Techie IT
×
गृहपृष्ठग्लोबलयूरोपआएरल्याण्डमा राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

आएरल्याण्डमा राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


कोर्क – आएरल्याण्डमा रहेका नेपालीहरुले राष्ट्रिय मेलमिलाप दिवस मनाएका छन् । आएरल्याण्डमा लामो समयदेखि रहेका कांग्रेस निकट नेपालीहरुले मेलमिलाप दिवसकै अवसर पारेर नयाँ वर्षको शुभकामना आदान प्रदान तथा चियापान समारोह गरी मेलमिलाप दिवस मनाएका हुन् ।

डब्लिनस्थित टीचर्स क्लबमा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै मेलमिलाप दिवसको महत्वबारे विभिन्न वक्ताहरुले आफ्नाे धारणा राखेका थिए । नेपाली जनसम्पर्क समिति आएरल्यान्डको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम समितिका कार्यवाहक सभापति लक्ष्मी सापकोटाको सभापतित्वमा एवं गैर आवासीय नेपाली संघका यूरोप उप-संयोजक सुक्रराज न्यौपाने प्रमुख आतिथित्यमा सप्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले मेलमिलाप दिवसको सान्दर्भिकता नेपाली कांग्रेसका लागि मात्र नभई सम्पूर्ण देशवासी, नेपालको राष्ट्रियता र सार्वभौमिकतासँग गाँसिएको बताए। उन्ले थपे, ‘बिपीलाई नेपाल र नेपालीले मात्र नभै विश्वले नै मानेको छ र एक आदर्श पूरुषका रुपमा सम्मान गरेकोछ ।’

साथै कार्यक्रमलाई विशिष्ट अतिथि बिनोद कार्की, एनआरएन आएरल्यान्डका पूर्व अधक्ष्यहरु क्रमशः नवराज कोइराला, गणेश पर्साइ र राजन काफ्ले लगाएले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै नेपाली एकता समाज आएरल्याण्डका अधक्ष्य कृष्ण जिसी, एनआरएन आयरल्यान्डका वर्तमान कोषाध्यक्ष सुमन गुरुङ, निवर्तमान कोषाध्यक्ष जंग अधिकारि र कोर्क समाजका सचिव बीरेन्द्र अधिकारिले पनि कार्यक्रमलाई सम्बोधन गर्दै विपि वाद कुनै व्यक्ति, संस्था वा संगठन विशेष नभै समग्र मानव सभ्यताको अंश रहेको औल्याउँदै नयाँ वर्ष २०२० को शुभकामना दिएका थिए ।

उक्त कार्यक्रमलाई सामाजिक अभियन्ताहरु पुन्न्य न्यौपाने, राम गुरुङ, चिन्तामनी सापकोटा, दयाराम सापकोटा, अमृत जोशी,  हरी गौतम लगायतले संवोधन गर्दै राष्ट्रिय मेलमिलाप दिवसको तात्कालिक सन्दर्भसँग जोडेर आजको आवश्यकता र भुमिकाबारे आफ्ना भनाइ राखेका थिए ।

नेपाली जनसम्पर्क समिति आएरल्याण्डका महामन्त्री प्रकाश सापकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समितीका सह-माहमन्त्री अंकित ओलीले गरेका थिए ।


क्याटेगोरी : यूरोप
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस