Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाजअर्काकी छोरीलाई पाल्न किन विवाह गर्ने ?

अर्काकी छोरीलाई पाल्न किन विवाह गर्ने ?


प्रेम सुनार, बुटवल । गुल्मीको वाग्लास्थित एक टोलमा दुर्लभ मानव स्वभावका दुई दाजु भाई रहेका छन् । ७४ वर्षको उमेर सम्म खाली पैतला हिडेका छन । खर्चका नाममा नुन शिवाय अरु किन्दैनन । त्यो उमेरसम्म कहीले पनि भुटन राखेको दाल वा तरकारी खाँदैनन् ।

दाजु भाई तावामा खरानी राखेर रोटी पकाएर खान्छन् । यो उमेर सम्म किन विबाह गर्नु भएन ? भन्ने प्रश्नमा सम्पत्ती सक्न बेकारमा अर्काकी छोरी किन पाल्ने भन्ने जवाफ दिन्छन । उनीहरु नयाँ कपडा कहिले पनि किन्दैनन् । अर्काले दिएका पुराना कपडा लगाउछन् र उक्त कपाडा कहिले पनि धुदैनन् । उनीहरुले अहिले सम्म माछा मासु किनेका छैनन् ।

दाजु भाई अर्काले त्यसै दिएको माछा मासु खान्छन्। सम्पत्ती नभएर होइन । उनहरुको पन्ध्र –सोह्र मुरी धान फल्ने खेत छ भने त्यति नै बारी पनि छ । उनीहरु हुन धुर्कोट गाउँपालिका वडा नम्वर ७ , वाग्ला गाउँका ७४ वर्षीय ईन्द्रलाल गिरी र उनको ६९ वर्षीय भाई भिमलाल गिरी। दाजु ईन्द्रलाल अहिलेसम्म एकचोटी मात्रै नागरिकता बनाउनका लागि सदरमुकाम तम्घास पुगेका छन्।

ईन्द्रलाललाई तम्घास कस्तो छ भन्ने हेक्का पनि नभएको उनी बताउँछन् । हुन त उनी अर्को बाटो हुँदै दिल्ली पनि पुगेका हुन । जहाँ पुगेर गुड्दै गरेको रेल लिकमा उभिएर रोक्न खोजेका उनी संयोगले बाँचे ।

ईन्द्रलालले रेल जहाँ रोक्न खोजे त्यही रेल रोकिने स्टेशन परेको थियो । उनी खाली पैतालो गए , खाली पैतालो नै फर्किए । भाई पनि एक चोटी भारत गएको उनी सुनाउछन् । उनले अरुले दिएका एक जोर छालाको जुत्ता लगाउँदै आएको उनी बताउछन् । उनले त्यहाँबाट फर्केर सिर्सेनीकी एउटी युवती विवाह गरे ।

विवाहमा ५ हजार खर्च हुँदा रिसले घरै छाडे

विवाहमा पाँच हजार खर्च भयो । त्यसबाट दाजु ईन्द्रलाल रिसले चुर भए । बुहारी भित्रिएसंगै दाजु ईन्द्रलालले घर छाडेर अर्कैको खाली घरमा गएर बस्न थाले । भाई बुहारीले चार महिनापछि घर छाडेर हिडेपछि मात्रै उनी घर फर्किए । अर्काकी छोरी विवाह गरेर पाल्यो भनेर उनी रिसाएर घर छाडेको उनले बताएका छन्।

उनीहरु तीन भाई हुन् । जेठा दाजुको विवाह गर्दा लागेको ऋणले बाबुले १० मुरी धान फल्ने खेत बेच्नु परेको कुराले विवाह भन्ने कुरा गर्नै नहुने मानसिकताले उनी ग्रसित भएका छन । भन्छन–‘बेकारमा अर्काकी छोरी ल्यायो, खान लाउन दियो , आफू मरेपछि उसैका नाममा सम्पत्ती पनि सुम्पीयो , त्यस्तो पनि कसैले गर्छ ? ’

भाईलाई इङ्गित गर्दै थप्छन–‘ यसले एउटी केटी ल्यायो, मैले सहन सकेन र घर छाडेर हिडेको हुँ । तीन चार महिना खाई र गई , बल्ल घर फर्केको हुँ । ’दाजु फकायो भने बोल्छन् । तर भाई भने मान्छे देखेपछि जंगलको झाडीमा लुक्न जान्छन् । हामी उनीहरुको घरमा पुग्दा भाई बारी तिर भागेर हिडे ।

खोज्दै जाँदा बारीको छेउँमा घाँससंगै मुसो लुके झै लुकेर बसेका थिए । उनलाई जे प्रश्न सोधे पनि खाली त्यही खेत बारीको चिन्ता र घाँस अर्काले चोरोको टन्टो ओकल्छन् । ‘त्यो कमिनीले घाँस चोरी’ त्यही थनथन मात्रै उनीबाट सुनिन्छ ।

मान्छेले देख्छन् भनेर विहान पाँच बजे उठ्छन । खरानीमा रोटी पकाउँछन । त्यसपछि हिडेका उनी साँझ ९ बजेपछि मात्र घर आउँछन । कहिले पनि नहुँआउँदैनन् । दारी कपाल फालदैनन् । आफै झर्छ । दाजुको भने एक जना छिमेकीले हालै जवरजस्ती दारी फालि दिए । अहिले सम्म ती दुई भाईले दारी फाल्ने ब्लेड किनेका छैनन् ।

यस्तो सफा ठाउँमा पनि दिशा बस्न हुन्छ ?

धुर्कोट गाउँपालिकाले खुल्ला दिशामुक्त कार्यक्रम अन्तर्गत उनको घर छेउँमा ब्यबस्थित शौचालय बनाई दियो । नयाँ शौचालको टिलीक्क टल्कीने सेतो साईफन देखे पछि उनिहरुले त्यस्तो सफा र राम्रो ठाउँमा दिशा गर्न हुँदैन भनेर जंगल तिरै शौचा बस्न गई रहे ।

दोश्रो पटक गाउँपालिकाले घरको छानामुक्त गाउँपालिका कार्यक्रम अन्तरगत उनको खरको छाना विस्थापित गरेर टिनले छाई दिने क्रममा शौचालयमा शौचा गर्न नगए टिन नदिने अडान लियो ।

त्यस पछि बाध्य भएर त्यस शौचालयमा शौचा गर्न जान थाले । तर शौचा धुृन हात त्यस ठाउँमा लैजान नहुने उनिहरुको मानसिकता अनुसार अहिले त्यो शौचालय जमेर प्रयोग विहिन बनेको छ ।

यस्तो मान्छे त नेपाल मै देखेका छैनौं ?

यस्तो स्वभाव भएको मानिस त आफुहरुले गुल्मीमा मात्र नभई नेपाल मै न देखेको स्थानियवासी नारायण गिरीले बताए । यी दुई भाई मानव विकासको आदिम कालमा मानिसहरुको जस्तो स्वभाव हुन्थ्यो त्यसैको झल्को दिएको त्यस वडाका वडाध्यक्ष हिमप्रसाद पन्थी बताउँछन ।

उनीहरु राउटे समुदाय भन्दा पनि पछाडी छन । ’ उनले थपे खर्च गर्न , खान, लगाउन उनीहरुमा देखिएको कञ्जुसाईले सिङ्गो गाउँ चकित छ । सम्पत्ती नभएर होइन । हामीले खेत वा बारी मध्ये केहि बेचेर अलिकति सुखी जीवन बिताउ भनेर कर गर्छौ तर उनीहरु मान्दैनन् । के गर्नु दुखै–दुखपछि उनीहरुकाे मरेर सम्पत्ती खाई दिने कोही छैन । ’

वडाध्यक्ष पन्थीको घरमा पसल छ । उनले पसले राखेदेखि अहिले सम्म ईन्द्रलालका दुई भाईले नुन बाहेक केहि नकिनेको बताए । ईन्द्रलालले बृद्ध भत्ता बुुझन थालेको तीन वर्ष नाघि सक्यो ।

बृद्ध भत्ता बुझेपछि भने एक दुई किलो चामल किनेर भात खाएको उनको दावी छ तर उनीहरुले चामल , तेल केहि नकिनेर खरानीमा रोटी पकाएर खाएको छिमेकी पुनम बिकले बताउँछिन् । ओमप्रसाद पौड्याल यी दुई भाईको स्वभाव जंगलीकालका मानिसहरुको जस्तै भएको बताए ।

खेताबारीमा खन्ने खोर्सेनी भन्दा अरु गर्दैनन । न उनिहरु अरुको उपकार गर्छन न आफ्नै गर्न चाहन्छन । उनीहरुलाई सुखसंग जीवन विताउने सम्पत्ती छ तर भएर के गर्नु उनीहरु यसरी बाँच्न चाहन्छन्, अरुले भनेको मान्दैनन’–उनले भने ।

भित्र घर ओढार छुट्टाउन गाह्रो

उनीहरुको घर बाहिर हेर्दा घर–घस्तै देखिन्छ । तर भित्र पसेपछि ओढार भन्दा फरक छैन । भुँँई कहिल्लै लिपिदैनन् । अति फोहर छ । दलानमा कलेटी परेका ओढ्ने ओछ्याने भुल्लाहरु छन् । प्रदुषण आउने लगाउने कपडाहरु पनि त्यस्तै कलेटी परेका छन् । घेरो गएको सिल्टीको गाग्री छ । दुई वटा थाल एउटा बटुका र एउटा मात्र खान पकाउने भाँडा छ ।

ती भाँडा पनि भाईको विवाह गर्दा दाईजो दिएको ईन्द्रलालले बताए । दलान आँगन पनि घर छोडेर हिडेका मान्छेहरु कहाँ जस्तै छ । दाजु खान पकाउँछन । भाईको काम जंगल तिर जानु दाउरा घाँस गर्नु मात्रै हो । घरको ढोकामा कहिले पनि ताला लगाउँदैनन् । दुई वटा गाई पालेका छन् । गाउँ समाजकमा मनाईने चाड पर्व, पुजा अर्चना , हर्ष खुसी उनीहरुलाई केही मतलव छैन । उनीहरुको आफ्नै संसार छ । त्यही संसारमा दुई भाई रमाएर ७० को नेटो काटेका छन् ।

(पाथिभरा डेली/न्यूज २४ नेपाल)

क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस