Techie IT
×
गृहपृष्ठग्लोबलएसियारामेछाप सम्पर्क समितीको मंगोलियन हर्ट लाईभ कन्सर्टको आय-व्यय सार्वजनिक

रामेछाप सम्पर्क समितीको मंगोलियन हर्ट लाईभ कन्सर्टको आय-व्यय सार्वजनिक


सउल – दक्षिण कोरिया रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले गत छुसकमा संयुक्त रुपमा आयोजना गरेको मंगोलियन हर्ट लाईभ कन्सर्ट एन्ड सांगीतिक धमकाको आय ब्यय सार्वजनिक गरेको छ।

मुनाफाले दीर्घकालीन शैक्षिक अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजित कार्यक्रमबाट रामेछाप सम्पर्क समिती दक्षिण कोरियालाई एक करोड बयानब्बे लाख वोन मुनाफ भएको छ । गत आइतबार सउलमा रामेछाप सम्पर्क समितिले जिल्लाको बृहत् भेला गरि आर्थिक संयोजक मेगराज खड्काले जिल्लागत आयब्यय प्रस्तुत गरेका थिए।

विवरण निम्न अनुसार रहेको छ। जिल्लाको ३ सय टिकट मध्य २ सय ६५ ओटा बिक्रि भएको थियो । प्रति टिकट २५  हजार वोनका दरले विक्री भएको टिकटबाट ६६ लाख २५ हजार वोन जम्मा भएको थियो।  त्यस्तै जिल्लागत रुपमा सहयोग स्वरूप १ करोड ५९ लाख ९५ हजार १३ वोन जम्मा भएको थियो।

त्यस्तै संयुक्तबाट जिल्लाको भागमा १ करोड ८ लाख ३७ हजार ९ सय ६२ वोन मुनाफा आएको थियो। संस्थागत रुपमा विभिन्न शिर्षक मा गरि १ करोड ४२ लाख ८ सय ५१ वोन खर्च बहेको थियो भने १ करोड ९२ लाख ५७ हजार १ सय २४ वोन कुल मुनाफा भएको संयोजक खड्काले बताएका छन्।

यसरी आएको कुल मुनाफा मध्ये एक करोड साठी लाख भन्दा बढिको शैक्षिक अक्षयकोष स्थापना गर्ने र सो को बार्षिक ब्याजबाट आर्थिक अवस्था कमजोर भएको रामेछाप जिल्ला स्थित प्रत्येक गाउँपालीका र नगरपालीकाको कम्तिमा एक एक जानालाई नगरपालीका र गाउँ पालिकाको सिफारिसमा प्रदान गरिने र यसको लागि विभिन्न मापदण्ड तय गरिने साथै कोष मितव्ययीता, पारादर्शी र व्यवस्थित बनाउनको लागी विभिन्न संयन्त्र बनाएको रामेछाप सम्पर्क समितिका अध्यक्ष रविप्रताप घिसिङले जानकारी दिएका छन्।

घिसिङ्गका अनुसार जिल्लागत सहयोग र संयुक्त सहयोग अझै उठ्न बाँकी रहेकोले कुल मुनाफा २ करोड समेत पुग्न सक्ने अनुमान गरिएको छ। साथै अध्यक्ष घिसिङ्गले संस्था स्थापना भएको थोरै समयमा पनि सम्पूर्ण रामेछापबासीको साथ, सहयोग मेहनत र हौसलाले प्रवासी भुमिमा ऐतिहासिक सफलता पाएको बताए।

कार्यक्रम संम्पन्न गर्नका लागि विभिन्न भूमिकामा खटिएका रामेछापबासीहरु कृतज्ञ हुदैं घिसिङ्गले सम्पुर्ण कोरियाबासी नेपाली समुदाय प्रति आभारी हुदैं धन्यवाद ज्ञापन गरेका छन् ।

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाका पदाधिकारी, सल्लाहकार एवं सम्पूर्ण सदस्यहरूले कार्यक्रमबाट भएको मुनाफा व्यवस्थित र पारादर्शी बनाउने प्रतिबद्धता प्रकट गर्दै आगामी दिनहरूमा पनि यस्तै प्रकारका सफल कार्यक्रमहरू गर्न लागि पर्ने बताए।

कोरियामा सांस्कृतिक कार्यक्रम गरेर उद्देश्य अनुसार सहयोग गर्न ढिलो गर्ने प्रवृत्तिलाई यो पटक रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले चिरेर बिलैमा आयव्यय प्रस्तुत गरि सबै नेपाली संघ संस्थाहरूको लागि उदाहरण बनेको छ ।


क्याटेगोरी : एसिया


तपाईको प्रतिक्रिया दिनुहोस