Techie IT
×
गृहपृष्ठग्लोबलयूरोपएनआरएनको यूरोप क्षेत्रीय सह-संयोजकमा शुक्रराज न्यौपानेको उम्मेदवारी घोषणा

एनआरएनको यूरोप क्षेत्रीय सह-संयोजकमा शुक्रराज न्यौपानेको उम्मेदवारी घोषणा


आयरल्यान्ड । आगामी अक्टोबर १५ देखी १७ सम्म काठमाण्डौंमा सम्पन्न हुन गैरहेको गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०१९-२०२१ को कार्यकालको लागि हुने निर्वाचनमा आयरल्यान्ड बाट शुक्रराज न्यौपानेले युरोप क्षेत्रको सह संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए आयरल्यान्डका २००९- २०११ का अध्यक्ष रहेका न्यौपाने हाल गैर आवासीय नेपाली संघ अंतर्राष्ट्रीय समिती अन्तरगत टुरिजम प्रवद्र्धन समितीका सदस्य एवं गैर आवासीय नेपाली संघ आयरल्यान्डको संरक्षक छन् ।

विगत १६ वर्ष देखी आयरल्यान्डमा विभिन्न समयमा विभिन्न पेशा व्यवसाय गरेर परीवारका साथ बसेका न्यौपाने नेपाल देखी नै व्यवसाय, समाज सेवा र बिध्यार्थी राजनितीमा आफ्नो अनुभव बटुल्न सफल रही सकेका एक अनुभवी व्यक्तित्व हुन् ।

पोखरा महानगर पालिका वडा नम्बर ६ बैदाम (लेक साईड) जुन नेपालको दोश्रो ठूलो प्रयटकीय गन्तव्य पनि हो, त्यहाँ जन्मिएका न्यौपाने सानै देखी पारिवारीक होटल व्यवसाय देखी गार्मेन्ट उधोग सम्म र पछी आफ्नै ट्राभल एजेन्सी हुदै हाल पनि आफ्नै होटल र अपार्टमेंट व्यवसायमा लागानी गरी रहेका छन् र नेपाली पर्यटन बजारमा नेपाली मौलिकता झल्कने गरी फार्म हाउस रिसोर्ट निर्माण गर्नेतर्फ १७ रोपनी जग्गा लिई सकिएको र काम अगाडी बडेको जानकारी गराएका छन् ।

समाज सेवा तर्फ बैदाम स्थित ताल बाराही उच्च माध्यामिक बिधालयको व्यवस्थापन समितीमा उपाध्यक्ष, पोखरा साईवर एसोसीएसनका संस्थापक एवं उपाध्यक्ष रही कार्यं गरेको अनुभव पनि सम्झन् छन न्यौपाने ।

आयरल्यान्डको राजधानी डब्लिन देखी ३ सय किलोमिटर टाढा कोर्क शहरलाई आफ्नो स्थाई बसोबास बनाएका न्यौपाने मोफसलमा रहेर पनि अन्य शहरमा पनि समाज स्थापनामा महत्वपूर्ण भूमिका खेल्न सफल उनी आफ्नो पहलमा कोर्क नेपाली समाज, लीमेरीक्क नेपाली समाज एवं गैर आवासीय नेपाली संघ स्थापनामा पनि आफु सहभागी हुन पाएकोमा ठूलो गर्व गर्छन ।

गैर आवासीय नेपाली संघ आयरल्यान्डको स्थपना देखि मोफसलमा रहेर पनि उहाँको सकृयताको उच्च मूल्यांकन हुन जरूरी ठान्छन् । वर्मातमान एनआरएन अधक्ष्य मिलन छन्त्याल र अगाडी थप्छन उहाँको यो उमेदवारीमा मेरो व्यक्तिगत एवं वर्तमान समिती तथा आयरल्यान्डबासी सम्पूर्ण गैर आवासीय नेपालीको पूर्ण समर्थन एवं सहयोग रहने छ । निवर्तमान अधक्ष्य नवराज कोईराला पनि समर्थन गर्दै भन्छन् ‘मेरो पनी युरोप उप संयोजक मा उमेदवारी दिने चाहाना थियो तर उहाँको पूर्ण समर्थन गर्दै म पछाडी हटेर उहाँलाई सकृय सहयोग गर्ने निर्णयमा पुगेको छु ।’

गैर आवासीय नेपाली संघ आयरल्यान्डका पूर्ब अधक्ष्य द्वय गणेश प्रसाई र राजन काफ्ले को धारणा पनी सामान छ । उनिहरु पनि भन्छन् ‘युरोप छेत्रीय उप संयोजकमा उहाँको उमेदवारी स्वभाविक छ उहाँ जस्तो व्यक्तित्वले निर्वाचित हुन सके निश्चय नै उक्त पदको गरिमा बडाउन सक्ने हैसियत राख्नु हून्छ र  निरंतर रूपमा उहाँ सबै संघ संस्थाका हरेक कार्यक्रममा सधैं सकृय रूपमा लागी रहनु हून्छ ।’ कोर्क नेपाली समाज का अधक्ष्य लोकनाथ त्रिपाठी त्यस्तै पुराना क्षणहरु सम्झदै लीम्रीक नेपाली समाजका संस्थापक अधक्ष्य राज थापा भन्छन्, ‘त्यसबेला सामाजिक भावनाको कमी र सानो संख्यामा नेपाली रहेका परीवेशमा पनि उहाँ गैर आवासीय नेपाली संघ को अधक्ष्य रहदै गर्दा उहाँको प्रत्यक्ष संग्लग्नतामा हामी यो संस्था बनाउन सफल भयौं ।  निरन्तर हामी समाजिक कार्यं मा संग्लग्न रही रहेका छौं र उहाँको साथ हामीलाई निरन्तर रहीरहेको कुरा वर्तमान अधक्ष्य लक्ष्मी पौडेल बताउछन् ।

उनको उमेदवारी को पूर्ण समर्थन गर्दै प्रस्तावित आईसीसी सदस्य बिनोद कार्की र अधक्ष्य पदका उप विजेता एवं पूर्व उपाध्यक्ष बसन्त न्यौपाने ले पनी उनलाई विजय गराउन सम्पूर्ण यूरोप छेत्रका गैर आवसीय नेपाली लाई आब्हान गरेका छन् ।


क्याटेगोरी : यूरोप


तपाईको प्रतिक्रिया दिनुहोस