Techie IT
×
गृहपृष्ठग्लोबलएसियाहामी नेपाली काेरिया च्याप्टरको अध्यक्षमा अम्बिका डिसि

हामी नेपाली काेरिया च्याप्टरको अध्यक्षमा अम्बिका डिसि


दक्षिण काेरिया , जात ,धर्म र राजनीतिक मुद्दा बाट अलग हामी नेपाली ग्लाेबल नामक संस्थाकाे राष्ट्रिय कार्य समिति दक्षिण काेरियामा पनि गठन भएको छ ।

अमेरिकामा केन्द्रीय कार्यालय रहेको उक्त सस्थालाइ नेपाली समक्ष विश्वब्यापि बनाउन विभिन्न देशहरुमा राष्ट्रिय कार्यसमितिहरु धमाधम गठन भैरहेका छन । शनिबार दक्षिण काेरियामा नेपाली हरुकाे एक भेलाले काेरियाकी समाजसेवी अम्बिका डिसि पार्ककाे अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निमार्ण गरेको हाे ।

कार्य समितिकाे उपाध्यक्ष मा विचारि शेर्पा ,भवानी घिमिरे र अबधेश राज चाैरसिया रहेका छन ।संस्थाकाे महासचिव मा अाेमलाल ओलि ,सचिव बलराम राई(बलु) र राजु तामाङ लाई चयन गरिएको छ छन भने काेषाध्यक्ष जीवन थापा सहकाेषाध्यक्ष रञ्जु पाैडेल रहेका छन ।यस्तै सदस्य हरुमा मनु राई,लाेकेन्द्र चन्द,गाेबिन्द मगर,देउजालाल दाेङ तामाङ ,नवीन खड्का ,नारायण विष्ट,दिपेन्द्र कुमार शेर्पा ,सुमन राइ र सविना कार्की रहेका छन ।

संस्थालाई विधिवत् रुपमा केन्द्रीय पदाधिकारीकाे उपस्थितिमा अाउदाे अगस्ट महिनामा उद्घाटन गरिने छ । सस्थाकाे लक्ष्य उदेश्य अनुरुप अगाडि बढने र विभिन्न क्षेत्रमा अनुभव प्राप्त युवाहरुकाे सस्थामा सहभागीता भएकोले सस्था प्रभावकारी तरिकाले अगाडि बढने सस्थाकि अध्यक्ष अम्बिका डिसि पार्कले बताए ।

सस्थामा काेरियामा रहेका सबै नेपालीलाई जति सकिन्छ जाेडदै लगिने , अरु सस्थाहरु भन्दा हामी नेपाली ग्लाेबल भिन्नै पृष्ठभूमि बाेकेर अगाडि बढेको हुदा मानिसहरुलाइ बुझाउन पनि केही समय लाग्ने र संस्थामा नेपालकाे प्राय सबै भुगाेलकाे प्रतिनिधित्व हुने गरि समेटने प्रयास भएकाे महासचिव ओलिले बताए ।

कार्यक्रमकाे सहजिकरण काउन्सिलर आदर्श केसीले गरेका थियो ।

हामी नेपाली ग्लाेबल सस्था हाल विश्वभरका ४० देशमा क्रियाशील रहेको छ । विभिन्न देशमा गठन प्रक्रिया पनि तिव्र रुपमा अगाडि बढि रहेको छ ।शिक्षा ,पर्यटन ,खेलकुद ,कला संस्कृतिको प्रबर्द्धन सगै राेजगार सृजना गर्न पनि सस्थाले लक्ष्य बाेकेकाे छ ।

सस्थाले विभिन्न प्रकाेप,अापतविपतकाे घडीमा नेपालीलाई सक्दाे सहयोग गर्ने, नेपालकाे समृद्धिमा टेवा पुग्ने गरि विश्वभरका नेपालीको साझा सहकार्यलाई जाेडने लक्ष्य पनि सस्थाले लिएको छ । गत बर्ष नाेभेम्बर महिनाको २४ तारिखमा अमेरिकामा उद्घाटन गरिएको सस्थाले विश्वभर विस्तार गर्न केन्द्रीय अध्यक्ष अमृत लामा लगाएत केन्द्रीय पदाधिकारी रु क्रियाशील रुपमा लागि रहेको भएको छ । नेपाल संसारमा ख़बर छ ।


क्याटेगोरी : एसिया


तपाईको प्रतिक्रिया दिनुहोस