गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ जापानका २८ वर्षीय चर्चित रेसलरको कोरोना संक्रमणबाट मृत्यु जापानका २८ वर्षीय चर्चित रेसलरको कोरोना संक्रमणबाट मृत्यु दीप संञ्चार जेठ १, २०७७ गते १:१२ मा प्रकाशित एजेन्सी – जापानमा २८ वर्षीय युवा सुमो रेसलरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार विश्वमा कोरोना संक्रमणका कारण रेसलरको मृत्यु भएको यो पहिलो घटना हो । सञ्चारमाध्याहरुका अनुसार रेसलर सुबोसीले एक महिनासम्म कोरोना संक्रमणका विरुद्ध निकै संघर्ष गरे तर अन्तमा बुधबार बिहान उनको निधन भयो । सोबुशी टोकियोका ताकाडागावा टोलीका चर्चित रेसलर हुन् ।जापान सुमो एसोसियसनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘रेसलर सोबुशीलाई अप्रिल ५ देखि ज्वारो आएको थियो । उनले सुरुमा स्थानीय स्वास्थ्यकर्मीहरुसँग उपचारका लागि पहल गरेका थिए । तर फोन व्यस्ता भएका कारण सुरुमै स्वास्थ्यकर्मीहरुसँग उनको सम्पर्क हुन सकेन ।त्यति मात्र होइन, ज्वरो आएकै कारण धेरै अस्पतालहरुले उनलाई भर्ना समेत लिन मानेनन् । अन्तमा जब उनको खकारमा रगत बग्न थाल्यो, त्यसपछि मात्र उनलाई अप्रिल ८ मा टोकियो अस्पताल भर्ना गरिएको थियो ।’ उनको खकारमा रगत देखिएपछि चिकित्सकहरुलाई कोरोना संक्रमणको विषयमा अध्ययनका लागि नयाँ चीज प्राप्त भएको सञ्चारमाध्यामहरुले दावी गरेका छन् ।एएफपीका अनुसार सोबुशीको प्रारम्भिक परीक्षणमा नतिजा नेगेटिभ आएको थियो तर अप्रिल १० मा अर्को अस्पतालमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको थियो । उक्त अस्पतालमा उनलाई अप्रिल १९ देखि चिकित्सकहरुको विशेष निगरानीमा राखिएको थियो । अन्तत उनको मृत्यु भयो । यद्यपि, जापानमा धेरै कम मात्रामा रेसलर र प्रशिक्षार्थीहरु कोरोनाबाट संक्रमित रहेका छन् ।सुमो संघका प्रमुख हक्काकुले उनको मृत्युले आफुलाई स्तव्ध पारेको बताए । जापानमा अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या १६ हजार ४९ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ सय ७८ पुगेको छ ।क्याटेगोरी : एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारफिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा…युरोप र एसियाभर देखियो वर्ड फ्लू धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८थारु कल्याणकारी सभा युएईले माघी पर्व मनाउदै ताजा अपडेट राजेन्द्र लिङ्देन : गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? मिटरब्याज पीडितको मागलाई सम्बोधन गर्न विवेकशील साझाको आग्रह दीपक थापा मगरलाई अध्यक्ष चयन गर्दै आदिवासी जनजाती युवा महासंघ युएईको अधिवेशन सम्पन्न निष्कर्षविहीन बन्यो सत्तारुढ गठबन्धनको बैठक बालबालिकालाई कति समय मोबाइल / टिभी हेर्न दिने ? एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु – भीम रावल कांग्रेस सभापित देउवाकी पत्नी आरजु राणा देउवा दिल्लीमा मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति, प्रचण्डले आजै भेट्ने