Techie IT
×
गृहपृष्ठआर्थिकदश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दै

दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दै


दाङ्ग —दाङ्गको लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर देखि झन्डै पांच सय मिटर दक्षिण तर्फ निरज पोल्ट्री फर्म अवस्थित छ ।

No description available.

उक्त पोल्ट्री फर्म लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर निवासी सितल कुमार चौधरीले संचालनमा ल्याएका हुन । उनको फर्ममा एक हजार बढी लोकल कुखुरा छन् भने आठ सय जति बच्चा छन ।

No description available.
फर्ममा रहेका लोकल कुखुराको स्याहार सुसारमा व्यस्त छन् सितल । बिहानै उठ्ने कुखुराको खोरमा जाने, खोर सफा गर्ने अनि कुखुरालाई दाना पानी दिने उनको दैनिकी हो ।

No description available.

दश वर्ष सम्म वैदेशिक रोजगारीका लागि सितल मलेसियामा बसेर नेपाल फर्किएका हुन । दश वर्ष नेपाल बाहिर बसेर आर्जेको धन पैसाले नेपाल फर्केर केहि गर्छु भन्ने ईछ्या पलाए पछि कुखुरा पालनमा लागेका हुन् । शुरुमा ब्रोईलर पालन गरे तर ब्रोईलरबाट खास्सै आम्दानी हुन् नसके पछि उनले लोकल कुखुरा पाल्ने निधो गरे । अहिले दुई वर्ष जति भयो सितलले लोकल कुखुरा पाल्न शुरु गरेको ।

No description available.

शहर होस् या गाउँ लोकल कुखुराको माग अहिले अत्याधिक छ । बिक्रिका लागि अन्यत्र लैजानै पर्दैन । काठमाण्डौ पोखराबाट समेत कुखुराको माग आउने गरेको उनले बताए । फर्मको नामबाट वेब साइट संचालन गरेकोले कतिले त नेटबाट पत्ता लगाएर घरै समेत आउने गरेको सितलको भनाई छ ।

No description available.

लोकल कुखुरा पालन गर्दा खास्सै गाह्रो नहुने उनको भनाई छ । थोरै लगानीमा पनि शुरु गर्न सकिन्छ, थोरै मान्छे भएपनि रेखदेख गर्न सकिन्छ उनले भने । ब्रोईलर कुखुरा जस्तो हरेक समयमा दाना पानी दिनु पर्ने, चौविसै घण्टा रेखदेख गर्न नपर्ने र लोकल कुखुरालाई दिनको दुई पटक दाना दिए पुग्छ उनले भने ।

No description available.

बच्चा कोरोल्नका लागि मेसिन छ, उक्त मेसिनले २१÷२२ दिन मा बच्चा निकाल्छ । दैनिक साठी देखि सहत्तरी वटा सम्म अण्डा दिन्छन । बच्चा उत्पादन गर्ने भएकोले अण्डा बाहिर बिक्रि गर्दैनन् । यति मात्र हैन उनको पोल्ट्री फर्ममा बधिया भाले पनि छन ।

No description available.

झन्डै एक वर्ष सम्म पालेका ति भालेहरु दुई देखि तिन किलो सम्म तौल रहेका छन । ति बधिया भाले तिन हजार देखि चार हजार पैतालिस सय रुपैयाँ सम्ममा बिक्रि हुने गरेका छन । बधिया भाले, लोकल कुखुराका बच्चा, बट्टाई चरा र बच्चा बस्ने फरक फरक खोर बनाएका छन ।

No description available.

दुई वर्षको अवधि भर राम्रै आम्दानी भएको छ, घर खर्च चलाउन पुगेको छ । अरुको काम गर्न जान भन्दा आफ्नै काममा रमाउन मन लाग्छ, घरको खाजा रोटि खाएर भएपनि म यसै पेसामा खुशी छु सितलले भने । लोकल कुखुरा संग संगै हाँस, खरायो पनि शुरुवात गरेका छन । सबै कुराको माग बढ्दै गएकोले अब अलिक कुखुराको संख्या र खोर बढाउने सोचमा छन् उनि ।

No description available.


क्याटेगोरी : आर्थिक, समाचार, प्रदेश ५
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस