Techie IT
×
गृहपृष्ठग्लोबलयूरोपजनसम्पर्क समिति र नेपाली एकता समाजको सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनसम्पर्क समिति र नेपाली एकता समाजको सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


आयरल्यान्ड – जनसम्पर्क समिति आयरल्याण्ड र नेपाली एकता समाज आयरल्यान्डको संयूक्त आयोजनामा सम्मान तथा अन्तरक्रिया कार्यक्रम सोमबार कोर्क शहर स्थित थालि नेपाल रेस्टुरेन्टमा सम्पन्न भएको छ ।

हालै सम्पन्न गैरआवासीय नेपाल संघ अन्तर्राष्ट्रिय मन्वय परिषदको युरोप क्षेत्रीय उप – संयोजकमा बिजयी भएका शुक्रराज न्यौपानेको सम्मान तथा भारतले हालै जारी गरेको नक्सा सम्बन्धि अन्तरक्रिया कार्येक्रममा आयरल्याण्डमा बस्ने नेपालीका समस्याकाबारे समेत अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रम  नेपाली एकता समाजका अध्यक्ष कृष्ण जी.सी को सभापतित्व एवं यूरोप उप- संयोजक सुक्रराज न्यौपानेको प्रमुख आथित्यतामा  सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै एन आर एन ए यूरोप उप संयोजक तथा कार्यक्रमका प्रमुख अथिति न्यौपानेले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘देशमा रोजगारको अवसर सृजना गरि विदेशीएका नेपालीहरूलाई स्वदेश फिर्ता गर्ने वातावरण बनाउनुपर्छ।’ न्यौपानेले थपे “यस सम्मानले मलाइ अझ उत्तरदायित्व बोध गराएको छ र यहाँहरुको निरन्तर सहकार्य र खबरदारीको अपेक्षा गरेको छु।”

भारत ले पछिल्लो समय सार्वजनिक गरेको नक्सा र मिचाहा प्रवृति प्रति निकै आक्रामक देखिएका प्रमुख अथिति न्यौपानेले दक्ष र सचेत यूवा जनशक्ति विदेश पलायन हुनुले पनि भारतले निरन्तर यस्तो हर्कत देखाउने चेस्टा गरेको प्रसंग कोट्याउदै भने ‘कुटनीतिक तवरले यसको समाधान हुन् सकेन भने मुद्दालाई अन्तराष्ट्रिय अदालत सम्म पुराउन सरकारको खुट्टा काप्नु हुँदैन ।’

त्यस्तै कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समनोय परिषदका सदस्य बिनोद कार्कीले  विदेशमा रहेका नेपालीहरू आफ्नो संस्कृतिबाट टाढा रहन नसक्ने र गैर आवासीय नेपालीलाई पनि नेपाली नागरिकता दिनुपर्ने धारणा राखे।

गैर आवासीय नेपाली संघ आयरल्याण्ड का पूर्व उपा-अध्यक्ष तथा कोर्क नेपाली समाजका अध्यक्ष लोकनाथ त्रिपाटीले समस्या परेका हरेक नेपालीलाई समितिले सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा एनआरएनका पूर्व उपा-अध्यक्ष बसन्त न्यौपाने, कोर्क नेपाली समाजका पुर्ब अध्यक्ष टेक नारायण पौडेल, वीरेन्द्र अधिकारी, अमृत जोशी, लोकेश धामी, सन्जय अधिकारी, राम गुरूङ्ग, रुपेश रेग्मी, पुन्ने न्यौपाने, सरोज पोख्रेल, हरी गौतम, सन्दीप केसी, समिर थापा, श्रीकृष्ण भण्डारी, चमन राना, विजय साहनी, विवेक रिमाल, भागरथी त्रिपाती, धन बहादुर खत्री विवेक सापकोटा लगायत आयरल्याण्डमा रहेका अधिकांश संस्थामा आबद्ध नेपाली उपस्थित थिए ।

नेपाली एकता समाज आयरल्याण्डका अध्यक्ष कृष्ण जी.सीले स्वागत मन्तव्यबाट शुरुवात भएको कार्यक्रमको सहजीकरण जनसम्पर्क समितिका सह महामन्त्री अंकित वलीले गरेका थिए ।


क्याटेगोरी : यूरोप
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस