Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५संरक्षणको अभावमा सिउरेनी सिमसार ताल

संरक्षणको अभावमा सिउरेनी सिमसार ताल


दाङ, लमही नगरपालिका वडा नम्वर ९ मा रहेको सिउरेनी ताल संरक्षण र आर्थिक अभाबका कारण ओझेलमा परेको छ । यो ताल लमही नगर पालिकाको वडा न ९ रिहार र तेलिया गाउको बिचमा पर्दछ । देउखुरीको प्रसिद्द धार्मिक स्थल रिहार धाम देखि करिब तिन किलो मिटर दक्षिण पश्चिममा रहेको छ ।

त्यहा तिन वटा ताल छन् । करिब दश बिगाह क्षेत्रफलमा फैलिएको उक्त ताललाई संरक्षण गरेर प्रचार प्रसार गर्न सके पर्यटकीय स्थल बन्ने सम्भाबना रहेको छ । २०६९ सालमा तत्कालिन सतबरिया गाबिस बाट रु दुई लाख बजेट बिनियोजन गरेर बाह्रै महिना बगिरहने सिमसार क्षेत्रलाई ड्याम बनाएर सामान्य पानी रोक्ने काम भएको थियो । थोरै लगानीमा बनाईएको उक्त ड्याम बर्षाको पानीले भत्काएको र फेरी ड्याम निर्माणको काम भयो । त्यस पछी हरियाली सामुदायिक बन तेलिया बाट करिब नौ लाख रुपैया खर्चेर स्थानीयले खेतीपातीमा सिचाईका लागि पाइप किनेर ल्याएको स्थानीय तेज बहादुर केसी तिलकले बताए ।‘स्थानीय स्तरबाट हामिले संरक्षणको प्रयास गरिरहेका छौं तर, सरकारी निकायको ध्यान जान नसक्दा समस्या परेको छ’उनले भने–‘यो ताललाई संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।’

करिब दश बिगाह क्षेत्रफलमा फैलिएको उक्त ताललाई संरक्षण गरेर प्रचार प्रसार गर्न सके पर्यटकीय स्थल बन्ने सम्भावना रहेको छ ।

२०७१ साल तिर उक्त सामुदायिक बन लमहीमा रहेको नर्ती सामुदायिक बन समन्वय समितिमा आबद्द भैसकेपछि तराइ भू परिधि ताल कार्यक्रमा बाट र जिल्ला भू संरक्षण दांग बाट चार लाख रकम त्यस तालको अपुरो ड्याम निर्माणका लागि प्राप्त भएको थियो । त्यसतै जिल्ला बन कार्यालय दाग बाट एक लाख र जल उत्पन्न प्रकोप कार्यालय बाट १५ लाख रकम प्राप्त त भयो तर समयमै काम नहुदा ५ लाखको मात्र काम गर्न सकेको र बाकि रकम फिर्ता भएको केसीले बताए । आर्थिक संकटका कारण उक्त ताललाई ब्यबस्थित गर्न नसकिएको स्थानीय शिक्षक धनीराम चौधरीको भनाई छ ।

तालमा प्रशस्त माछा छन्, हेर्न लाएक एक वटा गोही पनि छ ।

यदि यो ताललाई पनि आगन्तुक आउने बनाउन सक्ने हो भने राम्रो संदेश जिल्ला बाहिर पनि जान्थ्यो चौधरी भन्छन ।‘तालमा प्रशस्त माछा छन्, हेर्न लाएक एक वटा गोही पनि छ । त्यहाँ रहेको गोहिले अहिले सम्म दस वटा बाख्रा मारी सकेको र एक जना महिलालाई टोकेको भन्दै तालको चारै तिर तारवार गर्न सके गोहीको आक्रमण बाट बचिने केसीको भनाई छ, तर बजेट अभाबले यो काम गर्न सकिएको छैन । तालको वारीपारी घना जंगल रहेको छ , विभिन्न प्रजातीका चाराचुरुंगीले नजिकै रहेको जंगलमा आफ्नो बासस्थान समेत बनाएका छन् । त्यहा पुग्ने बित्तिक्कै चराचुरुंगीको आवाज गुन्जिन शुरु हुन्छ’ उनले भने–‘बाह्रै महिना पानि बगिरहने भएकोले त्यहा पानि पिउनलाई जंगली जनावर आउने गरेको स्थानीयले बताउछन ।

यो ताललाई पिकनिक स्पोट बनाउन सके र तालको चारै तिर आवत जावत गर्न बाटो बनाउन सके यस ताललाई अबलोकन गर्न अझै सहज हुने थियो । यो तालको छेउमा पुग्ने बितिक्कै छुटै प्रकारको अनुभूति हुन्छ । स्थानीय तेज बहादुर केसीले बग्ने पानीलाई सिचाईमा प्रयोग गर्न सकिने देखे पछी ड्याम निर्माण गरि किसानका खेत खेत सम्म पानि पुगाउन सकिन्छ भनेर ड्याम निर्माण गरेको बताए । उक्त तालको पानिले करिब ५० बिगाह क्षेत्रफल जमिनमा सिंचाई सजिलै भैरहेको केसीको भनाई छ । तर पछिल्लो समययता स्थानीयले पनि चासो दिन छोडे र बजेट दिने निकायले पनि ध्यान नदिदा उक्त ताल पुरानै अबस्थामा पुग्ने सम्भाबना धेरै छ । यदि यो ताललाई जिबन्त दिने हो भने मनोरंजन मात्र नभएर आर्थिक आए आर्जनको पाटोमा समेत थप सहयोग हुने छ । यो तालको गहिराई १४ फुट रहेको छ ।

तालको पानीले त्यहाका किसानहरुले बेमौसमी तरकारी बालि बाट पनि राम्रै आम्दानि गरेको लमही नगर पालिका ९ का तप्त बहादुर डाँगीले बताए । यो सिमसार क्षेत्रलाई स्थानीय सरकारले गुरु योजनाकै आधारमा बजेट बिनियोजन गरेर पर्यटकीय क्षेत्र बनाउन पहल गरिनु पर्ने त्यहाका स्थानियाहरुको भनाइ छ ।


क्याटेगोरी : समाज, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस