गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ एनआरएनए अमेरिकाको साधारण सभाका लागि नर्थ क्यारोलाइनामा होटेल र सभा हल तय एनआरएनए अमेरिकाको साधारण सभाका लागि नर्थ क्यारोलाइनामा होटेल र सभा हल तय दीप संञ्चार वैशाख २४, २०७९ गते १३:५६ मा प्रकाशित काठमाडौं -गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको रालेइ ,नर्थ क्यारोलाइना (Raleigh, North Carolina) मा हुन् गइरहेको वार्षिक साधारण सभा तथा विज्ञ भेलाको तयारी तीव्र बनाएको छ ।जुलाई ३ र४ तारिक हुने साधारण सभाका लागि होटेल र सभा हल बुकिङको काम सम्पन्न भएको प्रवक्ता तोया दाहालद्वारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नर्थ क्यारोलाइना नेपालीहरूको राम्रो उपस्थिति रहेको सहर रालेइको डाउनटाउन नजिकै होटेल र हल बुकिङ गरिएको हो । सभा स्थलमा आउनको लागि नजिक च्बभिष्नज(म्गचजबm क्ष्लतभचलबतष्यलब िब्ष्चउयचत पर्दछ ।सहुलियत दरमा होटेल बुक गर्नको लागि आवश्यक जानकारी छिटै उपलब्ध गराउने महासचिव अन्जन कुमार चौलागाइले बताउनु भयो । साधारण सभाको रजिस्ट्रेसन चाडै नै अनलाइनबाट गर्न सकिने गरी सुरु गर्न लागिएको एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा साधारण सभाका कन्भेनर सुमन थापाले बताउनु भएको छ।थापाका अनुसार रजिस्ट्रेसनको लिङ्क सम्बन्धी जानकारी चाडै नै उपलब्ध गराइने छ। लिङ्क तयार हुन साथ सभामा सहभागी हुने सम्पूर्ण सदस्यज्यूहरूलाई उक्त होटेलको लिङ्कमा गएर समयमा नै होटेल बुक गर्नु हुनको लागि जानकारी गराइने छ ।एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले संस्थालाई मार्ग प्रदान गर्ने विधान सम्मेलन तथा अमेरिकामा रहेका नेपाली विज्ञहरूको भेला नलेज कन्भेन्सन समेत भएको हुँदा संस्थालाई मार्ग निर्देश गर्ने कार्यमा सहभागी हुनको लागि सम्पूर्ण सदस्यहरूलाई साधारण सभामा सहभागी हुन अनुरोध गर्नु भएको छ ।क्याटेगोरी : अमेरिकाट्याग : #breaking, #एनआरएनए अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल