गृहपृष्ठ ∕ समाचार ∕ स्मार्ट फोनका भ्रम र सत्य ! के गोजीमा राख्दा बाँझोपन हुन्छ ? स्मार्ट फोनका भ्रम र सत्य ! के गोजीमा राख्दा बाँझोपन हुन्छ ? दीप संञ्चार भदौ ३१, २०७८ गते १९:१७ मा प्रकाशित काठमाडौँ –अहिले विश्व बजारमा स्मार्टफोन हरेक मानिसको हातमा हुने गरेको छ। यो अहिले मानिसहरुको जिवनको अभिन्न अंग बनिसकेको छ। विश्वमा मानिसहरुको संख्या भन्दा मोबाइल फोनको संख्या बढी भेसकेको छ। तर पनि स्मार्टफोनका विषयमा विभिन्न खाले अफवाह तथा गलत बुझाइहरु छन्। कतिले विमानमा फोन चलाउनु हुदैन भन्छन त कतिले पेट्रोल हालेको समयमा चलाउनु हुदैन भन्छन। तर वास्तविकता के हो त आउनुस् स्मार्टफोनको बारेमा रहेका भ्रम र वास्तविकता बुझौं।१. तपाइँ हामि प्लेनमा यात्रा गर्दा हवाई उडान गर्नु अघि नै फोन अफ वा फ्लाइट मोडमा राख्न सुझाब दिन्छन। विमानमा यात्रा गर्दा स्मार्टफोन बन्द गर्नैपर्छ नत्र भने स्मार्टफोनको तरंगले विमानको प्रविधिमा असर गर्छ र विमान दुर्घटनामा पर्नसक्छ भन्ने धारणा सुनिन्छ। तर यो पूर्णतः गलत मान्यता रहेको बताउछन। तर अहिले विमानमा प्रयोग हुने प्रविधि यतिधेरै विकशित भैसकेको छ की यसलाई मोबाइलको तरंगले कुनै असर पार्न सक्दैन। त्यसैल तपाईंले जहाजभित्र मोबाइल फोन अफ गरिरहनु पर्दैन मज्जाले प्रयोग गर्न सक्नुहुन्छ।२. पेट्रोल पम्पमा तेल भरिरहेको बेला मोबाइलको स्वीच अफ गर्नुपर्छ भन्ने धारणा पनि छ। पेट्रोल पम्पमा तेल भरिरहेको बेला मोबाइल चलाउँदा त्यसबाट उठ्ने तरंगले झिल्का पैदा गर्ने र आगलागी हुनसक्ने जोखिम रहने भ्रान्ति रहिआएको छ। तर यो दाबी पूर्णतया गलत हो। मोबाइलको तरंगलका कारण झिल्का उठेर कहिल्यै पनि आगो लाग्दैन।।३. मोबाइल फोनको विकिरणले प्रजनन् कोषमा नकारात्मक असर पुर्याउने भएकाले यसले मानिसमा बाँझोपना समेत ल्याउन सक्ने जोखिम रहेको भन्ने खालका मान्यता पनि छन्। त्यसैले मोबाइल फोनलाई गुप्तांगको नजिक पर्नेगरी अर्थात् पाइन्टको गोजीमा राख्नु हुँदैन भनिन्छ। तर यो पूर्ण सत्य होइन। विश्वका ब्राण्डेड तथा चर्चित स्मार्टफोन निर्माताहरुले आफ्नो स्मार्टफोन बजारमा ल्याउनुभन्दा पहिले त्यसको विकिरण परीक्षण गराउनुपर्छ र मोबाइल फोनको विकिरण मानिसलाई असर पुर्याउने खतरनाक स्तरमा नरहेको कुराको ग्यारेन्टी गरिन्छ४. ब्याट्री जति ठूलो भयो उसको चार्ज पनि धेरै खप्दछ भन्ने मान्यता पनि छ। तर यो पनि वास्तविकता होइन। ब्याट्री लाइफसँग ब्याट्रीको साइजको कुनै लिनुदिनु छैन । यो त ब्याट्रीको क्षमताको कुरा हो। ब्याट्रीको क्षमता जति धेरै मिलिएम्पिएर आवर हुन्छ उति नै धेरै समयसम्म ब्याट्रीको चार्ज टिक्दछ।५.धेरैबेर चार्ज गर्दा ब्याट्री पडि्कन्छ भन्ने भनाई पनि असत्य हो। मोबाइल फोन रातभर चार्जमा राखेर सुत्नुहुन्न, बढि चार्ज भएर पडि्कन्छ भन्ने मान्यता छ। तर यो गलत यस मानेमा हो की स्मार्टफोनमा यस्तो प्रविधि हुन्छ जसले ब्याट्री फुल चार्ज भएसँगै चार्जिंग आफै बन्द गरिदिन्छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप