Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठब्लगआत्महत्या रोग कि वाध्यता ?

आत्महत्या रोग कि वाध्यता ?


कोविड- १९ को जटिल समयमा देश तथा विदेशमा दिन प्रतिदिन बढ़दैं गई रहेको आत्महत्या ज़स्तो भयानक समस्याले हरेक उमेरका व्यक्ति विशेषहरुको मानसिकतामा कसरी प्रभाव पार्छ ? यसबाट बच्न के कस्तो रुपमा उपचार हुनुपर्छ ? आदि प्रश्न तथा जिज्ञासाहरू बारे नेपालका वरिष्ठ मनोरोग बिशेषज्ञ डाक्टरहरुको प्रत्यक्ष सहभागितामा गत शुक्रबार डाक्टर नितेश अर्यालको संयोजकत्वमा डाक्टर संजीब सापकोटा र भाई दीपजंग शाहको विशेष सहजीकरणमा एनआरएनए आइसीसी सचिव सचिव आर. के शर्मा, एनआरएनए मध्यपूर्व यूवा संयोजक राज रेग्मी भाई र मध्यपूर्व तथा मलेशियाका एनसीसी अध्यक्षहरू कतारबाट मोहम्मद मुक्तादा मुसलमान, साउदिबाट तेज बहादुर थापा र मलेशियाबाट हरि भट्टराईको सहभागिता थियो।

“मानसिकरूपमा बिक्षिप्त रहेका व्यक्तिलाई पारिवारिक सपोर्ट, सहानुभूति दिदै उनीहरुका समस्या त केहि पनि होईन आफुले पाएको अमुल्य जीवन सुखमय रूपले ज़ीउनु पर्छ भन्ने जीवनका अन्य सुनौलो दिनहरुको आभास गराऊदैं त्यस्ता व्यक्तिको समस्यालाई पहिचान गरि उस्को आत्मविश्वासलाई हेरविचार, विशिष्ट सहयोग स्वरुप दैनिकीमा परिवर्तन गराउन योग, धार्मिक, अध्यात्मिक तथा शारीरिक व्यायाम मार्फ़त तनावमुक्त दिमाग़, सकारात्मक सोचको विकास अन्तर्गत प्राथमिक चरणमा घर बाटै राम्रो पारिवारिक वातावरणको शुरूवात गर्नू पर्छ।”

परामर्शकोलागि नेपालबाट प्रशिद्ध नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रभाकर पोख्रेल, डा. निशिता पाठक र डा. रितेश थापा साथै मानसिक रोग मनोविद्धहरू अनुप राज भण्डारी र तृशणा क्षेत्रीको उपश्थिति रहेको थियो। साथै कोरोनालाई पराजित गर्न सफल तथा पत्रकार महासंग कतार शाखाकाका अध्यक्ष करीम बक्स मियाँ भाईको अनुभव र अनुभूतिले कार्यक्रमलाई थप सहज बनाएको थियो। एनआरएनए अध्यक्ष कुमार पन्त, एनआरएनएन प्रवक्ता डीबी क्षेत्री, मध्यपूर्व संयोजक प्रविण गुरुङ, एनसीसी अध्यक्षहरू बहराइन बाट लक्ष्मी गिरी, ओमन बाट सेवन्त पुर्जा पुन, कुवेत बाट सुजन केसी र युएईबाट प्रकाश कोइराला विशेष कारणले प्रत्यक्ष उपस्थिति हुन नपाए पनि शुभेक्षा सप्रेषण गरेको उक्त कार्यक्रम दीपसंचार मीडिया फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण भएको थियो। उक्त कार्यक्रम मार्फ़त हाम्रो नेपाली समाजमा यस कोरोनाको क़हर वीच संक्रमित भएर वा अन्य विविध समस्याका कारणहरुले गर्दा विकरालरूप लिई रहेको आत्महत्या ज़स्तो अत्यन्त जटिल समस्या लाई निर्मुल पार्न केहि हद सम्मको सचेतना फैलाऊनू मुख्य रूपमा यस कार्यक्रम को उद्देश्य पनी रहेको थियो ।

“यदि सामान्य तवरमा अझ समस्याको स्वरुपमा परिवर्तन देखा परेंन भने त्यस्ता व्यक्तिहरू डिप्रेशनमा गई कुनै ग़लत कदम चाल्नु अग़ावै ढीलासुस्ती नगरी दक्ष तथा लाईसेंस प्राप्त वरिष्ठ मनोरोग विशेषज्ञ, मनोविद, मनोवैज्ञानिक  कहाँ गई मनोपरामर्श लिनु पर्छ। उहाँहरुको परामर्श अनुरूप रोगको पहिचान गरी उपचार पद्धति तत्काल शुरू गर्नू पर्दछ ।”

कोरोना क़हरले विश्वलाई नै आक्रांत पारेर आर्थिक, समाजिक, राजनीतिक तथा विभिन्न क्षेत्रलाई शिथिल बनाई रहेको अवस्थामा यसको प्रकोप ले हाम्रो घर परिवार र सिंगो समाजमा नै नकारात्मक मानसिक असर पारी रहेको देखींछ। जस्को दुष्परिणाम स्वरुप आर्थिक कारोबार अन्तर्गतका व्यापार व्यवसाय ठप्प हुँदा, कोरोना संक्रमित रोगी लाई घर परिवार तथा समाजले गरेको दुर्व्यवहार तथा हीन व्यवहारका कारण प्रेमी-प्रेमिका विच तनाव हुँदा, श्रीमान-श्रीमती विच आपसी तालमेल नमिलेका कारण, घरेलू हिंसाका कारण, अनैतिक सम्बंधका कारण, वैदेशिक रोज़गारका क्रममा घरपरिवार देखी टाढा हुँदा आइपरेका उतारचढ़ावका कारण, रोज़गारी गुमेका कारण, परीवार विच सामान्य मनमुटाव, शारीरिक दुर्बलता, आफ़ंतको मृत्यु या वियोग पर्नु, हमेशा नकारात्मक सोच आइरहनु, समाजिक संजालमा निरन्तर आइरहेका दुःखद घटनाका समाचारहरूका कारण, सामान्य कुरामा अनावश्यक चिंता लिनु, सामाजिक ज़ाती विभेदका कारणले पीड़ित महसूस गर्दा, आफुले रोजेका जीवनसाथी को साथ नपाऊदा, पढ़ाईमा चाहे ज़स्तो परिणाम नआऊदा दीर्घरोगले गर्दा बाच्ने रहर नहुने, ऋण व्यवहार जस्ता अन्य विविध कारणहरूले गर्दा यस्को प्रत्यक्ष असर व्यक्तिक़ो मानसिकतामा पर्ने हुँदा त्यस्ता व्यक्तिहरू केहि सकारात्मक सोच्न नसक्ने अवस्थामा निराशाको चरम उत्कर्षमा पुगी आत्महत्या गरी आफ्नो अमूल्य जीवन नै अनाहकमा गुमाऊन पुगेको देखिंछ।

“आत्महत्याको घटना निर्मुल पार्नू व्यक्ति स्वयं उसको घरपरिवार समाज तथा राज्य सबैको समान कर्तव्य र दायित्व रहेको  हुन्छ।  जस बारे सबै पक्ष सहज र सतर्क रही भवितव्य घटना बाट बाँचौ र बचाऊ भन्ने आग्रह गर्दछू ।”

जून प्रकारका घटनाहरु अहिले दैनिक ज़स्तो समाचार बनेर आइरहेको छ। जस्ले गर्दा आत्महत्या गर्ने व्यक्तिहरूको संख्या दिन प्रतिदिन बढ़दो स्थितिमा पुगेको देखिंछ । जब कुनै पनि घर परिवारका सदस्य वा समाजमा रहेका अन्य निकटका व्यक्तिहरूको दैनिकी, बोलि व्यवहार, उसले गर्ने देखाउने हाऊभाऊ, कुराक़ानीमा असमान्यता, सास फ़ेर्न नसक्नु को समस्या, अनिद्राको समस्या देखा पर्नु, बिना औषधि सुत्न नसक्नु, एक्लै बस्न रुचाऊनू, रमाइलो समयमा पनि ख़ुशी हुन नसक्नु आदि जस्तों आचरण देखा परेमा त्यों व्यक्ति मा कहिकतै कुनै न कुनै समस्या छ जून उसले खुलेर भन्न या गर्न सकेको छैन भन्ने विषयमा घरपरिवारले बूझ्नू वा मनन गर्नू अति आवश्यक छ । यदि घरपरिवार का कुनै व्यक्तिमा यसप्रकारक़ो समस्या देखीएमा परिवारका अन्य सदस्यले उक्त व्यक्तिलाई आत्मीय माया बोलि व्यवहारका साथ सम्झाऊनु, बूझ्नू अति आवश्यक छ । त्यस्ता मानसिकरूपमा बिक्षिप्त रहेका व्यक्तिलाई पारिवारिक सपोर्ट, सहानुभूति दिदै उनीहरुका समस्या त केहि पनि होईन आफुले पाएको अमुल्य जीवन सुखमय रूपले ज़ीउनु पर्छ भन्ने जीवनका अन्य सुनौलो दिनहरुको आभास गराऊदैं त्यस्ता व्यक्तिको समस्यालाई पहिचान गरि उस्को आत्मविश्वासलाई हेरविचार, विशिष्ट सहयोग स्वरुप दैनिकीमा परिवर्तन गराउन योग, धार्मिक, अध्यात्मिक तथा शारीरिक व्यायाम मार्फ़त तनावमुक्त दिमाग़, सकारात्मक सोचको विकास अन्तर्गत प्राथमिक चरणमा घर बाटै राम्रो पारिवारिक वातावरणको शुरूवात गर्नू पर्छ।

यदि सामान्य तवरमा अझ समस्याको स्वरुपमा परिवर्तन देखा परेंन भने त्यस्ता व्यक्तिहरू डिप्रेशनमा गई कुनै ग़लत कदम चाल्नु अग़ावै ढीलासुस्ती नगरी दक्ष तथा लाईसेंस प्राप्त वरिष्ठ मनोरोग विशेषज्ञ, मनोविद, मनोवैज्ञानिक  कहाँ गई मनोपरामर्श लिनु पर्छ। उहाँहरुको परामर्श अनुरूप रोगको पहिचान गरी उपचार पद्धति तत्काल शुरू गर्नू पर्दछ । अंतमा आत्महत्याको घटना निर्मुल पार्नू व्यक्ति स्वयं उसको घरपरिवार समाज तथा राज्य सबैको समान कर्तव्य र दायित्व रहेको  हुन्छ।  जस बारे सबै पक्ष सहज र सतर्क रही भवितव्य घटना बाट बाँचौ र बचाऊ भन्ने आग्रह गर्दछू । जय एनआरएनए !

लेखकको आवद्धता: सदस्य-विश्व स्वास्थ्य समिति, सदस्य – एनआरएनए आइसीसी


क्याटेगोरी : ब्लग


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार