गृहपृष्ठ ∕ प्रदेश खबर ∕ गण्डकी प्रदेश ∕ मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता दीप संञ्चार माघ १३, २०७८ गते १७:५५ मा प्रकाशित काठमाडौँ -केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क वि.सं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो ।वि.सं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने वि.सं २०७४ को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ । वि.सं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् ।अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुनचाहिँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ । जनगणना अनुसार नार्पाभूिम गाउँपालिकामा ४४२ अर्थात सबैभन्दा कम जनसङ्ख्या रहेको छ ।राससक्याटेगोरी : गण्डकी प्रदेशट्याग : #जनगणना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपूर्वयुवराज पारस शाह चढेको गाडी दुर्घटनापोखरा महानगरका चार कर्मचारीको आरटीडी रिपोर्ट पोजेटिभक्रिश्चियनलाई कोरोना लाग्दैन भन्ने पास्टर पक्राउलकडाउन अपडेट: बुटवलमा भएको प्रभाव (फोटो फिचर) धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन अभिनेता अनमोल केसी पक्राउ सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?