Techie IT
×
गृहपृष्ठसमाचारनेवानिका अपरेशन निर्देशक शेरचनलाई २४ घण्टे स्पष्टिकरण,दुबई उडान रद्द घटनामा छानबिन

नेवानिका अपरेशन निर्देशक शेरचनलाई २४ घण्टे स्पष्टिकरण,दुबई उडान रद्द घटनामा छानबिन


काठमाडाैं-नेपाल वायुसेवा निगमले कोपाइलट बिरामी भएपछि दुबई उडान १२ घण्टा ढिलो भएको घटना छानबिन गर्न समिति बनाएको छ । अहिले उक्त घटनाले निगम तातेको छ ।

निगम प्रवक्ता रमेश पौडेलका अनुसार नायब महाप्रबन्धक जनकराज कालाखेतीको संयोजकत्वमा आइतबार कार्यकारी अध्यक्ष युवराज अधिकारीले तीन सदस्यीय छानबिन समिति गठन गरेका छन ।

समितिले शनिबार रातिको घटनाको छानबिन गरी सुझावसहितको प्रतिवेदन तीन दिनभित्र कार्यकारी अध्यक्षलाई दिनुपर्ने निर्देशन दिएकाे छ । उक्त समितिमा निगमका न्यारोबडीका क्याप्टेन सुरज भण्डारी र कार्यकारी अध्यक्षको कार्यालयका प्रबन्धक नारायण पौडेल सदस्य रहेका छन । उक्त उडानबाट अमेरिका, युरोपलगायत तेस्रो गन्तव्य मुलुक जानुपर्ने ६६ यात्रुमध्ये ९ जनालाई आइतबार बिहान र बाँकी ५७ जनालाई आइतबार राति अन्य वायु सेवाबाट पठाइएको छ ।
निगमको वाइडबडी विमान उड्नै लाग्दा कोपाइलटको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति काठमाडौं-दुबई-काठमाडौंको उडान रद्द गरि १२ घण्टा पछि उडाईएको थियाे ।

यसै गरि निगमको उडानमा असर नपर्ने गरी समयमा नै पाइलटहरुको आवश्यक तालिम व्यवस्था गरी कार्य सूचारु राख्न पटक–पटक निर्देशन गर्दा पनि हेलचेक्रयाई गरी कार्य नगरेकोे ए ३३० जहाजका चार जना चालक लाई एकै पटक तालिममा पठाई जगेडा पाइलटको व्यवस्थापन बारे नजरअन्दाज गरेको र यसै हेलचेक्रयाइ सुधार नगरी पटक पटक दोहोर्याएकोले निगमका अपरेशन निर्देशक बरिस्ट क्याप्टेन रवीन्द्र कुमार शेरचनलाई कार्यकारी अध्यक्ष यूवराज अधिकारीले २४ घण्टे स्पष्टिकरण सोधेका छन । त्यसैगरी मलेसिया उडानको लागि चाहिने उडान अनुमती (FAOC) समयमा नवीकरण गर्न पहल गर्नुपर्नेमा सोको हेलचक्रयाई गरी आफ्नो कर्तब्य पालनामा चुकेको देखिएकोले कारवाही स्वरूप निगमको नियमानुसार ३ जनालाई चेतावनी पत्र दिइएको छ । चेतावनी पाउनेमा उप निर्देशक बरिस्ट क्याप्टेन विजय लामा, ओसिसी म्यानेजर चक्र नकर्मी र मलेसियाका कन्ट्री म्यानेजर नेत्र राज राउत रहेका छन ।

मलेसियाका कन्ट्री म्यानेजर नेत्रराज राउतले भने आफू भर्खरै मलेसिया आएको र यो पहिलेदेखि नै प्रक्रियागतरुपमा गर्नुपर्ने कार्य भएको जनाउदै यस्मा आफु दोषी नरहेको बताए । जनसवालसँग कुरा गर्दै राउतले मलेसिया उडानको लागि चाहिने उडान अनुमती (FAOC) समयमा नवीकरण गर्ने कार्य आफ्नो नभएको बताए । राउतले आफुलाई कुनै पनि जानकारी नगराई स्पष्टिकरण सोधिनु दुखद भएको दावी गरे ।

निगमको बिभागिय कारवाहीमा परेका कर्मचारीको कारवाही विबरण रेर्कडमा रहने र पुन दोहोरिएमा जागिर समेत जाने ब्यवस्था रहेको छ ।

काठमाडाैं,नेपाल वायुसेवा निगमले कोपाइलट बिरामी भएपछि दुबई उडान १२ घण्टा ढिलो भएको घटना छानबिन गर्न समिति बनाएको छ । अहिले उक्त घटनाले निगम तातेको छ । निगममा यो घटनासङ्गै विभिन्न घोटालाहरु सार्वजनिक हुन थालेका छन ।
निगम प्रवक्ता रमेश पौडेलका अनुसार नायब महाप्रबन्धक जनकराज कालाखेतीको संयोजकत्वमा आइतबार कार्यकारी अध्यक्ष युवराज अधिकारीले तीन सदस्यीय छानबिन समिति गठन गरेका छन । समितिले शनिबार रातिको घटनाको छानबिन गरी सुझावसहितको प्रतिवेदन तीन दिनभित्र कार्यकारी अध्यक्षलाई दिनुपर्ने निर्देशन दिएकाे छ । उक्त समितिमा निगमका न्यारोबडीका क्याप्टेन सुरज भण्डारी र कार्यकारी अध्यक्षको कार्यालयका प्रबन्धक नारायण पौडेल सदस्य रहेका छन । उक्त उडानबाट अमेरिका, युरोपलगायत तेस्रो गन्तव्य मुलुक जानुपर्ने ६६ यात्रुमध्ये ९ जनालाई आइतबार बिहान र बाँकी ५७ जनालाई आइतबार राति अन्य वायु सेवाबाट पठाइएको छ ।
निगमको वाइडबडी विमान उड्नै लाग्दा कोपाइलटको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति काठमाडौं-दुबई-काठमाडौंको उडान रद्द गरि १२ घण्टा पछि उडाईएको थियाे ।
यसै गरि निगमको उडानमा असर नपर्ने गरी समयमा नै पाइलटहरुको आवश्यक तालिम व्यवस्था गरी कार्य सूचारु राख्न पटक–पटक निर्देशन गर्दा पनि हेलचेक्रयाई गरी कार्य नगरेकोे ए ३३० जहाजका चार जना चालक लाई एकै पटक तालिममा पठाई जगेडा पाइलटको व्यवस्थापन बारे नजरअन्दाज गरेको र यसै हेलचेक्रयाइ सुधार नगरी पटक पटक दोहोर्याएकोले निगमका अपरेशन निर्देशक बरिस्ट क्याप्टेन रवीन्द्र कुमार शेरचनलाई कार्यकारी अध्यक्ष यूवराज अधिकारीले २४ घण्टे स्पष्टिकरण सोधेका छन । त्यसैगरी मलेसिया उडानको लागि चाहिने उडान अनुमती (FAOC) समयमा नवीकरण गर्न पहल गर्नुपर्नेमा सोको हेलचक्रयाई गरी आफ्नो कर्तब्य पालनामा चुकेको देखिएकोले कारवाही स्वरूप निगमको नियमानुसार ३ जनालाई चेतावनी पत्र दिइएको छ । चेतावनी पाउनेमा उप निर्देशक बरिस्ट क्याप्टेन विजय लामा, ओसिसी म्यानेजर चक्र नकर्मी र मलेसियाका कन्ट्री म्यानेजर नेत्र राज राउत रहेका छन ।

मलेसियाका कन्ट्री म्यानेजर नेत्रराज राउतले भने आफू भर्खरै मलेसिया आएको र आफूले एयरपोर्ट पास लिएको २०/२५ दिन मात्रै भएको बताए । राउतले यो पहिलेदेखि नै प्रक्रियागतरुपमा अपरेसन बिभागले गर्नुपर्ने कार्य भएको जनाउदै यस्मा आफु निर्दोश नरहेको बताए । यो पहिलेदेखि नै अपरेसन बिभागले गरिराखेको काम र उसैको जिम्मेवारि रहेको पनि राउतले बताए । जनसवालसँग कुरा गर्दै राउतले मलेसिया उडानको लागि चाहिने उडान अनुमती (FAOC) समयमा नवीकरण गर्ने कार्य आफ्नो नभएको जनाउदै बिगत १ बर्ष पहिलेदेखी नै एफएओसीको सर्टिफिकेट रिनो नभएको बताए । राउतले आफुलाई कुनै पनि जानकारी नभएको र आफ्नो जिम्मेवारी नभएको कुरामा पनि स्पष्टिकरण सोधिनु दुखद भएको दावी गरे । उनले आफुलाई यो घटनामा मुछन खोजिनु दुखद रहेको जनाउदै यस्तो मानसिकताले कार्यालयको उच्चतम कामहरु गर्न गार्हो हुने बताए ।

निगमको बिभागिय कारवाहीमा परेका कर्मचारीको कारवाही विबरण रेर्कडमा रहने र पुन दोहोरिएमा जागिर समेत जाने ब्यवस्था रहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस