गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ फलो न्यूज : पोर्चुगलबाट दुःखद खबर, १९ बर्षीय सिद्धान्त मृत भेटिए फलो न्यूज : पोर्चुगलबाट दुःखद खबर, १९ बर्षीय सिद्धान्त मृत भेटिए गणेश पाण्डे असार ११, २०७७ गते ६:४४ मा प्रकाशित लिस्बन(जिएनएन) – लिस्बनबाट जुन १७ देखि हराएका १९ बर्षीय सिद्धान्त मृत भेटिए ! लिस्बन । पोर्चुगलको राजधानी लिस्बोनबाट जुन १७ तारिख देखि हराइरहेका १९ बर्षीय सिद्धान्त गुरुङ मृत अवस्थामा भेटिएको प्रहरीले आज जानकारी गराएको छ ।प्राप्त जानकारी अनुसार सोही दिन राति करिब २२:३० बजे लिस्बनको ओरियन्त नजिक तेगस नदीबाट प्रहरीले उनको उद्दार गरेको थियो। प्रहरीले उनलाई पानीबाट बाहिर निकाल्दासम्म सिद्दान्तको मृत्यु भईसकेको प्रहरीले जनाएको छ। प्रहरीले आज बेलुकी बुधवार मात्रै उनका परिवारलाई जानकारी गराएको थियो। मृतक सिद्धान्तको शब पोस्टमार्टमका लागि मार्तिमुनिजको हस्पिटल साओ जोजेमा राखिएको छ ।अदालती प्रकृया पुरा गरे पश्चात उनको पार्थिव शरीर लिस्बोनमा नै दाहसंस्कार गरिने एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष कमल मान गुरुङले जनाएका छन् । १७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८:३० बजे नियमित ब्यायामको लागि निस्केका सिद्धान्त गुरुङको मृत्यको खबर ८ दिन पछि मात्रै परिवारले प्राप्त गरेका हुन्।गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए। नेपालमा पोखरा बुद्धचोक स्थाई घर भएका गुरुङ २ बर्षदेखि पोर्चुगलको राजधानी लिस्बनमा आफ्ना मातापितासंग बसोबास गर्दै आईरहेका थिए । गुरुङ १७ जुनको साँझसम्म पनि घर नफर्केपछि उनका मातापिताले सिद्धान्तका साथीभाई र आफन्त लगायत सबैतिर सोधपुछ गरेका थिए।कहिकतैबाट पनि खबर नआएपछि उनीहरुले प्रहरी र स्थानीय वडा कार्यालयमा आफ्नो छोरा हराएको सूचना दिएका थिए। त्यसपछि पनि सम्पर्कबिहीन भएका सिद्धान्तको बारेमा कुनै खबर प्राप्त नभएपछि राष्ट्रिय टेलिभिजन र अनलाइनहरुमा छोरा हराएको सूचना दिएका थिए। पोर्चुगलमा नेपाली समुदायले सिद्धान्त सम्पर्कविहीन भएपछि उनको खोजीमा ब्यापक प्रयास गरेका थिए। शहरका गल्लीगल्ली र सबै पार्क र मेट्रो स्टेशनमा उनको खोजी गरिनुका साथै मानिस हराएको सूचना समेत टाँस गरेका थिए।पोर्चुगलमा जुन महिनामा मात्रै ३ जना नेपालीले ज्यान गुमाईसकेका छन्। सन् २०१० यता पोर्चुगलमा ३७ नेपालीको मृत्यु भइसकेको छ । लगातार नेपालीहरुको मृत्युको घटनाले यहाँका नेपालीहरु शोकमा डुबेका छन्।क्याटेगोरी : यूरोपट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकोरोना महामारीका कारण पोर्चुगलमा टुहुरा भए घरपालुवा जनावर !नेप्लिज ब्रिटिश कम्युनिटी युकेले ११ औं वार्षिकोत्सव मनाउनेनेपाली पत्रकारहरुसगं सदैव आफुहरु साथ दिने : संचार मन्त्रि पार्वत…श्रीमानको मृत्युको पिडा सहन नसकेर साइप्रसमा नेपाली युबतीले गरिन आत्महत्या धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह