गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचित नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचित दीप संञ्चार माघ १५, २०८० गते १३:५४ मा प्रकाशित जापान – नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचित भएका छन्। मञ्चले टोकियोमा सम्पन्न अधिवेशनमार्फत लेखा अनुशासन आयोग सहितको ४३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।जसअनुसार मञ्चको वरिष्ठ उपाध्यक्षमा श्यामहरी पाण्डे, उपाध्यक्षहरूमा बाबुराम पौडेल, जनक सुबेदी, शिवु थापा, आर एच गौतम श्रवण सत्याल, भुवन हुमागाईँ र रामकृष्ण भण्डारी रामप्रसाद गैरे रहेका छन् । यसै गरी महासचिवमा दावा लामा, उपमहासचिवमा अर्जुन अम्गाइँ , डिलाराम न्युरे, प्रमीला राई र सचिवहरूमा गोपाल लामिछाने (जिपी), जीवन पोखरेल , राज पुरी, राकेश बिमली, बालबिक्रम तिगेला, गोविन्द प्रसाद पौडेल रहेका छन् । त्यस्तै कोषाध्यक्षमा गौरी सापकोटा, सहकोषाध्यहरुमा सालिकराम मरहट्ठा ,भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारी रहेका छन् भने बाँकी १८ जनालाई केन्द्रीय कार्यसमितिमा चयन गरिएको निर्वाचन कमिटीका संयोजक डा। भुपालमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार लेखा आयोगको अध्यक्षमा अर्जुन ढकाल चयन भएका छन् ।अधिवेशनको उद्घाटन माओवादी केन्द्रका नेताहरू लक्ष्मण पन्त र ओम शर्मा लगायतले गरेका थिए । नबनिर्बाचित अध्यक्ष मोहन पौडेलले आफ्नो २ बर्से कार्यकाल स्वर्णिम बनाउने उद्घोष गरे भने पूर्व अध्यक्ष भवानी पन्तले आफ्नो कार्यकाल सोचेभन्दा सफल भएको दाबी गर्दै नयाँ नेतृत्वलाई सफलताको शुभकामना व्यक्त गरे । यसै गरी निर्वाचन कमिटीका सदस्य रामहरि पुडासैनीले अधिवेशनमा देखिएका केही समस्या र असन्तुष्टिहरू सबैलाई समेटेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।क्याटेगोरी : जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारजापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ?उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्युएनआरएनए जापानको संयोजनमा एकैदिन जापानभर रक्तदान कार्यक्रम हुने धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट