गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ २० दिनपछि देखिए किम जोङ उन २० दिनपछि देखिए किम जोङ उन एजेन्सी वैशाख २०, २०७७ गते ७:१२ मा प्रकाशित एजेन्सी – उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि देखिएका छन् । यो जानकारी उत्तर कोरियाली सरकारी मिडियामार्फत् पाइएको हो ।पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको थियो ।केसीएनए समाचार एजेन्सीको रिपोर्टको अनुसार किम जोङ उनले मल बनाउने एक कारखानाको रिबन काटेर उद्घाटन गरे ।सरकारी मिडियाका अनुसार जब उनी अगाडि आए, त्यहाँ उपस्थित मानिसहरुले तालीको गडगडाहटले उनको स्वागत गरे ।केसीएनए न्यूजका अनुसार किम जोङ उन आफ्नी बहिनी किम यो जो र थुप्रै विशिष्ट अधिकारीसँग थिए ।यद्यपि, सरकारी मिडियोको यो रिपोर्टको स्वतन्त्र रुपमा पुष्टि भने गर्न सकिँदैन किनभने यो कार्यक्रमको कुनै पनि तस्बिर सार्वजनिक भएका छैनन् ।यसअघि उनी अप्रिल १२ मा सार्वजनिक रुपमा देखिएका थिए । लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी गम्भीर रुपले बिरामी भएको दाबी गरिँदै थियो ।बुधबार यस्ता अड्कलबाजी थप बढे जब अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने, ‘उत्तर कोरियाका अधिकारीले किम जोङ उनलाई पछिल्लो थुप्रै दिनदेखि देखेका छैनन् ।’यद्यपि, दक्षिण कोरियाले भने किम जोङ उन गम्भीर रुपमा बिरामी भएको खबर सही नभएको बताएको थियो ।स्रोतः बीबीसीक्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारफिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा…युरोप र एसियाभर देखियो वर्ड फ्लू धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने विदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममा नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ? महाभारत युद्धमा मारिएका थिए हजारौं व्यक्ति, तर किन भेटिएन कसैको शव ? फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? यस्तो छ आजको विदेशीमुद्राको विनिमयदर ‘एमालेसँग दुरी बढाउने संकेत देखाउदै माओवादी’ नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश