खानेपानी दुईलाख, डगमारा नाका खानेपानी योजना मर्मतको लागी पाँचलाख, छेग्रियानाकामा दुइलाख र गंन्धइला नाको खानेपानी योजना मर्मतको लागी चारलाख बजेट विनियोजन गरि काम सम्पन्न गरिएको छ । यसवर्ष सुनपत्रखोलामा खानेपानीको लागि अहिले दुइलाख बजेट विनियोजन गरिएको छ । भने तटबन्धको लागि चारलाख बजेट विनियोजन गरि काम सम्पन्न गरिएको छ ।

  • जनताको आधारभुत आवश्यकतालाई यहाँले कसरी निहाल्नु भएको छ ?

यहाँले निकै राम्रो प्रश्न गर्नुभयो यहाँ नीर । हामी निम्न स्तरका गरिबिको रेखामुनी रहेका नागरिक हौँ । यसमा पनि पेशाले कृषिमा आवद्द छौं। त्यसकारण उनिहरुको आधारभुत आवश्यकता भनेको खास, बास र कपासकै कुरा हो, त्यैसले मेरो आफ्नो भिजन के हो भने उनिहरुको जिवन समृद्धिको लागी भने आर्थिक कृयाकलापहरु लागु हुन सकने कार्यक्रमहरु तय गर्नुपर्छ । जिवीकोपार्जनमा उहाँहरुलाई संलग्न गराउनुका साथै अनुदानका कार्यक्रमहरु ल्याउनुपर्छ । स्थानिय स्तरमा भएका स्रोत साधनलाई प्रयोग गरेर उहाँहरुको क्षमताको आधारमा उहाँहरुलाई अर्थउपार्जन गरेर भौतीक आवश्यकतालाई पूर्ती गर्ने लक्ष्य रहेको छ ।

  • निर्वार्चित भएर स्थानिय तहमा आइसकेपछि काम गर्ने क्रममा चुनौती आएकी आएनन् ?

यो पन निकै महत्वपूर्ण प्रश्न गनु भयो यहाँले । हामी जनप्रतिनिधि निर्वाचित भएर स्थानिय तहमा आइसकेपछि विकासका कामलाई तिब्रता दियौँ । विकासको क्रममा विनाश अवश्य हुन्छ । सोही क्रममा विकास गर्दा विरोधका स्वरहरु धेरै आए तर विरोध गर्ने प्रतिपक्षले नै हो । उनिहरुले राम्रो काम गरेको देख्न सक्दैनन् । मैले मेरो अहिले सम्मको कार्यकालमा विकास गर्ने क्रममा विरोधका जती पनि आवाजहरु आए ति आवाजलाई चिरेर विकास गर्न तर्फलागे । विकास गर्ने क्रममा विरोध आउने सोभाविक हो । विरोध आयो भन्दैमा विकास रोक्ने होइन । त्यसलाई चिरेर अगाडि बढ्नुपर्छ मेरो विचारमा ।

  • अन्तमा केही छुट्यो की ?

अन्तमा यहाँ र यहाँको कलम प्रती कृतज्ञता व्यक्त गर्दछु । दुर्गम वडाका गतिविधिहरु यहाँले सञ्चारमाध्यमबाट आम स्थानियहरू माझमा पुर्याईदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु । म प्रशंसा भन्दा पनि आलोचनात्मक प्रतिक्रियाको भोको छु । किनकी विरोध र आलोचना मेरो उर्जा हो । विकाशको कडि हो । अन्य दिनहरुमा पनि यहाँहरुको सहकार्य यसरीनै रहनेछ भन्ने अपेक्षा समेत गरेको छु ।


क्याटेगोरी : विशेष रिपोर्ट, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस