गृहपृष्ठ ∕ प्रदेश खबर ∕ गण्डकी प्रदेश ∕ पूर्वयुवराज पारस शाह चढेको गाडी दुर्घटना पूर्वयुवराज पारस शाह चढेको गाडी दुर्घटना दीप संञ्चार जेठ १०, २०७७ गते २०:०८ मा प्रकाशित पोखरा – पूर्वयुवराज पारस शाह चढेको गाडी पोखरामा दुर्घटनामा परेको छ । शुक्रबार राति शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोक सडकमा हिडिरहेको बाच्छोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।गाडीको ठक्करबाट बाच्छो मरेको प्रहरीले जनाएको छ । सवारी चालक अशोक गुरुङ र गाडीलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।पूर्वयुवराज शाहलाई शुक्रबार मध्यरातमा छाती दुखेपछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लैजान क्रममा दुर्घटना भएको हो । चालक गुरुङ पारसका नियमत चालक नभएर सहयोगी भएको उनले बताए । गाडीमा चालक सहित ३ जना थिए ।जसमध्ये एक जना स्वास्थ्यकर्मी भएको एसपी कार्कीले बताए । दुर्घटनापछि पारसका सहयोगीले अर्को गाडीमा राखेर अस्पताल पुर्याएका थिए । अस्पतालले शाहको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको जनाएको थियो ।चालकलाई कानुन अनुसार कारबाही गरिने कार्कीले बताए । लकडाउनका कारण पोखरामा रहेका पारस पछिल्लो समय सामाजिक कार्यमा समेत सक्रिय बनेका छन् । केही दिन अघि उनले पोखरामा खान नपाएका विपन्न परिवारलाई राहत वितरण गरेका थिए ।क्याटेगोरी : गण्डकी प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमनाङमा जनसङ्ख्याभन्दा बढी मतदातापोखरा महानगरका चार कर्मचारीको आरटीडी रिपोर्ट पोजेटिभक्रिश्चियनलाई कोरोना लाग्दैन भन्ने पास्टर पक्राउलकडाउन अपडेट: बुटवलमा भएको प्रभाव (फोटो फिचर) धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !