Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलएसियाभारतको उत्तर प्रदेशमा २६८ ओटा विषेश रेलबाट तीन लाख नागरिक फिर्ता, नेपालीहरु पनि हुन सक्ने

भारतको उत्तर प्रदेशमा २६८ ओटा विषेश रेलबाट तीन लाख नागरिक फिर्ता, नेपालीहरु पनि हुन सक्ने


एजेन्सी – भारतमा सवैभन्दा धेरै उत्तर प्रदेशमा तीन लाखभन्दा बढी नागरिक आएका छन् । देशका विभिन्न ठाउँबाट २६८ ओटा विषेश रेल सेवामार्फत् उनीहरु उत्तर प्रदेश आएको वरिष्ठ एक अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

उनीहरुलाई होम क्वारेन्टाइनमा पठाउनु अघि स्वस्थ्य परिक्षण गरिएको र खाद्य पदार्थको प्याकेट पनि दिने गरिएको अतिरिक्त मुख्यसचिव आश्विन अवस्थीले बताए ।कुल तीन लाख २६ हजार ४० जना मानिस आएको पनि उनले जानकारी दिए । उनीहरु मध्ये सवैभन्दा धेरै गोरखपुर आएका छन् । गोरखपुरका ४३ ओटा रेलमा ४४ हजार ५७४ जना आएका छन् ।

उत्तर प्रदेशको लखनउ, जौनपुर, प्रयागराज, बरेलि, प्रतापगढ, गोन्डा, आग्रा, बालिया, रायबरेली, वाराणाशी, कानपुर लगायतका ठाउँमा जाने मानिस पनि विभिन्न ठाउँबाट फर्किएका छन् ।

यसरी उत्तर प्रदेशमा आउने भारतीयहरुसंग नेपालीहरु पनि मिस्सिएर आएको हुन सक्ने आशंका गरिएको छ।  यसरी आएका नेपालीहरु अबैधानिक रुपमा नेपाल आउने संभावना रहेको हुँदा नेपालले उच्च सतर्कता अपनाउनु पर्ने देखिएको छ।

  • –पिटिआई

क्याटेगोरी : एसिया
ट्याग : #corona

तपाईको प्रतिक्रिया दिनुहोस