Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए यूकेको कार्यसमिति विस्तार, सदस्यमा क्षमता ढकाल मनोनित, को हुन् क्षमता ढकाल ?

एनआरएनए यूकेको कार्यसमिति विस्तार, सदस्यमा क्षमता ढकाल मनोनित, को हुन् क्षमता ढकाल ?


लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नव निर्वाचित कार्यसमितीले सघको विघान अनुसार क्षमता ढकाल सहित ५ जना कार्य समितीमा मनोनित गरेको छ। कार्य समितीले गत अक्टोबरमा भरतमणी चोङवाङ लिम्बुलाई प्रबक्तामा मनोनित गरेको थियो भने आवेश राई र श्याम लुईटेललाई सदस्यमा मनोनित गरेको थियो ।

यसैगरी यहि नोभेम्बर २० मा बसेको कार्य समितीको पुर्ण बैठकले थप तिन जनालाई कार्य समितीको सदस्यमा मनोनित गरेपछि कार्य समितीले पुर्णता पाएको छ । कार्य समितीको बैठकले तमुधिं युकेका अध्यक्ष तथा बरिष्ठ समाजसेवी हितकाजी गुरुङ, क्षमता ढकाल तथा ग्याञ्जु शेर्पालाई उहाहरुले नेपाली समाजमा पुर्याउनु भएको योगदान तथा एनआरएनए अभियानमा निरन्तर संलग्नताको उच्च मुल्याङ्कन गर्दै मनोनित गरीएको हो ।

यस अगाडी प्रबक्तामा मनोनित भरतमणी चोङवाङ लिम्बु बेलायतमा एक सफल ब्यावसायी तथा पुर्व गोर्खा हुन । त्यसैगरी अर्का शदस्य आवेश राई सुचना प्रबिधी विज्ञ तथा चार्टर एकाउन्टेन्ट समेत हुन भने लुईटेल पत्रकारीता क्षेत्रमा कृयासिल छन् ।

गत अगष्टमा नया कार्य समिती निर्वाचित भएर आएपछि समितीले कार्य समितीमा मनोनित गर्ने कार्यका अलावा १८ ओटा विभागहरु तथा टास्कफोर्सहरु गठन गरी कार्यक्षेत्रमा परिचालित भएको गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी गराएका छन् ।

को हुन् क्षमता ढकाल  ?
नेपाली चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकाल र माता सुस्मा ढकालकी जेठी सुपुत्री क्षमता ढकाल ललितपुरको धोबिघाट निवासी हुन् भने हाल लण्डनमा बस्दै आएकी छन् । उनले नेपाली चलचित्रहरुमा पनि लगानी गर्दै आएकी छिन् उनीले लगानी गरेको चलचित्रहरु नयाँ नेपाल,राहधानी र खोज आदी हुन् । उनि सामाजिक कार्यहरुमा पनि सक्रिय हुदै आएकी छिन् ।

उनले सामाजिक क्षेत्रमा संक्रिय भूमिका निर्वाह गरेबापत विभिन्न संघ\संस्थाले उनलाई सम्मानित गरेका छन् । जस्तै गतव्य नेपालबाट र जेष्ठ नागरिक आश्रमबाट सम्मानित भएकी हुन् । विश्व हिन्हु महासंघको केन्द्रीय सदस्य, बेलायत जनसम्पर्क समितिको सदस्यजस्ता विभिन्न संघ-संस्थामा आबद्ध भएर आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन् । हाल उनी बेलायतमा कानूनशास्त्रमा अध्ययन गर्दै छिन् ।

करिब एक दशकभन्दा बढी अगाडि बेलायत गएकी क्षमता ढकालको जीवनले सोचेभन्दा छुट्टै मोड लिन पुग्यो । नरसिंग होममा काम गरिरहेकी क्षेमता ट्यारोट कार्ड, वास्तु रेकी र स्टोनको विषयमा दुई वर्ष अध्ययन गर्न पुगिन । नाम अनुसारको काम भने जस्तै उनको क्षमताले गर्दा अहिले मानिसहरुको भविष्यवाणी हेर्ने कार्यमा व्यस्त रहेकी छिन । तिहार मनाउन आएकी क्षमता अहिले नेपालमानै छिन् ।

ज्योतिष विद्याभन्दा फरक तथा आधुनिक विज्ञानसँग सम्बन्धित ट्यारोट कार्डबाट मानिसको राशिमा के भैरहेको छ भन्ने अध्ययन गरिन्छ । ट्यारोट कार्डमा तासको आकारका विभिन्न रंगी बिरंगी ७८ वटा कार्डहरू हुने गर्दछन जसमध्ये प्रत्येक कार्डको ६ -७ वटा अर्थ लाग्ने गर्दछ । जसको माध्यमबाट भविष्यवाणी हेर्नका लागि करिब १ घन्टाको समय लाग्ने बाताइन् ।

क्षमता ढकाल ट्यारोटकार्ड बाट विभिन्न भबिष्यवाणी गरेकी छन् । उनले विभिन्न पार्टीको नेता हरुको पनि ट्यारोट कार्ड मार्फत भबिष्य हेरेको बताउछिन् । क्षमता ढकालसंग लालिगुरास डट.कमले गरेको कुराकानी पुरा तलको भिडियो हेर्नुहोला ।

क्षमता ढकाल संग लालीगुराँस डट कम  ले गरेको कुराकानी हेर्न तलको लिंक क्लिक गर्नुहोस 




क्याटेगोरी : ग्लोबल, यूरोप
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस