Techie IT
×
गृहपृष्ठग्लोबलमाल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल द्वारा खुशी व्यक्त

माल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल द्वारा खुशी व्यक्त


माल्टा – तामाङ समाज माल्टाको आयोजनामा २८६०औं सोनाम ल्होछार कार्यक्रम गत शनिबार माल्टा स्थित पेम्ब्रोकमा भब्यताका साथ सम्पन्न भएको छ।

समाजका अध्यक्ष सुनिल तामाको सभापतित्व एवं गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष रेमलाल खनालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा गायक पुष्प वाइवा लगायत विभिन्न  संघ संस्थाका प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खनालले बिदेशमा रहेर पनि नेपाली भाषा संस्कृतिप्रतिको लगाव देख्दा आफुलाई खुसी लागेको बताए ।

गायक वाईवा लगायतको प्रस्तुति रहेको कार्यक्रममा माल्टा वासी नेपाली कलाकारहरू एवं एनएमबि, एनएसएम लगाएतका ब्याण्डहरुको बेजोड प्रस्तुति रहेको थियो ।

हरि बिसि र उज्वल केसीको स्वागत मन्तव्यबाट शुरूवात भएको कार्यक्रमको सहजीकरण समाजका महासचिव छेसाङ लोप्चन, रबिन तामाङ र शान्ति वाईवाले गरेको एनसीसी अध्यक्ष खनालले जानकारी दिए ।


क्याटेगोरी : ग्लोबल, यूरोप
ट्याग : #breaking, #Malta

तपाईको प्रतिक्रिया दिनुहोस