Techie IT
×
गृहपृष्ठप्रदेश खबरगण्डकी प्रदेशबरभंज्याङ्ग महिला विकाश बचत तथा ऋण सहकारी संस्थाको शुभकामना तथा चियापन सम्पन्न

बरभंज्याङ्ग महिला विकाश बचत तथा ऋण सहकारी संस्थाको शुभकामना तथा चियापन सम्पन्न


तनहुँ, तनहुँ भानु नगरपालिकाको वडा पाचँमा रहेको “श्री बरभंज्याङ्ग महिला विकाश बचत तथा ऋण सहकारी संस्था” ले शुभकामना अादनप्रदान तथा चियापान कार्यक्रम सम्पन गरेको छ ।

अाउदै गरेको विजय दशमी तथा दिपावाली र छठलाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यलय भानुको सहकार्यमा अायोजना गरेको उक्त शुभकामना तथा सामुदाय प्रहरी साझेदारी कार्यक्रममा संस्थाकि अध्यक्ष बिन्दुकला वाग्लेको सभापतित्व रहेको थियो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समति तनहुँका अर्जुन बहादुर अधिकारी प्रमुख अतिथि रहेका थिए भने ईलाका प्रहरी कार्यलय भानु मुकाम तनहुँ डुम्रेका ईन्चार्ज प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठ , तनहुँ भानु नगरपालिका वडा ५ कि सदस्य विष्णु मायाँ कार्कि, संस्थापक अध्यक्ष भगवती देउजा लगायत संस्थाका सेर सदस्यहरू तथा विभिन्न संघ सस्थाका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अर्जुन बहादुर अधिकारीले विजय दशमी मनाउनुको अर्थ केहो त भन्ने बारे प्रष्ट पार्दै चाडपर्वमा सबैसगँ दुखसुख बाड्दै मनाउनु जरूरी रहेको बताए ।

 

उनले अरूको देखासिखि भन्दा पनि दक्षा अनुसार मनाउन समेत सबैलाई अनुरोध गर्दै अाज कार्यक्रमको अायोजना गरेको महिला सहकारी संस्था जस्ले खोल्नु भयो र यस संस्थालाई यहाँ सम्म पुर्‍याउन भयो उहाँलाई धन्यावाद प्रकट समेत गरेका थिए ।

उनले भने मैले विभिन्न संस्थामा अावद्व रहेर काम गरेको छु सस्था चलाउन सजिलो कत्ति छैन । संस्थालाई अगाडि लैजान निकै सघर्ष गर्नु पर्ने हुन्छ भन्दै अाफुले अागामी दिनमा पनि यस सहकारी संस्थालाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अधिकारीले हालै सरकारले गरेको राम्रो कामको प्रशंसा र गलत कुराको भर्सना पनि गर्न जरूरी रहेको बताउदै निर्माला पन्त काण्डदेखी सभामुख कृष्ण बहादुर महारा सम्मको काण्डको चर्चा समेत गरेका थिए ।

यसै गरि विषेश अतिथि प्रनि जितेन्द्र श्रेष्ठले अाफुलाई कार्यक्रमा विशेष अतिथिमा निम्ताएकोमा सस्थालाई धन्यावाद प्रकट गर्दै अाउदै गरेको दशैको अबसरमा धेरै जसो चोरी लुटपाट हुने हुदा सबैलाई गलत कार्यप्रति सतर्क रहन अनुरोध गरे ।

उनले चाडपर्वमा विभिन्न खाले व्यक्ति हिड्ने गरेका छन यसैले तपाईका घरपरिवार कसैले पनि बैकिङ्ग कारोबार गर्दा एक्लै नजान र पब्लिकमा पैसा गरगहना लगाएर एक्लै नहिड्न समेत बताए ।

श्रेष्ठले थपे चाडपर्वमा तपाईका टोल छरछिमेकमा गलत कार्यहरू भईरहेको खबर पाए हामिलाई सम्पर्क गरिदिन समेत अनुरोध गर्दै चाडवाडमा अहिले प्राय धेरै जसो मादक पदार्थ सेवन गर्ने गरेका हुन्छन उसलाई सकेसम्म अा-अाफ्ना घरका सदस्यले सम्झाउन यदि नसके हामी २४ घण्टै उपस्थित हुने समेत बताए ।

श्रेष्ठले चाडपर्वमा यात्र गर्दा एक्लै अथावा अाफु कहाँ जादै छु घरको सदस्यलाई जनाउनु जरूरी रहेको र चाडपर्वमा हरेक गलत कार्यहरूलाई निकारण गर्न जरूरी रहेको बताउदै शुभकामना व्यक्त समेत गरेका थिए ।

यसै गरि कार्यक्रमको समापन गर्दै संस्थाकि अध्यक्ष तथा कार्यक्रमकी सभापति वाग्लेले कार्यक्रमको निमन्त्रणा लाई स्वृकार गर्दै उपस्थिति भएकोमा सबैलाई धन्यावाद प्रकट गर्दै शुभकामना व्यक्त गरेकी थिईन । कार्यक्रमको सहजिकरण संस्थाकी प्रतिनिधि प्रेम कुमारी सोतिले गरेकी थिईन ।


क्याटेगोरी : गण्डकी प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस