गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ मलेसियामा श्रीमानको छुरा प्रहारबाट श्रीमती गम्भीर घाइते मलेसियामा श्रीमानको छुरा प्रहारबाट श्रीमती गम्भीर घाइते सैलेस सौगात चैत्र १६, २०७६ गते १:२२ मा प्रकाशित क्वालालम्पुर – मलेसियाको सेलाङ्गर क्वालालम्पुर एरियामा एक पुरुषले शुक्रबार राति आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । मलेसियाको जोहोर एरियाको कम्पनीमा कार्यरत नेपाली श्रीमती र क्वालालाम्पुर बाट आएको श्रीमान विच झगडा हुँदा आवेगमा आएर श्रीमतीलाई चार पटक सम्म छुरा प्रहार गरेका थिए।छेपेटार १० गोरखा स्थायी ठेगाना भएका वेग गुरुङ र उनको श्रीमती सुनिता गगुरुङ्ग विगत चार वर्ष देखि मलेसियामा कार्यरत थिए। घाइते सुनिता जोहोर राज्यमा अवस्थित पोन्टियान भन्ने ठाउँमा लि-बिस्कुट नामक कम्पनीमा काम गर्दै आईरहेकी थिईन । शुक्रवार श्रीमतीलाई भेट्न पुगेका वेगले श्रीमती सुनितालाई पर पुरुषसँग गलत सम्बन्ध रहेको आरोप लगाए पछि झगडा शुरु भएको र अचानक छुरा प्रहार गरेको सोही कम्पनीमा कार्यरत सविन भण्डारी(नाम परिवर्तन)ले दीप संचार मिडियालाई फोन गरी जानकारी दिएका छन् । गुरुङ्ग दम्पतीको घरमा एक छोरा छ।रिसको झोकमा श्रीमतीमाथी हातपात गर्दै चारपटक छुरा प्रहार गरेर गम्भीर घाइते बनाएर फ्रहार रहेका वेगलाई स्थानीय प्रहरीले पक्राउ गरि कानुनि प्रकिया अगाडी बढाएको छ। छुराको प्रहारबाट गम्भीर घाइते भएकी सुनिताको उपचार जोहोरबारुकै स्थानीय अस्पतालको आईसियु कक्षमा उपचार भैईरहेको छ। डाक्टरले बताए अनुसार अवस्था एकदमै गम्भीर रहेको जनाइएको छ।सुनिता काठमाडौं स्थित काबेली ह्युमन रिसोर्सेस प्रालि बाट बैदेशिक रोजगारीको शिलशिलामा मलेशिया पुगेकी हुन्। यस विषयमा नेपाली राजदूतावासमा सम्पर्क गर्दा अहिले सम्म घटनाको कुनै वास्तविक विवरण आइ नसकेको र सम्बधित पक्षबाट जानकारी आए पछि दुतावास बाट गर्नु पर्ने भूमिका गर्ने बताएको छ।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप