गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ म नेपालमा जन्मेको हुँ र नेपालसंग मेरो घनिष्टता छ : भुटानी राजा म नेपालमा जन्मेको हुँ र नेपालसंग मेरो घनिष्टता छ : भुटानी राजा दीप संञ्चार कात्तिक २, २०७६ गते १९:०४ मा प्रकाशित काठमाडौं, भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकले आफ्नो जन्मस्थान नेपाल भएकाले नेपाल र नेपालीसँग घनिष्ट सम्बन्ध रहेको बताएका छन्। भुटानकालागि गैरआवासिय नेपाली राजदूत निलाम्बर आचार्यसँगको भेटमा उनले यस्तो बताएका हुन्।तस्बिर : भुटानका प्रधानमन्त्रीको ट्वीटरबाटराजदूत आचार्यले बिहीबार भुटानको राजधानी थिम्पुमा वाङचुक समक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको छोटो कुराकानीमा क्रममा उनले यो सम्बन्धबारे पून दोहोर्याएका हुन्। यस अघि नेपालमा भएको पछिल्लो सार्क शिखर सम्मेलनमा काठमाडौं जाँदा वाङचुकले नेपाल आफ्नो जन्मस्थल भएको बताएका थिए। २१ फेब्रुअरी १९८० मा उनको जन्म काठमाडौंमा भएको हो।भेटका क्रममा राजदूत आचार्यले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रधानमन्त्री के.पी शर्मा ओलीकोतर्फबाट मित्रता तथा शुभकामना सन्देश सुनाएका थिए। प्रत्युत्तरमा वाङचुकले नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना दिएका थिए।राजदूतले वाङचुक समक्ष नेपाल र भुटानबीच उच्चस्तरीय भ्रमणको आदान प्रदानका साथै मैत्री सम्बन्धलाइ थप विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए। वाङचुकले नेपाल र भुटानबीचको गहिरो साँस्कृतिक सम्बन्धबारे पनि उल्लेख गरे।भारतमा बसेर भुटान समेत हेर्ने जिम्मेवारीसहित आचार्यलाई राजदूत नियुक्त गरिएको हो। जिम्मेवारी सम्हालेको झण्डै आठ महिनापछि आचार्यले भुटानमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत ३ फेब्रुअरी २०१९(२०७५ माघ २० गते ) राजदूत पदको सपथ लिएका थिए। उनी १८ फेब्रुअरीमा कार्यभार सम्हाल्न दिल्ली आएका हुन्। उनले १३ मार्च २०१९ मा भारतका राष्ट्रपति रामनाथ कोबिन्द समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए।राजदूत आचार्यले भुटानका प्रधानमन्त्री डा ल्होत्से छिरिङसँग पनि शिष्टाचार भेट गरेका छन्। आचार्य भुटानका परराष्ट्र मन्त्री टाण्डी दोर्जी ले आयोजना गरेका रात्री भोजमा सहभागी भए। सोही कार्यक्रममा उनले अर्थमन्त्री र भुटानका पूर्व प्रधानमन्त्रीसँग पनि भेट गरेका थिए। ऐतिहासिक र साँस्कृतिक समानता रहेको नेपाल र भुटानबीच सन् १९८३ मा कुटनीतिक दौत्य सम्बन्ध स्थापित भएको हो। अन्नपूर्णमा खबर छ ।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारफिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा…युरोप र एसियाभर देखियो वर्ड फ्लू धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो बढ्यो पेट्रोलियम पदार्थको मूल्य सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी