गृहपृष्ठ ∕ ग्लोबल ∕ बेलायत ∕ आजदेखि बेलायतमा कोरोना सङ्क्रमण नियन्त्रणका प्रतिबन्धात्मक उपायहरूको अन्त्य आजदेखि बेलायतमा कोरोना सङ्क्रमण नियन्त्रणका प्रतिबन्धात्मक उपायहरूको अन्त्य दीप संञ्चार फागुन १२, २०७८ गते ११:०० मा प्रकाशित एजेन्सी -बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबार (फेब्रुअरी) देखि लागु हुने गरी हटाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।बेलायतले जनवरी देखि नै अनिवार्य मास्क लगाउने र सङ्क्रमण नियन्त्रणका लागि अपनाइएका कडा खालका प्रतिबन्धात्मक उपायहरूलाई अन्त्य गरिसकेको थियो ।प्रधानमन्त्री बोरिस जोन्सनले गरेको नयाँ घोषणापछि बिहीबार देखि नै विद्यालय, कलेज तथा बाल हेरचाह संस्थाका कर्मचारीले हप्तामा दुईपटक कोरोना परीक्षण गराउनु पर्ने यस पहिलेको प्रावधान हट्ने छ भने कसैलाई कोभिड पुष्टि भएको भएपनि छुट्टै (एकान्त) मा बस्नु पर्ने छैन ।उनले भने, “सेल्फ–आइसोलेसन हटाउनु र कोभिड विरुद्धका नियमहरू उल्टाउनु कोरोनाभाइरससँग सामान्य रूपमा अघि बढ्ने अन्तिम चरणहरूमध्ये एक हो । धेरै मानिसहरू जस्तै मलाई पनि लाग्छ कि यो कदम चाल्न धेरै जरुरी थियो ।”प्रधानमन्त्री जोनसनले अप्रिल १ देखि देशमा निःशुल्क कोरोना परीक्षण पनि बन्द हुने बताएका छन् । यद्यपि उनले प्रतिबन्ध हटाउनुको अर्थ कोरोनामाथि विजयको घोषणा गर्नु भने नभएको भन्दै आफ्नो ख्याल गर्न सबै नागरिकलाई आग्रह गरेका छन् ।सरकारको निर्णय सार्वजनिक भएसँगै विज्ञहरूले भने उक्त घोषणाले गर्दा सङ्क्रमणको जोखिम बढाउन सक्ने बताएका बीबीसीले उल्लेख गरेको छ । मानिसहरु मास्क बिना हिड्ने थालेमा कोरोना द्रुत गतिमा बढ्ने र यो घातक हुने उनीहरूले बताए । -एएफपीक्याटेगोरी : बेलायतट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…पूर्व गोर्खाका छोरा किरण बेलायतमा बेपत्ता,खोजी गरिदिन एनआरएनए युकेलाई परिवारको…बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टि आजमहारानी एलिजाबेथ द्वितीया : महारानीको मृत्यु भएपछि उनको तस्बिर अङ्कित… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट