Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्र

अमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्र


काठमाडौँ  – गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको विवाद समाधानका लागि एनसीसी अमेरिकाले पहल थालेको छ । धाँधली गरेर बद्री केसीले चुनाव जितेको दाबी गरिहेको बेला एनसीसी अमेरिकाका बहुमत पदाधिकारी र सदस्यलेले मतपरिणाम अस्वीकार गर्दै नेपालस्थित परराष्ट्र परराष्ट्रलाई गुहारेका हुन् ।

जसअनुसार अमेरिकाका बहुमत पदाधिकारीहरुले मन्त्रालयमा इमेल गरेर आईसीसीको विवाद समाधान स्वच्छ र निष्पक्ष तरिकाबाट समाधान गर्न आग्रह गरेका हुन् । परराष्ट्रले छानबिन समिति बनाएर समाधान खोज्न लागिरहेको बेला धाँधली नै भएको भन्दै बहुमत सदस्यले निवेदन दिएको बताइएको छ ।

अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेलाई परराष्ट्र मन्त्रालयलाई पत्र पठाउन कार्यसमितिभित्र र बाहिरबाट व्यापक रूपमा आग्रह गरिएको थियो । तर बन्जाडेले त्यो आग्रहलाई बेवास्ता गरेपछि बहुमत पदाधिकारी एकजुट भएर पत्राचार भएको हो । यसले बद्री केसी पक्ष त्यसमा पनि त्यो समूहका महासचिव गौरिराज जोशी एक्लिएका छन् ।

पत्रमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को अक्टोबर १७( देखि २० मा सम्पन्न ११ औं महाधिवेसन र निर्वाचनको निष्पक्षता र स्वच्छताका बारेमा गम्भीर प्रश्नहरु उठेको स्मरण गराइएको छ ।

पत्रमा भनिएको छ, ‘संघको निर्वाचन परिणामको घोषणापछि देखिएको असहज अवस्थासँगै संघमा दुईवटा कार्यसमितिहरु गठन भै दुवै पक्षले आफूलाई वैधानिक समितिको दावी गरिरहदा विश्वभर रहेका राष्ट्रिय समन्वय परिषद्हरु लाई कुन समितिलाई वैधानिक मानेर सहकार्य गर्ने भन्ने अत्यन्तै जटिल परिस्थिति र द्विविधा सृजना भएको छ । संघको निर्वाचनको निश्पक्षता प्रमाणित नभए सम्म र परराष्ट्र मन्त्रालय बाट वैधानिकता प्राप्त नभएसम्म कुनै पनि समितिलाई हाम्रो आधिकारिक केन्द्रिय निकायको रुपमा स्वीकार गर्न अप्ठारो परिस्थिति सृजना भएकोले गत अक्टोवर १७(२० मा गरिएको अधिवेशन र अन्तराष्ट्रिय समन्वय परिषद्को निर्वाचनको निश्पक्षताका बारेमा पराराष्ट्र मन्त्रालय द्वारा गठित छानविन समितिले सवै पक्षलाई मान्य हुने र निश्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाउन हामी राष्ट्रिय समन्वय परिषद् अमेरिकाका पदाधिकारीहरु परराष्ट्र मन्त्रालय समक्ष हार्दिक अनुरोध गर्दैछौं।’

साथै संघलाई सबैको साझा र एकतावद्ध बनाउन आआफ्नो तर्फबाट सक्दो पहल गर्न पनि सबै अभियन्ताहरुलाई अपिल समेत गरिएको छ ।
पत्राचार गर्नेमा प्रेम तामाङ् ( उपाध्यक्ष ), ज्ञानेन्द्र गुरुङ् ( उपाध्यक्ष )
अनुप खनाल ( युवा उपाध्यक्ष ) , राम हरि अधिकारी ( महासचिव ), सरोज सिक्देल ( कोषाध्यक्ष ), विष्णु बराल ( बोर्ड सदस्य ), रिता देवी प्रधान ( बोर्ड सदस्य ), नवराज न्यौपाने ( बोर्ड सदस्य ) , लक्ष्मण दर्लामी( बोर्ड सदस्य ) , . सस्स्वती शर्मा सरु ( बोर्ड सदस्य ), दुर्गा तिवारी ( बोर्ड सदस्य ) , डा. गंगाघर आर्चाय ( बोर्ड सदस्य ), मोहन कुसारी ( बोर्ड सदस्य ) , बल राई ( बोर्ड सदस्य ), बासुदेव भट्ट ( बोर्ड सदस्य), महेन्द्र बस्नेत ( रिजनल च्यर मिड बेस्ट रिजन ), बिष्णु खत्री ( रिजनल च्यर वेस्ट रिजन ), सुरेन्द्र लौडारी ( फ्लोरिडा च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ), ज्यान्गु शेर्पा ( ओरिगन च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) , सुर्य बस्ताकोटी ( युट्ह च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य), राज कुमार हमाल ( विस्कन्सन च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य , उत्तम बस्नेत ( क्यान्सास च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) , कपिल शरण वाग्ले ( जर्जिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) , सुन्दर माणि पौडेल ( केन्टकी च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) , बिशाल कार्की ( भर्जिनिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) , बलराम पोखरेल ( इलिनोय च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ), दुर्गा प्याकुरेल ( नेभाडा च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) , राजेन्द्र दाहाल ( न्यु मेक्सिको च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) , सुदन थापा ( नर्थ क्यारोलिना च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) , होता राम विक ( ओहायो च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ), संतोष सुवेदी ( मिसिंगन च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) र हरि ओझा ( क्यालिर्फोनिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) गरी ३२ जना रहेका छन् ।


क्याटेगोरी : ग्लोबल, अमेरिका
ट्याग : #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस