गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ इमानदारिता, पारदर्शिता र लगनशीलता, यूवा, महिला र दोस्रो पुस्ताको सहभागिता – लामा इमानदारिता, पारदर्शिता र लगनशीलता, यूवा, महिला र दोस्रो पुस्ताको सहभागिता – लामा दीप संञ्चार साउन १०, २०७८ गते १:३९ मा प्रकाशित स्पेन – “इमानदारिता, पारदर्शिता र लगनशीलता, यूवा, महिला र दोस्रो पुस्ताको सहभागिता” भन्ने मुख्य अभिप्रायका साथ नेपाली कला र संस्कृतिलाई दोस्रो पुस्ता संग जोड्ने उदेश्य लिएकी ललितपुरकि सुन्दरी लामा यति बेला गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनका लागि सचिव पदमा उम्मेद्वारी दिएकि छिन।एनअरएनए एनसीसी स्पेनको २०२१-२०२३ कार्यकालमा म्याड्डिड क्षेत्र बाट उम्मेद्वारी दिएकी लामाले आफू लामो समयदेखि प्रवासी नेपालीहरू को हकहितमा क्रियासिल भएको हुँदा आफ्नो जित सुनिश्चित रहेको विश्वास लिएकी छिन।नेपाल पर्यटन सेवा मात्र होइन हाल स्पेनमा रहेकी लामाले स्पेनमा समेत उक्त काम गर्दै आएकी छन्। यति मात्र होइन उनि अन्तराष्ट्रिय टुर लिडर भएर नेपालमा ५/७ बर्ष काम पनि गरेकी थिइन। थुप्रै ग्रुपहरुलाई बेस क्याम्पसम्म टुर लिडगर्दै लिएर जाने काम पनि गरिन।नेपालमा सुन्दरी लामा:ललितपुर जन्मेर हुर्नेकी सुन्दरी लामाले पाटन संयुक्त क्याम्पसमा आफ्नो पढाइ गरेकी थिइन। कजेल देखि नै नेपाली नेपाल बिधार्थी संघको राजनीतिमा सक्रिय थिइन सुन्दरी लामा।नेपाली कांग्रस ललितपुर जिल्लाको मनोज डंगोलको नेतृत्व कार्यकलामा नेपाली कांग्रेस पार्टीकै जिल्ला सदस्य समेत भएर काम गरेकी थिइन उनले।प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम केन्द्र अन्तर्गत बनेपाको प्राबिधिक केन्द्रबाट नर्सिङ्ग गरेकी पास गरेकी हुन लामाले। त्यसपछि उनले वर्ल्ड ब्याङ्कको भक्तपुर खानेपानीमा स्यनिटेशन क्षेत्र २ बर्ष काम गरिन।ललितपुरको तत्कालिन उपमहानगरपालिका हालको महानगरपालिकाको हेल्थ सेक्शन सुरु गरेर सेवा दिने पहिलो नर्स मध्येकी एक पनि हुन सुन्दरी लामा।उसो त उनि थापाथाली अस्पतालको प्राबिधिक तालिम केन्द्र अन्तर्गत अनमीहरुको लागि पढाउने काम पनि गर्थिन।स्पेनमा सुन्दरी लामा:शिल-सिलामा सुन्दरी लामा २००७ मा स्पेन पुगिन।स्पेनमा पुगेर त्यहाँ एक कम्पनिमा ७ बर्ष सम्म प्रशाशन र पछि नर्सको रुपमा काम गदै आएकी छन।स्पेनमा लामा सामाजिक क्षेत्रमा सक्रिय रहेकी छन्। उनको संलग्नता दर्जन भन्दा धेरै संस्थाको जिम्मेवारीमा छ।गैरआवासीय नेपाली संघमा सुन्दरी लामाको संलग्नता:सुन्दरी लामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) स्पेनमा सक्रिय छन्।एनआरएनए एनसीसी स्पेनमा सुरुवाट देखि नै सक्रिय थियो तर पनि पब्लिकमा भने आउने गरेको थिएन।गोप्यरुपमा नेतृत्व चयन गर्ने चलन थियो। २०१९ देखि मात्र अलिकति बढी बाहिर आएको हो। त्यसपछि लामा एनआरएनए एनसीसी स्पेनमा समेत संलग्न भएकी हुन्।२०१९ मा पंजीकृत सदस्य हुन पाएकी हुन् लामाले। संघको बिधि-बिधान र प्रबिधि अनुरुप सबैको संस्था एनआरएनए हुनुपर्छ भनेर लाग्ने लामा संघभित्र हरेक खाराव नियत भएका कुरा, बिषय, व्यक्तिहरुको जरो पक्डेर सहि गर्न लागि पर्ने गर्छिन। यसैले गर्दा लामा स्पेन मात्र होइन सिंगो एनआरएनभित्र एक जुझारु, युवा महिला पनि हुन्।हाल एनआरएनएमा उनको जिम्मेवारी:एनआरएनए आइसीसीको मानव तस्कर नियन्त्रण कमिटि संयोजक-२०१९-२०२१एनआरएनए आइसीसीको यूवा सशक्तिकरण स्वास्थ्य तथा शिक्षा कमिटी सदस्य-२०१९-२०२१एनआरएनए आइसीसीको डोमेस्टिक भायोलेशन तथा हटलाइन कल सेवा कमिटी सदस्य-२०१९-२०२१एनआरएनए आइसीसीको युरोप क्षेत्र स्वास्थ्य समिति सदस्य-२०१९-२०२१एनआरएनए आइसीसीकोको लण्डनमा हुने तेश्रो स्वास्थ्य सम्मेलन आयोजक सदस्य-२०२१एनआरएनए आइसीसीको नर्स समिती सदस्य-२०१९-२०२१गैरआवासीय नेपाली संघमा पारदर्शिता, सेवामुखी र व्यवसायिक बनाउन नै आफू उम्मेदवार भएको बताउने लामा यो पटक आफू जित्ने कुरामा ढुक्क छिन। वर्तमान रुपमा एनआरएनए आइसीसीको महिला र युवा कमिटीमा सबैभन्दा सक्रिय देखिएकी सुन्दरी लामाप्रति सबैले आशाको रुपमा हेर्ने गरेका छन्। उनी हामी नेपाली, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्पेन, नेपाल रेडक्रसको आजीवन सदस्य समेत हुन्।तस्विरमा लामा : क्याटेगोरी : यूरोपट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमाल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल…उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…एनआरएनए यूकेको कार्यसमिति विस्तार, सदस्यमा क्षमता ढकाल मनोनित, को हुन्…युरोप र एसियाभर देखियो वर्ड फ्लू धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न