गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ फलो न्यूज : पोर्चुगलबाट दुःखद खबर, १९ बर्षीय सिद्धान्त मृत भेटिए फलो न्यूज : पोर्चुगलबाट दुःखद खबर, १९ बर्षीय सिद्धान्त मृत भेटिए गणेश पाण्डे असार ११, २०७७ गते ६:४४ मा प्रकाशित लिस्बन(जिएनएन) – लिस्बनबाट जुन १७ देखि हराएका १९ बर्षीय सिद्धान्त मृत भेटिए ! लिस्बन । पोर्चुगलको राजधानी लिस्बोनबाट जुन १७ तारिख देखि हराइरहेका १९ बर्षीय सिद्धान्त गुरुङ मृत अवस्थामा भेटिएको प्रहरीले आज जानकारी गराएको छ ।प्राप्त जानकारी अनुसार सोही दिन राति करिब २२:३० बजे लिस्बनको ओरियन्त नजिक तेगस नदीबाट प्रहरीले उनको उद्दार गरेको थियो। प्रहरीले उनलाई पानीबाट बाहिर निकाल्दासम्म सिद्दान्तको मृत्यु भईसकेको प्रहरीले जनाएको छ। प्रहरीले आज बेलुकी बुधवार मात्रै उनका परिवारलाई जानकारी गराएको थियो। मृतक सिद्धान्तको शब पोस्टमार्टमका लागि मार्तिमुनिजको हस्पिटल साओ जोजेमा राखिएको छ ।अदालती प्रकृया पुरा गरे पश्चात उनको पार्थिव शरीर लिस्बोनमा नै दाहसंस्कार गरिने एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष कमल मान गुरुङले जनाएका छन् । १७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८:३० बजे नियमित ब्यायामको लागि निस्केका सिद्धान्त गुरुङको मृत्यको खबर ८ दिन पछि मात्रै परिवारले प्राप्त गरेका हुन्।गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए। नेपालमा पोखरा बुद्धचोक स्थाई घर भएका गुरुङ २ बर्षदेखि पोर्चुगलको राजधानी लिस्बनमा आफ्ना मातापितासंग बसोबास गर्दै आईरहेका थिए । गुरुङ १७ जुनको साँझसम्म पनि घर नफर्केपछि उनका मातापिताले सिद्धान्तका साथीभाई र आफन्त लगायत सबैतिर सोधपुछ गरेका थिए।कहिकतैबाट पनि खबर नआएपछि उनीहरुले प्रहरी र स्थानीय वडा कार्यालयमा आफ्नो छोरा हराएको सूचना दिएका थिए। त्यसपछि पनि सम्पर्कबिहीन भएका सिद्धान्तको बारेमा कुनै खबर प्राप्त नभएपछि राष्ट्रिय टेलिभिजन र अनलाइनहरुमा छोरा हराएको सूचना दिएका थिए। पोर्चुगलमा नेपाली समुदायले सिद्धान्त सम्पर्कविहीन भएपछि उनको खोजीमा ब्यापक प्रयास गरेका थिए। शहरका गल्लीगल्ली र सबै पार्क र मेट्रो स्टेशनमा उनको खोजी गरिनुका साथै मानिस हराएको सूचना समेत टाँस गरेका थिए।पोर्चुगलमा जुन महिनामा मात्रै ३ जना नेपालीले ज्यान गुमाईसकेका छन्। सन् २०१० यता पोर्चुगलमा ३७ नेपालीको मृत्यु भइसकेको छ । लगातार नेपालीहरुको मृत्युको घटनाले यहाँका नेपालीहरु शोकमा डुबेका छन्।क्याटेगोरी : यूरोपट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमाल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल…उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…एनआरएनए यूकेको कार्यसमिति विस्तार, सदस्यमा क्षमता ढकाल मनोनित, को हुन्…युरोप र एसियाभर देखियो वर्ड फ्लू धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट