Techie IT
×
गृहपृष्ठग्लोबलयूरोपजर्मनीमा पिपिई अभावविरुद्ध डाक्टरहरूको नग्न प्रदर्शन

जर्मनीमा पिपिई अभावविरुद्ध डाक्टरहरूको नग्न प्रदर्शन


एजेन्सी – जर्मनीका डाक्टरहरूको एक समूह देशमा हाल भइरहेको व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र स्वास्थ्य उपकरण अभावमाथि सम्बन्धित निकायको ध्यानाकर्षण गर्न नग्न प्रदर्शनमा उत्रेको छ।

प्रदर्शनकारीले यो विरोधलाई ‘ब्ल्यांक वेडेनकेन’ वा ‘नेकेड क्वाल्म्स’ (नग्न सकस) को संज्ञा दिएका छन्। उनीहरूले आफूहरू कोरोना भाइरसको उच्चजोखिममा रहेको तथा केही महिनादेखि सहयोगका लागि गरिएको आह्वान सम्बन्धित निकायले बेवास्ता गरेको आरोप पनि लगाएका छन्।

प्रदर्शनमा सहभागी डा. रुबेन बर्नाउले स्थानीय पत्रिका आर्टज्वाइटुङलाई उनी र उपचारमा संलग्न उनको टोलीका लागि भाइरससँग सामना गर्न सुरक्षा सामग्री अपर्याप्त भएको बताए।

‘हामी नग्न हुनु भनेको सुरक्षा सामग्रीबिना कति कमजोर छौं भन्ने कुराको प्रतीक हो,’ उनले भने।

डाक्टरहरूले चिकित्सा अभ्यास दौरान फाइल, ट्वाइलेट पेपर, चिकित्सा उपकरण र प्रेस्क्रिप्सन ब्लकले आफ्नो लाज ढाक्दै प्रदर्शन गरेका थिए।

टोलीका अर्का डाक्टर क्रिस्चियन रेग्टेनवाल्डले फ्रान्सेली डाक्टर एलाँ कोलम्बिएकोे त्यस्तै प्रदर्शनबाट आफूहरू प्रेरित भएको बताए। फ्रान्समा कोम्बिएले चिकित्सकीय अभ्यास दौरान नग्न तस्बिर खिचाउँदै आफू र सहकर्मी चिकित्सकहरू कोरोना महामारीविरूद्ध लडाइँमा खटाइएका फगत सिपाही भएको बताएका थिए।

अर्का डाक्टर याना ह्युजमनले भने– ‘निसन्देहः हामी बिरामीको उपचार जारी राख्न चाहन्छौं। उनीहरूलाई अझै सुक्ष्मरूपमा जाँच्न आवश्यक छ, जसका लागि हामीलाई उपयुक्त पिपिई चाहिएको हो।’

अर्का एक डाक्टरले ‘आफूलाई घाउ सिलाउन तालिम दिइएको’ प्रतिक्रिया दिँदै भने, ‘अब, मलाई आफ्नै मास्क सिलाउन परिरहेको छ।’

गत जनवरी अन्तिममा भाइरस संक्रमण सुरु भएसँगै जर्मन डाक्टरहरूले बारम्बार थप पिपिई माग गर्दै आएका छन्।

पिपिई बनाउने जर्मन कम्पनीहरूले आफ्ना उत्पादन क्षमता बढाए पनि माग पूरा गर्न सकेका छैनन्। चिकित्सा अभ्यास, क्लिनिक र केयर होमहरूले फिल्टर मास्क, चिकित्सा चस्मा, पन्जा र एप्रोनका लागि बारम्बार आह्वान गर्दै आएका छन्। तर, उनीहरूको आवश्यकता मुस्किलले पूरा भएका छन्।

स्वास्थ्यकर्मीले अस्पतालबाट जीवाणुनाशक पदार्थ र मास्कको व्यापक चोरी भएको उजुरी गरेका छन्। जसका लागि प्रहरीले संगठित आपराधिक गिरोहलाई जिम्मेवार ठहर्‍याएको छ। त्यसलगत्तै धेरै अस्पतालले आफ्नो सुरक्षा निगरानी बढाएका छन्।

जर्मन स्वास्थ्य बिमा कम्पनीले हालै गरेको एक अध्ययनअनुसार डाक्टरहरूलाई १ सय मिटरभन्दा बढी एकल प्रयोगका मास्क, करिब ५० मिटर फिल्टर मास्क, ६० मिटरभन्दा बढी एकल प्रयोगका एप्रोन र यही संख्यामा डिस्पोजेबल पन्जा अभाव रहेको थियो।

पिपिई माग विभिन्न प्रान्तमा फरक–फरक रहेको छ। यसको माग उत्तरी राइन वेस्टफेलिया र बभेरियामा अत्यधिक छ।

जर्मन मेडिकल टेक्नोलोजी एसोसिएसनका प्रमुख कार्यकारी मार्क–पियर मोयलले आन्तरिक उत्पादन वृद्धिका लागि सहयोग गर्नुपर्ने पत्रकारलाई बताए।

‘राजनीतिकरूपमा यस्तो संस्था चाहिएको हो र उत्पादनको यथोचित मूल्यको प्रत्याभूति हुने हो भने कुनै कठिनाई हुने छैन,’ मोयलले भने।


क्याटेगोरी : यूरोप
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस