गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ विधेयक रोकियो, आन्दोलन रोकिएन । विधेयक रोकियो, आन्दोलन रोकिएन । दीप संञ्चार असार १७, २०७६ गते ०:२३ मा प्रकाशित हङकङमा लाखौं नागरिकले सडकमा प्रदर्शन गरेपछि सरकारले अभियुक्तलाई चीन सुपुर्दगी गर्ने विधेयक केही दिनअघि रोक्यो। विधेयक रोकिए पनि हङकङमा आन्दोलन र प्रदर्शन भने रोकिएको छैन । सोमबार फेरि हिंसात्मक प्रदर्शन भएको छ ।जुलाई १ बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको दिन हो । त्यही अवसरमा सोमबार हङकङ सरकारले औपचारिक कार्यक्रम गर्न लागेको थियो । आन्दोलनकारीले उक्त कार्यक्रमलाई लक्षित गरेर सरकारको मुख्यालयमै प्रदर्शन गरेका छन् ।हङकङकी प्रमुख कार्यकारी लारी क्यामले सुपुर्दगी विधेयकको प्रक्रिया रोकेकी छन् । तर प्रदर्शनकारीले विधेयक खारेज गर्नुपर्ने र क्यामले राजीनामा दिनुपर्ने माग गरेका छन् ।जुलाई १ को अवसर पारेर प्रदर्शनकारीले सोमबार संसद भवनबाहिर प्रदर्शन गरेका थिए। धेरै युवाहरू संलग्न भएको उक्त प्रदर्शनका क्रममा प्रहरीले पेपर स्प्रे फालेपछि अवस्था हिंसात्मक भएको हो ।प्रदर्शनकारीहरूले संसद भवनमा झ्याल फुटाइदिएका छन् भने बाहिर लगाएको फलामे पर्खाल पनि तोडेका छन् । प्रहरीको हस्तक्षेपबाट जोगिन प्रदर्शनकारीले टाउकोमा पहेँलो हेलमेट पनि लगाएका छन् ।हङकङ सरकारले आज प्रदर्शनकारीले गरेको हर्कत खेदजनक भएको बताएको छ ।तनाव बढ्दै गएपछि सरकारले संसद भवन आसपासको क्षेत्रमा रेड अलर्ट जारी गरेको छ भने प्रदर्शनकारी संसद भवन खाली गर्न भनेको छ ।जुलाई १ कै अवसर पारेर हङकङमा अर्को शान्तिपूर्ण प्रदर्शन पनि भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सेतोपाटीमा ख़बर छ ।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसरकारसंग बदला लिन चालकले खसाईदिए बस, २१ मृत्युभारत र बंगलादेशमा सन् १९९९ यताकै विनाशकारी आंँधी, अहिलेसम्म ८४…भारत र नेपाल सम्बन्धबारे अभिनेत्री मनिषालाई सुषमाका श्रीमान् कौशलको ट्वीट…भारतको उत्तर प्रदेशमा २६८ ओटा विषेश रेलबाट तीन लाख नागरिक… धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८आज माघे सङ्क्रान्ति मनाइँदै ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम