Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलयूरोपबाबुको मृत्यु पछि बिचल्ली परिवारलाई जन सम्पर्क समिती साईप्रस र डेनमार्कको आर्थिक सहयोग

बाबुको मृत्यु पछि बिचल्ली परिवारलाई जन सम्पर्क समिती साईप्रस र डेनमार्कको आर्थिक सहयोग


निकोसिया – ऋण तिर्न नसकेर आत्माहत्या गरेका परिवारलाई नेपाली जन सम्पर्क समिती साईप्रस र डेनमार्कले आर्थिक सहयोग गरेका छन् ।

फोटो: सीता अर्याल

श्रीमतीको उपचार गर्नका लागि लिएको ऋणबाट उत्रीन नसकेपछि धादिङका यमबहादुरले घर नजिकैको टाँकीको रूखमा झुन्डीएर आत्महत्या गरेको थिए ।

फोटो: पुष्पा मिश्र

उक्त दु:खद खबर पाउने बित्तिकै अभियान चालेका समितीले आर्थिक संकलन गरि हस्तान्तरण गरेको हो । जस्मा नेपाली जन सम्पर्क समिती साईप्रसले एक लाख एक सय रुपौयाँ र नेपाली जनसम्पर्क समिती डेनमार्कले पचास हजार रुपैयाँ सहयोग गरेका छन् ।

फोटो: पुष्पा मिश्र

नेपाली काङ्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले यमबहादुरको घरमै गएर उनका बालबालिकालाई स्थानीय बिद्यालयका शिक्षक, स्थानीय जनप्रतिनिधी र नेपाली कांग्रेस धादिङका नेताहरुको रोहवरमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

फोटो: सीता अर्याल

प्रवक्ता शर्माले आफ्नो तर्फबाट पनि दस हजार थप गरी एकलाख साठी हजार एक सय रुपयांँ उनीहरुको पठन-पाठन र जीविकोपार्जनमा सहयोग पुगोस भनेर जन संपर्क समितीका साथीहरुको आग्रहमा आफूले सहयोग हस्तान्तरण गरेको बताए ।

फोटो: पुष्पा मिश्र

बाबुको निधन भए पछि १२ बर्षिय करिना मगरले आफ्नी बिरामी आमा र साना भाईबहिनीलाई स्याहार गर्दै आएकी छिन् । नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, नेपाली कांंग्रेस सभापति उद्धब बराल, पूर्व सभापति रामनाथ ढकाल, बाशुदेव तिमिल्सेना, जनसम्पर्क समिति साइप्रसकी सदस्य कुशुम गुरुङ लगायत अन्य स्थानीय प्रतिनिधिहरु र पत्रकारहरु करिनाको घरमै भेला भएर उक्त रकम हस्तान्तरण गरिएको हो ।

 खबर सुनेर स्तब्ध भैइ जन संपर्क समितिका साथीहरुलाई अनुरोध गरे पछि उक्त सहयोग संकलन भएको समितिकी सभापति सीता अर्यालले बताउनु भयो ।


क्याटेगोरी : यूरोप
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस