गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ महिनावारी भएको जाँच्न छात्रालाई कपडा फुकाल्न लगाउने प्रधानाध्यापक पक्राउ महिनावारी भएको जाँच्न छात्रालाई कपडा फुकाल्न लगाउने प्रधानाध्यापक पक्राउ एजेन्सी फागुन ६, २०७६ गते १६:४५ मा प्रकाशित गुजरात – भारतको एक कलेजमा महिनावारी भए/नभएको जाँच्न ६८ जना छात्रालाई कपडा फुकाल्न लगाउने प्रधानाध्यापकसहित चार जना पक्राउ परेका छन्।गत साता गुजरातको भुजस्थित श्री सहजनन्द गर्ल्स इन्स्टिच्युटका प्रधानाध्यापकले होस्टेलमा बस्ने छात्राले धार्मिक मान्यताको उल्लंघन गरेको भन्दै कपडा फुकाल्न लगाएकी थिइन्।सोमबार प्रधानाध्यापकसहित अन्य चार जनालाई कच प्रहरी कार्यालयको विषेश अनुसन्धान टोलीले पक्राउ गरेको हो।प्रधानाध्यापक रिता रनिगा, संयोजक अनिता चौहान, होस्टल निरीक्षक रमिला हिरानी र पिउन नेना गोरासिया पक्राउ परेका हुन्। उनीहरूलाई अदालतले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ।उक्त कलेजको होस्टेल व्यवस्थापनले प्रधानाध्यापक रिता रानिगालाई महिनावारी भएका छात्राहरूले धार्मिक मान्यता नमानी मन्दिर र भान्सा कोठा जाने गरेको भन्दै पटक/पटक गुनासो गरेको थियो।गुनासोपछि प्रधानाध्यापकले ६८ छात्रालाई शौचालयमा लगेर महिनावारी भए/नभएको जाँच्न जबरजस्ती कपडा फुकाल्न लगाइएको बताइएको छ।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप