गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ विधेयक रोकियो, आन्दोलन रोकिएन । विधेयक रोकियो, आन्दोलन रोकिएन । दीप संञ्चार असार १७, २०७६ गते ०:२३ मा प्रकाशित हङकङमा लाखौं नागरिकले सडकमा प्रदर्शन गरेपछि सरकारले अभियुक्तलाई चीन सुपुर्दगी गर्ने विधेयक केही दिनअघि रोक्यो। विधेयक रोकिए पनि हङकङमा आन्दोलन र प्रदर्शन भने रोकिएको छैन । सोमबार फेरि हिंसात्मक प्रदर्शन भएको छ ।जुलाई १ बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको दिन हो । त्यही अवसरमा सोमबार हङकङ सरकारले औपचारिक कार्यक्रम गर्न लागेको थियो । आन्दोलनकारीले उक्त कार्यक्रमलाई लक्षित गरेर सरकारको मुख्यालयमै प्रदर्शन गरेका छन् ।हङकङकी प्रमुख कार्यकारी लारी क्यामले सुपुर्दगी विधेयकको प्रक्रिया रोकेकी छन् । तर प्रदर्शनकारीले विधेयक खारेज गर्नुपर्ने र क्यामले राजीनामा दिनुपर्ने माग गरेका छन् ।जुलाई १ को अवसर पारेर प्रदर्शनकारीले सोमबार संसद भवनबाहिर प्रदर्शन गरेका थिए। धेरै युवाहरू संलग्न भएको उक्त प्रदर्शनका क्रममा प्रहरीले पेपर स्प्रे फालेपछि अवस्था हिंसात्मक भएको हो ।प्रदर्शनकारीहरूले संसद भवनमा झ्याल फुटाइदिएका छन् भने बाहिर लगाएको फलामे पर्खाल पनि तोडेका छन् । प्रहरीको हस्तक्षेपबाट जोगिन प्रदर्शनकारीले टाउकोमा पहेँलो हेलमेट पनि लगाएका छन् ।हङकङ सरकारले आज प्रदर्शनकारीले गरेको हर्कत खेदजनक भएको बताएको छ ।तनाव बढ्दै गएपछि सरकारले संसद भवन आसपासको क्षेत्रमा रेड अलर्ट जारी गरेको छ भने प्रदर्शनकारी संसद भवन खाली गर्न भनेको छ ।जुलाई १ कै अवसर पारेर हङकङमा अर्को शान्तिपूर्ण प्रदर्शन पनि भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सेतोपाटीमा ख़बर छ ।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै