Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलयूरोपकार्यकाल सक्किएपछि झोला बोकेर एक्लै निवासबाट बाहिरिए डेनमार्कका प्रधानमन्त्री

कार्यकाल सक्किएपछि झोला बोकेर एक्लै निवासबाट बाहिरिए डेनमार्कका प्रधानमन्त्री


एजेन्सी –डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रास्मोशेनको ४ बर्षे कार्यकाल समाप्त भएको छ । आफ्नो कार्यकालको ३ बर्ष ३ सय ६४ दिन पुगेपछि लार्सले प्रधानमन्त्री निवास छाडेका छन् ।आफु प्रधानमन्त्री हुनु निकै भाग्यको कुरा भएको बताउँदै पुर्वप्रधानमन्त्री लार्सले ४ वर्षसम्मका सहयात्री र सहयोगीहरुलाई धन्यवाद दिए ।

Denmark’s Prime Minister Lars Lokke Rasmussen arrives for the second day of a NATO summit in Brussels, Belgium, July 12, 2018. Tatyana Zenkovich/Pool via REUTERS

कार्यकाल सक्किएपछि निवास छाडेका लार्सले एउटा सामान्य झोला मात्र बोकेर बाहिरिए । सामान्य रुपमा निवास छोडेर बाहिर निस्केको तस्विर उनले सामाजिक संजाल फेसबुकमा समेत राखेका छन् ।सामाजिक संजालमा उनले राखेको तस्वीर केही समयमै भाइरल बनेको छ । निकै सरल तरिका र सुरक्षाकर्मीको साथबिना नै प्रधानमन्त्री जस्तो व्यक्ति सामान्य ढंगले निवासबाट बाहिरिएको भन्दै चौतर्फी चर्चा भएको छ ।डेनमार्कका लागि २५ औँ प्रधानमन्त्री लार्सको कार्यकाल सक्किएपछि नयाँ प्रधानमन्त्रीको रुपमा मेट फ्रेडरिकसन नियुक्त भएका छन् । उनि डेनमार्कको सोसल डेमोक्रेट्स पार्टीका तर्फबाट २६ औँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।


क्याटेगोरी : यूरोप
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस